राजधानीका चर्चित डन दिनेश अधिकारी उर्फ चरीको प्रहरी ईन्काउन्टरमा मृत्यु भएपछि अहिले चरीकी प्रेमिका दाबी गर्ने खुश्बु ओली, ओलीको पूर्ब प्रेमी अर्पण कोईराला र प्रहरी निरीक्षक कुमोद ढुंगेल चर्चाको शिखरमा छन् । आफ्नो प्रेमी दिनेशको सुनियोजित हत्या भएको भन्दै प्रेमिका खुश्बुले यस हत्या प्रकरणमा साथी अर्पण कोईराला र प्रहरी निरीक्षक कुमोद ढुंगेलको हात रहेको आरोप लगाइरहेका बेला खुश्बुका पूर्ब प्रेमी कोईरालासँग रोशन पाण्डेले गरेको कुराकानीको सारसंक्षेप:
तपाई यतिखेर कहां के गर्दै हुनुहुन्छ ?
म अहिले ब्यापारको सिलसिलामा भारतमा छु ।
खुश्बुले चरीको मृत्यु प्रकरणमा तपाईंमाथि दोष लगाएकी छन् त ?
मैले पनि सञ्चारमाध्यमबाट थाहा पाए दिनेशको मृत्यु भएको कुरा । साथीहरुले पनि फोन गरेर दिनेशको मृत्यु भएको बताएका थिए । मैले यो दिन आउंछ भनेर कहिल्यै पनि सोचेको थिइन् । दिनेशको मृत्युमा म दुःखी छु । उसले मलाई मार्छु भन्थ्यो, फोनमा मैलेपनि जे मुखमा आयो त्यो भन्थे, यो दुबैतिरबाट चलिरहेको थियो । राधे भण्डारीको मुद्दामा जेलसम्म हाल्नु पर्छ भनेको चांहि हो । म त्यस्तो खुवी भएको को मान्छे हुं र राज्य लगाएर दिनेशको इन्काउन्टर गराउन सक्ने ? यो खुश्बुजीको आक्रोश मात्र हो ।
तपार्इं र कुमुद ढुंगेलको प्रेम प्रस्ताबलाई खुश्बुले अस्वीकार गरेका कारण दिनेशको हत्या भएको आरोप लगाएकी छन् नि ?
यो हास्यास्पद कुरा हो, यसमा कुनै दम छैन । सारा काठमाडौंलाई थाहा छ खुश्बु मेरो गर्लफ्रेन्ड हो भनेर । गर्लफ्रेन्डलाई प्रस्ताब राख्नुपर्ने कुरा नै आउंदैन् । कुरा आयो कुमुद दाइको, उहाँलाई खुश्बु मेरो गर्लफ्रेन्ड हो भन्ने राम्रोसंग थाहा छ । अनि उहांले कसरी प्रस्ताब राख्नु हुन्छ । नचांहिदो आरोप मात्र हो । यी सबै वकवास मात्र हुन् ।
तपार्इं खुश्बुको राम्रो साथी र तपार्इंसग पारिवारीक सम्बन्ध मात्र हो भनेर खुश्बुले भनिरहेकी छन्, अलि कन्फ्युज भयो नि ?
हो म खुश्बुको राम्रो साथी हो । उहांसंग मैले नेपाल र बेलायतमा गरी ८ वर्ष संगै विताए । उहाँ र मेरो सम्बन्ध के थियो भन्ने कुरा उहाँ र मलाई चिन्ने सबैलाई थाहा छ । मैले भनिरहन जरुरी छ जस्तो लाग्दैन । ६ बर्ष बेलायतमा एउटै घरमा सँगै बस्ने ब्यक्तिको सम्बन्ध के हुन सक्छ सबैले अनुमान गर्ने कुरा हो ।
तपार्इं उहाँसँग कसरी ८ बर्ष बस्नु भयो त ?
म खुश्बुको घरमा बसेको होइन । उहाँ र म एउटै घरमा चांहि बसको हो । किनकी हामी एक अर्का बिना एक छिन पनि भिन्न बस्न सक्ने थिएनौं । यसको मतलब म सधै खुश्बुजीकै घरमा बसेको भनेको चांहि होइन । मेरो घरमा पनि खुश्बु र म गएर बस्थ्यौं । मेरो घरमा ड्याडी र ममी मात्र हुनुहुन्छ । बिहे नगरेको केटीलाई सधै उतै राख्दा घरमा अलि अप्ठेरो मान्न थालेका कारण म र खुश्बुजी संगै बसेका हौं । उहांको घरमा दाजु, भाउजु, माता, पिता र दाजुहरुको साथीहरु आइरहने हुंदा एक जना नयां ब्यक्ति बस्दा कसैलाई मतलब नहुने रहेछ, त्यसैले म खुश्बुको घरमा बसेको हो । नेपालमा हुंदा धेरै उहांकै घरमा बसियो ।
तपार्इं खुश्बुसंग बेलायतमा ६ बर्ष संगै बस्नुको कारण के हो ?
उहाँलाई बेलायत लगेकै मैले हो । भिषा प्रोसेसिङदेखि सम्पूर्ण काम मैले नै गरेको हुँ। बेलायतमा मेरो अपान्र्टमेन्ट थियो, जहाँ हामी सँगैबस्यौं । अक्सफोर्ड यूनिभर्सिटीमा उनी पढ्दा लाग्ने खर्चदेखि सम्पूर्ण खर्च नै मैले व्यहोरेको हुँ ।
खुश्बुले त घर जग्गा बेचेको डेढ करोड रुपैया“ले अक्सफोर्ड युनिभर्सिटीमा पढेको बताउनु भएको छ त ?
ल ठिक छ, उहाँले घर बेचेको डेढ करोड रुपैयाँले बेलायतमा पढ्नु भएको रहेछ । उहाँको डेढ करोडमध्ये दाजुको विवाहमा ६० देखि ७० लाख खर्च भएको सारा काठमाडौंलाई थाहा छ । ६ बर्षको अबधिमा उहाँ नेपाल ५० पटक आउने र जाने गर्नु भएको छ, त्यो पनि स्पेशल सिटमा । जसको नेपाली मुल्य एक पटककै नौ लाख पर्न जान्छ । बेलायतमा काम नगरिकन एक दिनपनि टिक्न सकिदैन । खुश्बुजी छ बर्षसम्म कुनैपनि काम नगरी त्यहाँ बस्दा उहाँको घर बेचेको डेढ करोड रुपैयांले पुग्छ होला त ? त्यो पनि हाई प्रोफाईलमा । अनि कलेजको ट्युसन फि, उहाँको माता पितालाई स्वीट्जरल्याण्डलगायत युरोपका ८ मुलक र मलेशिया, सिङ्गापुर, दुवई जस्ता देशहरुमा पनि त्यही घर बेचेको डेढ करोडले घुम्न पुग्यो होला ? तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ । यी त देखिने खर्चमात्र भए । यस्ता धेरै खर्च छन्, जुन खुश्बुजीको घर जग्गा बेचेको डेढ करोडले पुग्यो होला ?
तपाईको भनाई अनुसार खुश्बुको सम्पूर्ण कलेज खर्च देखि हाई प्रोफाईल जीवन जीउन तपाईंले नै खर्च गर्नु भयो । कति खर्च गर्नु भयो त अहिलेसम्म ?
म मायामा विश्वास राख्दछु । जिन्दगी यसरी जीउनु की अरुलाई पनि जीवन दिन सकियोेस भन्दा भन्दै म कहिल्यै पनि थाकिन । त्यो व्यक्ति म नै थिएँ, मेरो सामाजिक कामबाट धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पाइरहेका छन् । खाएको म भन्दिन, हाम्रो भविष्य राम्रो हुन्छ भनेर मैले उहाँलाई खुसी–खुसी खर्च गरको हुँ ।
तपाईंको पैसामा अक्सफोर्ड यूनिभर्सिटीबाट शिक्षा हासिल गरेकी शिक्षित खुश्बुले चरी इन्काउन्टर काण्डमा तपाईंलाई नै मुछ्नुको कारण के हो त ?
मैले अघि पनि भनिसकेँ, यो दिन देख्छु भनेर मलै कहिल्यै सोचेको थिइन । म यो बिषयमा संलग्न छु भन्ने कुराले मलाई नै अचम्ममा पारेको छ । किन र के को लागि खुश्बुजी ले मलाई यो आरोप लगाउँदै हुनुहुन्छ मैले बुझ्न सकेको छैन् ।
आठ बर्षको सम्बन्धमा कसरी दरार उत्पन्न भयो त ?
म मेरा परिवार, साथीहरु, एक मायालुसँग आनन्दको जिन्दगी बिताइरहेको थिए । व्यापारको शिलशिलामा भारत गएको थिए । हामीबीच दुबैजनाको सहमतिमा एक अर्कोको फेसबुक खोल्ने गथ्र्यौं । एक दिन खुश्बुको फेसबुक खोलेर हेर्दा उहाँले निकट मित्रलाई लेखेको म्यासेजमा ‘मेरो जीवनको आठ बर्ष मैले डम्ब ब्यक्तिसँग बिताएर खेर फाले, म अहिले दिनेश अधिकारीसँग मनोरञ्जनात्मक जीवन बिताइरहेको छु । उहाँ एकदम कुल हुनहुन्छ । हाम्रो माया हावाको रुपमा आकाशमा उडिरहेको छ ।’ लेख्नुभएको रहेछ । यो पढेपछि मैले खुश्बुजीलाई गाली गरेँ । जीवनको पहिले गाली थियो मेरो उहाँप्रति । त्यही बेलामा दिनेशले पनि फोन ग¥यो मैले त्यसलाई पनि गाली गरेँ । त्यहाँबाट नै दिनेशले मलाई मार्छु भन्दै हिँडेको हो । यही कारणले हामी बीचको सम्बन्धमा दरार उत्पन भएको हो ।
तपार्इंकी शिक्षित प्रेमिकाले एक डनसँग कसरी सम्बन्ध गाँसिन त ?
दिनेशले खुश्बुलाई भाउजु भनेर सम्बोधन गर्दथ्यो । हाम्रो समाजमा भाउजु भनेको आमाको दोस्रो रुप हो । मलाई पनि दाजु भनेर माया गथ्र्यो । संसारमा तपाईं जस्तो मान्छे पनि हुंदो रहेछ भनेर पटक–पटक भन्ने गर्दथ्यो । दाई रमाईलो गर्न जाउँ भन्थ्यो । उसले मलाई केटी साथीहरुसँग पनि भेटाउने गर्दथ्यो । त्यतिखेर उ एकछिन बाहिर गएर आउँछु भन्दै दाई त बिग्रनु भएछ, फलानो होटलमा केटीसँग छ भन्दै खुश्बुलाई नै पठाउने गर्ने रहेछ । त्यस्तो धेरै पटक ग¥यो । जुन कुरा मैले पछि मात्र थाहा पाएँ । अनि मसँग कारोबार गरेका व्यक्तिहरुलाई ‘अर्पण चोर हो त्यसले पैसा दिंदैन त्यसको केटीलाई अफिसमा गएर किचकिच ग¥यो भने मात्र पैसा आउँछ’ भनेर भड्काउँदै गुण्डाहरु पठाउने रहेछ । कतिसम्म भने त्यति गरेर पनि नभई आफूपनि कतैबाट पुगेको जस्तो नाटक गरी केटी मान्छेलाई दुःख दिने होे ? अर्पणसंगै हिसाब किताब गर भन्दै गाली गरेको नाटक गरेर खुश्बुको मन पगाल्ने रहेछ । अहिले म यो कुरा थाहा पाउँदै छु ।
चरीका कारण खुश्बुलाई गुमाउनु भयो, खुश्बुको कारण के–के गुमाउनु भयो त ?
मैले खुश्बुलाई गुमाएको होइन् । खुश्बुसँगको ८ बर्षको यात्रामा धेरै कुरा सिकेको छु । एक दिन जिन्दगी नै गुमाउनु पर्छ । अरु त फिर्ता हुनपनि सक्छ तर जिन्दगी कहिल्यै फिर्ता हुंदैन । गुमाउन त मैले ८ बर्षको अबधिमा मेरो मनपर्ने काम पनि गुमाएँ, मेरो एनजिओ र मेरो टीम नै दुनियाँ थियो मेरा लागि । मैले जसका लागि काम गरेँ, उनीहरुको लागि खुशी र हाँसो मात्र दिएँ । मैले अर्पणको अर्थ अरुलाई ‘दिनु हो’ भन्ने कुरा सानै देखि बुझेको थिएँ । त्यही भएर होला सायद म दिंदा दिंदा कहिल्यै थाकिन । दिएर पाउने खुसीले मलाई यति खुसी बनाउँछ कि त्यो खुसी संसारको सबै सम्पत्तिसँग पनि दाज्न सक्दिन ।
अर्को कुरा, तपार्ईंलाई त खुश्बुले लागूऔषधको कुलतबाट बचाएर नयाँ जिन्दगी दिएको कुरा सञ्चारमाध्यममा आइरहेका छन् ?
यो सब वकवास हो । खुश्बुजीलाई भेट्दा म कुलतबाट निस्किसकेको थिएँ । म सन् २००५ देखि २००६ सम्म एक बर्ष भूपू एसएसपी बसन्तराज कुंवरको नार्कोनन नेपालमा बसेर कुलतबाट उन्मुक्ति भई ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिने गरेको थिए । त्यहीँ शिलशिलामा राष्ट्रिय सभागृहमा ‘एण्टी ड्रग्स’ सम्बन्धी ट्रेनिङ दिन जाँदा खुश्बुजीसँग भेटघाट र चिनजान भएको हो । उहाँ त्यतिखेर मिस टिनपनि हुनु भएको थिएन । त्यहाँ उप्रान्त मेरो शरीरमा लागूऔषधको कुनैपनि नशा परेका छैनन् । यो कुुरा बसन्त सरलाई पनि थाहा छ । खुश्बुजीले बजारमा मलाई सुधारेको हल्ला पिटाई रहनु भएको छ । यो सब झुटको खेती मात्र हो ।
खुश्बुसँगको सम्बन्ध कसरी गहिरिन पुग्यो त ?
सभागृहमा भेटसंगै उहाँ र मबीच फोन आदनप्रदान भयो । खुश्बुजीले मलाई पनि समाजसेवा गर्न मन छ भनेर भन्ने गर्नुहुन्थ्यो । यस्तै गफ हुंदै जांदा सम्बन्ध गहिरो हुंदै गयो ।
सेल्टर नामको सामाजिक संस्था कसको हो त ?
यो मेरो ड्याडीले सुरु गरेको संस्था हो । ड्याडीको दुर्घटनापछि यसको अध्यक्ष म थिएँ । पछि खुश्बुजीले काम गर्न मन गरेपछि उहाँलाई छोडिदिएको हुँ ।
अन्तमा केहि भन्नु हुन्छ ?
मेरो सोच कहिल्यै उहाँको बदनामी गर्नु थिएन् । तर सहन धेरै गाह्रो हुंदो रहेछ । खुश्बुजीलाई आफू सही भन्न त्यति सजिलो छैन । उहाँकै माता पितालाई पनि सायद खुश्बुजीले म प्रति गरेको व्यवहार ठीक लागेको छैन होला । किनकी उहाँहरुको आंखामा सधै मप्रति माया थियो । तर यस्तो बेलामा खुश्बु सही साबित हुन अर्पण गलत हुनु उचित होला ? त्यसैले आठ वर्ष अर्पण कोइराला जुन घरमा भगवान भएर बस्यो आज आठ मिनेटमा नै उसलाई राक्षस भन्दा तल पु¥याइएको छ । यो सब कुरा चरीसंगको मिलेमतोमा भइरहेको थियो ।
Post a Comment