news and more entertainment

कोरियाको लागि आवेदन फारम दिन आउँदा प्रहरीको लाठी खाएर बिहोस्

काठमाडौं, श्रावण २८ - वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहने कामदारको कोरियाली भाषा परीक्षाको आवेदन फारम बुधबारदेखि संकलन गर्न सुरु गरिएको छ ।
वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले काठमाडौंका ३ स्थान र काठमाडौं उपत्यका बाहिरका ४ स्थानबाट आवेदन संकलन सुरु गरेको छ ।

आवेदन फारम काठमाडौंको च्यासल, कीर्तिपुरस्थित ल्याब स्कुल र सीतापाइलास्थित एक्मे इन्जिनियरिङ कलेजबाट संकलन भइरहेको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहिर धरान, पोखरा, बुटवल र डडेल्धुरामा पनि आवेदन फारम संकलन केन्द्र स्थापना गरी आवेदन संकलन गर्ने काम सुरु भएको छ । आवेदन फारम ४ दिनसम्म संकलन हुने शाखाले जनाएको छ ।

पहिलो दिन हजारौं युवा आवेदन फाराम बुझाउन आएपछि भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालित गरिएको छ । शाखाले कोरियाली भाषा उत्तीर्ण भए कोरियामा रोजगार आवेदन दिन योग्य हुनेमात्र तर त्यसबाट रोजगारीको सुनिश्चितता नहुने जनाएको छ ।

बुधबार १९ हजार ४ सय २८ जनाले फाराम बुझाए । काठमाडौंको सीतापाइला, च्यासल र कीर्तिपुरमा गरी ११ हजारभन्दा बढीले फारम बुझाएका छन् । 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget