news and more entertainment

Latest Post

१३ साउन, काठमाण्डौं । साउदी सरकारले आममाफीको अवधि नोभेम्बर ४ सम्म लम्ब्याएपछि स्वदेश र्फकन लागेका आप्रवासी नेपालीले ‘एक्जिट भिसा’ पाउन घूस खुवाउनुपरेको गुनासो गरेका छन् ।

घूस नखुवाए साउदी प्रहरी-प्रशासनले अनेक बहाना बनाएर हप्तौ अल्झाइदिने गरेको पीडितले बताएका छन् । ‘मैले मे २३ मै नेपाली दूतावासबाट आउटपास लिएको थिएँ तर, जुलाई २३ मा मात्र स्वदेश र्फकने एक्जिट भिसा पाएँ,’ सिरहाका शिवकुमार महतोले सुनाए, ‘ घूस नखुवाउँदा म ढिलो भएँ । मसँगैका साथीहरु एक महिनाअघि नै नेपाल पुगिसकेका छन् ।’

महतोले काम छाडेर रियाद धाउँदा र अध्यागमन कार्यालयमा कुर्दा दुई महिना बितेको बताए । ‘प्रक्रिया पूरा गर्दा र हवाईजहाजको टिकट लिँदा एकलाख रुपैयाँ ऋण लागेको छ,’ उनले सुनाए, ‘अब गाउँको घडेरी बेचेर ऋण तिर्छु । ‘

नेपाल आइसकेका गोर्खाका एक युवकले भने रियादको अध्यागमन कार्यालयमा एक बंगालीलाई १५ सय रियाल दिएपछि काम छिटो भएको सुनाएको खबर नागरिक दैनिकले छापेको छ ।

१३ साउन, काठमाण्डौं । कुबेतबाट नेपाली कामदारका लागि ठूलो मात्रामा ‘फ्री भिसा’ को रोजगारी कोटा आउने भएको छ । कुबेत सरकारले ठूला परियोजना निर्माण गर्न लागेका र त्यसमा नेपाललाई पनि ‘स्रोत मुलुक’ का रुपमा राखेपछि ठूलो मात्रामा कामदार फ्री भिसामा त्यसतर्फ जान पाउने भएका हुन् ।

कुवेतमा ठूलो मात्रामा फ्री भिसा आउन लागेको जानकारी कुबेतस्थित नेपाली दूतावासले परारष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाली व्यवसायीलाई जानकारी गराइसकेको छ । दूतावासले गराएको जानकारी अनुसार नै नेपाली व्यवसायी कुबेतको रोजगार अवस्था बुझेर स्वदेश पनि फर्किसकेका छन् ।

विभागले पनि कुबेतको थप रोजगार कोटामा अस्वस्थ प्रतिस्पर्धा हुन नदिन गृहकार्य सुरु गरेको छ । सरकारी अधिकारी र कुबेतको बजारीकरण गरेर फर्किएका व्यवसाउयीका अनुसार ५० देखि ७५ हजार नेपाली कामदार त्यहाँ रोजगारमा जान पाउने वातावरणको निर्माण भएको नयाँ पत्रिकामा खबर छ ।

 विदेश जाने महिलाको संख्या २७ हजार ७ सय

श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या बर्सेनि बढ्दै छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक बर्ष २०६९/७० मा कामका लागि विदेशिने महिलाको संख्या २७ हजार ७ सय १३ पुगेको छ । जबकि अघिल्लो आर्थिक बर्ष २२ हजार ९ सय ५८ जना विदेश गएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच हजारले बढी हो ।

विभागका अनुसार यो आर्थिक वर्षमा विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा सात हजार ६ सय ८७ पुगेका छन् । त्यस्तै सबैभन्दा कम जापानमा एक सय १६ पुगेका छन् । यसैगरी मलेसियामा सात हजार एक सय ६३, कुवेतमा पाँच हजार नौ सय ८२, कतारमा आठ सय ९३, ओमनमा छ सय ४७, साउदी अरबमा ३ सय ६७, बहराइनमा २ सय ३६, दक्षिण कोरियामा १ सय ९० महिला वैदेशिक रोजगारीका लागि पुगेको गोरखापत्र दैनिकमा खबर छ ।

विश्वमा सयौँ जातजातिका मानिसहरु छन् । सबैका पृथक् पहिचान तथा मौलिक संस्कृति छन् । केही आदिवासीहरुका त्यस्ता संस्कृतिहरु पनि छन् जो देख्दा र सुन्दा अचम्म र अनौठो लाग्छ । खानपिन, भेषभुषामा मात्र होइन अन्य केही क्रियाकलाप समेत निकै फरक र अनौठा हुन्छन् केही जातिहरुका । केही जातिहरुमा आफ्नो जिउलाई अनौठो आकृतिमा ढाल्ने परम्परा हुन्छ । यहाँ विश्वका केही
त्यस्ता आदिवासीहरुको बारेमा दिइएको छ :
१. भारतको पूर्वी राज्य अरुणाञ्चलका अपेँथी आदिवासी समाजका महिलाहरुमा अनाठो संस्कार छ । यहाँका पहिलाहरु आफ्नो नाकको प्वाल काठको ठेटीले बन्द गरेका हुन्छन् । यहाँका करीब २६ हजार महिलाहरुको नाकको प्वालमा काठको ठेटी लगाइएको छ ।

२. केन्याका मसाइ आदिवासी तथा अमेजन बेसिनका हाओरानी आदिवासी समुदायका महिलाहरु कानको लोतीलाई निकै तन्काएर डोरीजस्तो बनाएर त्यसमा थुपै्र गहना लगाउने गर्छन् ।
३. सुडानको दक्षिणी क्षेत्रमा बस्ने एक आदिवासी समुदायमा युवा युवतीको अनुहारमा तातो चक्कुले डामेर विभिन्न रेखाहरु कोर्ने चलन छ । जादुगरले तातो चक्कुले अनुहारभरी घाउ बनाइदिँदा समेत यहाँका युवायुवती रुन कराउन पाउँदैनन् । यदि त्यसो गर्दा शान्त पूर्वक नबसेमा ज्यान नै जोखिममा पर्नसक्छ ।

जनावार मानिस त होइन्, बोल्दा पनि बोल्दैन् र मानिस झैं म रिसाको छु भनेर भन्दा पनि भन्दैनन् । त्यसैले जनावारलाई सधै विश्वास गर्न सकिन्नanimal attacks 1। वर्षौ देखि घरमा निकै मायाले पालेर राखेको घरपालुवा जनावारले पनि बेलावखत आफ्नै मालिकलाई आक्रमण गरेका उदाहरण प्रशस्तै छन्। यहाँ जनावारहरुले मानिसलाई अकस्मात आक्रमण गरेका केहि तस्विरहरु समावेश गरिएका छन् ।तस्विर हेर्दा रमाइला देखिएपनि जनावारका यी आक्रमण निकै घातक साविक भएका थिए।animal attacks 1animal attacks 1

१२ साउन,काठमाडौ। पाकिस्तानको शुक्रवार भएको जम्ल्याह बम विष्फोटमा कम्तिमा ४० जनाको ज्यान गएको छ भने २०० भन्दा बढि मानिस घाइते भएका छन्। विष्फोट पाकिस्तानको उत्तरपश्चिममा रहिको कुराम क्षेत्रमा भएको थियो।विष्फोमा कुरामको पाराचिनार शहरमा भएको हो । शिया समुदायको धार्मिक स्कुल नजिकै दुइवटा बम विष्फोट भएका थिए। मारिनेमा अधिकांश शिया समुदायका मानिस छन्। घट्ना साँझको समयमा भएको थियो ।विष्फोटको जिम्मेवार कसैले नलिए पनि पाकिस्तानका तालिवानी समुहले गराएको आशंका गरिएको छ।पाकिस्तानको कुल जनसंख्या १८० मिलियनमा १० प्रतिशत शिया मुश्लिम छन्।

१२ साउन, बाँके । बाँकेको कुसुमस्थित सशस्त्र प्रहरी बेसक्याम्पमा गोली चलेको छ । गोली लागेर प्रहरी जवान टपेन्द्र थापा गम्भीर घाइते भएका छन् ।उनको अहिले कोहलपुर मडिकल कलेजमा उचार भइरहेको स्रोतेले जनाएको छ । गोली चल्नुका कारण थाह भएको छैन् ।घटनाबारे सम्पूर्ण विबरण आउँन बाँकी

 एजेन्सी। पाकिस्तानी सेनाले शनिवार बिहान  लाइन अफ कन्ट्रोल नजिकको भारतिय सैनिक पोष्टमा आक्रमण गरेको छ।भारतिय समाचार सस्था पिटिआईले जनाए अनुसार शनिवार विहान ७ बजे बाट पाकिस्तानी सेनाले शाहपुरको पुँच क्षेत्रमा व्यापक फायरिङ शुरु गरेको छ।यो पाकिस्तानले एक महिनामा युद्धविराम भंग गरेको पाँचौ पटक भएको भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन्। यस अघी जुलाइ ८,१२, ३, २२ मा पाकिस्तानी सेनाले भारतिय सुरक्षा चौकीमा फायरिङ गरेको बताइएको छ।घट्नाको बारेमा पाकिस्तान तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन् । घट्नाको सम्पुर्ण विवरण भने अझैं आउन बाँकी रहेको छ।

काठमाडौ, श्रावण ११ - पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ ।
२०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेतृत्वमा वार्ता टोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ता टोली काठमाडौंमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टि हुन्छ ।
मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्रधानमन्त्री थिए भने वार्ताकारका हर्ता़कर्ता नारायणसिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिकृत मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाए पछि उनी रिसाएर मसँग भेट्न नमानेको हामीले अनुमान गर्‍यौं । जे होस् काठमाडौंमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दाङको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्रसमक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगन्जमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्‍याए पुर्‍याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।
सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंङ्ग' वा 'सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?

१२ साउन,कैलाली। बाढीपिडितलाइ सहयोग गर्न नपाएको भन्दै पुर्वराजा ज्ञानेन्द्रले आक्रोश व्यक्त गरेका छन्। टीकापुरका बाढी पिडितलाई सहयोग गर्न कैलाली पुगेका ज्ञानेन्द्रले भने-दुःखमा परेका नेपाली दाजु भाइलाई सहयोग गर्ने आएको हो, क-कसलाई टाउको दुख्या हो थाहा भएन । शाहले दुःखममा परेको जनतालाई सहयोग गर्न आएको भन्दै विधीको शासन सवैलाई लाग्ने बताएका थिए। >यसैबिच हिमानी कोषले सरकारी निर्णय अनुसार राहत वितरण गरेको छ। हिमानी कोषले टिकापुरका बाढीपिडितलाई स्थानिय दैबी प्रकोप उद्धार समितिबाट राहत सामग्री वितरण गरेको छ। आफै सामाग्री वितरण गर्न नपाएकोमा कोषका अधिकारीहरु खिन्न देखिएका थिए। कोषले टिकापुरका ६७२ र बर्दिया दौलतपुरका २१६ परिवारलाई १५ किलो चामल,दाल, र भाँडाकुँडा वितरणका लागी दैबी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको थियो। राहत वितरण कार्यक्रममा पुर्व राजा ज्ञानेन्द्र, शिताष्मा शाह, दिलासा शाह, हृद्यन्द्र शाहको पनि उपस्थिति थियो। कार्यक्रमा पुर्व राजाको पक्षमा नारा समेत लगाइएको थियो।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget