news and more entertainment

Articles by "entertainment"

ऋुतु महासेठ । २० वर्षको लाउलाउँ खाउँखाउँको उमेर । जनकपुर तुलसियाहीबाट काठमाडौंमा पढ्दै थिइन् ।
विद्यालयसमेत सँगै भएका उनीहरु मिल्ने साथी थिए पप्पु पूर्वे । मायाप्रेम थियो, उनीहरुको । केही वर्षअघि पप्पु वैदेशिक रोजगारीका लागि बिदेशिए ।


पप्पु विदेशिएपछि पनि ऋतुको पढाइमा कुनै कमी आएन । पढाईमा अब्बल रहेकी उनी काठमाडौंको मैतीदेवीमा होस्टलमा बसेर पढ्दै थिइन् । तर, दुई जनाको सम्बन्धमा भने केही समयदेखि दरार उत्पन्न भएको थियो ।

२०७१ साल मंसिर २० गते बिहान ११ बजेतिर गुहेश्वरीमा साथी गीताको बिहेमा जाँदै गर्दा सेतोपुल नजिकको पेट्रोल पम्पमा पप्पु राक्षस भएर निस्किए । अनुपा र कञ्चन नाम गरेका दुई जना साथीसँगै रहेकी ऋतुलाई ‘धोकेबाज’ पप्पुले लगातार पाँच पटक छातीमा छुरी धसे ।

छातीमा छुरी धसिएकी ऋतुलाई तत्कालै उद्दार गर्न प्रहरी आएन । ऋतुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल लगियो । उपचार सम्भव भएन । लगत्तै शिक्षण अस्पताल महाराजगन्ज लगियो । केहीबेरमै उनलाई चिकित्सकलाई मृत घोषणा गरे । अनलाइन दैनिक बाट साभार  भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् ।

युवा र तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक अध्ययनले जनाएको छ । अध्ययनले वयस्कहरुको निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई 'स्लिप सेक्स' भनिन्छ । जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले निन्द्रामै पनि सेक्स गर्दछ ।
उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ । 'स्लिप सेक्स' रोग लागेका मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले बताएका छन् । यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्‍याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले औल्याएका छ-
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पर्न सक्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । हालै मात्र जर्जियामा यस्तै घटना घटेको समाचार छ ।

जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन ।  चर्चित प्रेम कहानीमा आधारित  फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन सम्पर्क गरे ।फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले पक्राऊ गरेको छ । 

एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी । हिन्दु धर्मको १६ संस्कार मध्ये एक विवाह हो । विवाहमण्डपमा पुरोहितले इश्वरलाई साक्षी राखेर केटा–केटीको सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्ने चलन रहिआएको छ ।
वैवाहिक समारोहमा आगो वा अग्नीको अगाडि बेहुला–बेहुलीलाई सात पटक घुमाएर वाचाकसम खुवाउने गरिन्छ । आगो वा अग्नीको अगाडि घुमाएर वाचाकसम खुवाउनुको पछाडिका कारण निम्न छन् :
१ अग्नीको वेद र शास्त्रमा प्रमुख देवताको रुपमा मानिएको छ । अग्नीलाई विष्णुको स्वरुप मानिदै आएको छ । अग्नीमा सबै देवताको आत्मा बसेको हुन्छ भन्ने मान्यता रहेको छ । अग्नीमा हवन गर्दा सबै देवताको आत्मालाई सम्झेको वा पुजेको मानिन्छ ।
२ अग्नीको अगाडि वाचाकसम खाँदा सबै देवतालाई साक्षी राखेर एक अर्काले प्रेम गर्छौं र जीवनसाथी स्वीकार गर्ने प्रण गरिएको मानिन्छ ।
३ अशुद्धलाई हटाएर पवित्र सम्बन्ध कायम गर्नका लागि र बेहुला–बेहुलीको मनमा रहेको अपवित्र भावनालाई हटाएर पवित्र मनले एकअर्काले स्वीकार गर्नका लागि अग्नीको अगाडि घुमाइन्छ ।
४ अग्नीको अगाडि खाएको कसम नमाने वा गतीछाडा भए अग्नीले दण्ड दिनेसमेत शास्त्रमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

किशोरावस्थामा म अलि लजालु स्वभावको थिएँ । केटीहरूसँग घुलमिल हुन लाज लाग्थ्यो । अर्कोतिर आफूलाई रूपले पनि ठगेजस्तो लाग्थ्यो, त्यसैले केटीहरूलाई एप्रोच गर्ने आँट गरिहाल्दैनथेँ । यति हुँदा पनि १३ वर्षकै उमेरमा मैले गर्लफ्रेन्ड भने बनाइसकेको थिएँ । उनी टोलकै सबैभन्दा राम्री केटी थिइन् ।
उनी कसरी मप्रति आकर्षित भइन्, मेरी गर्लफ्रेन्ड बनिन्, म आफैँ पनि जान्दिनँ । मभन्दा तीन वर्ष जेठी थिइन्, तीनै वर्ष चल्यो हाम्रो अफेयर पनि । त्यसपछि उनी अर्कैसँग बिहे गरेर गइन् । अफेयर चले पनि हामीले एकअर्कालाई टच भने कहिल्यै गरेनौँ । अहिले सोच्छु– उतिबेला उनीसँग सेक्स गर्ने अवसर पाएको भए नाइँ त पक्कै भन्दैनथेँ होला । उनी बिहे गरेर गएको केही वर्षपछि म पनि अमेरिका गएँ । बियरहरू खान थालेँ । त्यसपछि मात्रै हो, मैले केटीहरूसँग राम्ररी खुलेर कुरा गर्न थालेको ।
                                              गायक अमात्य
गायक अमात्य
त्यसअघि त आँटै आउँदैनथ्यो । बोल्न थाले पनि बोली अकमकिन्थ्यो । मेरो त्यो पहिलो प्रेमसम्बन्धबारे मेरी श्रीमतीलाई पनि थाहा छ । लाग्छ– त्यो उमेरमा केटाको केटीसाथी र केटीको केटासाथी हुनैपर्ने रहेछ, नत्र त जीवनै निरस लाग्थ्यो होला । ००० १३–१४ वर्षको उमेरदेखि नै टोलमा दादागिरी गरेर हिँड्थे म । कपाल रंग्याएर कानमा कुन्डल लगाउँथेँ । काठमाडौंमा पहिलोचोटि कपाल रंगाउने मै हुँ जस्तो लाग्छ । दादागिरी गरेर हिँड्दा पुलिसको गोदाइ त कति भेटियो–भेटियो † उमेर सानै भए पनि टोलमा ‘दादा’ भनेर चिन्थे मान्छेहरू । त्यसैले होला, म फुच्चेलाई २०–२५ वर्षका लक्काजवानले पनि दाइ भन्थे । मेरा समकालीन साथीहरू नै मभन्दा ८–९ वर्ष जेठा थिए । साथीहरूको लहलहैमा लागेर १४ वर्षकै उमेरमा एकचोटि वेश्यागमन गरेँ । मभन्दा दोब्बर उमेरकी केटी पो परिछ । मभन्दा जेठा साथीहरूले आफैंलाई ठीक हुनेचाहिँ खोजेछन् ।
त्यही बेला मैले पनि पहिलोचोटि यौनसम्बन्धको अनुभव लिएँ । स्वर्गीय आनन्द भेटेझैँ लागेको थियो । त्यसभन्दा अघि त मैले हस्तमैथुन पनि गरेको थिइनँ । ००० पत्नीबाहेक मैले ८–९ जनालाई गर्लफ्रेन्ड बनाएँ । केटीलाई ‘इम्प्रेस’ गर्न सक्ने खुबी कति रहेछ भनेर आफूलाई जाँचिरहेको हुन्छु बेलाबखत । जब इम्प्रेस्ड हुन थाल्छन्, तब ती केटी मलाई मन पर्न छाड्छन् । त्यसभन्दा अघि बढ्दिनँ । कारण– आफ्नो इम्प्रेसिङ पावर जाँच्ने उद्देश्यले मात्र त्यसो गरेको हुन्छु । यौनसम्पर्क एकदमै गर्न रुचाउने मान्छे हुँ म ।
तर, मैले केटीहरूलाई अनावश्यक युज गरेर नाजायज फाइदा भने अहिलेसम्मै उठाएको छैन । कसैले आफैँ इच्छा राख्छ भने त अहिले पनि पछिचाहिँ पर्दिनँ । पार्टनर नभएको बेला हस्तमैथुन पनि काफी हुन्छ । लुकाउनुपर्ने विषय नै होइन यो । किनकि, यौनआनन्दबाट वञ्चित भएर कोही पनि बाँच्न सक्दैन । सबैले यौनतृष्णा मेटाउने कुनै न कुनै उपाय अपनाएकै हुन्छन् । मलाई सबैले केटीको मामिलामा ‘फर्वार्ड’ को उपाधि दिन्छन् । अरूको नजरमा त्यस्तो देखिन्छु पनि होला । तर, म आफैँलाई चाहिँ अरूले भनेजत्तिको फरवार्ड हुन नसकेजस्तो लाग्छ । मेरो खुबी यति मात्रै हो कि म केटीलाई खुट्टामा ढोगेर हुन्छ कि शब्दहरूको लेप लगाएर, एकान्तमा लैजान सक्छु । तर, घात हुने काम गर्न सक्दिनँ ।
मभन्दा फर्वार्ड मान्छे धेरै छन् । जो हेर्दाचाहिँ सोझा हुन्छन् तर मौका मिल्नासाथ केटीहरूलाई सिध्याइहाल्छन् । त्यसैले म त देखावटी फरवार्ड मात्र हुँ भन्ने लाग्छ, आफैँलाई । ००० मैले बिहेचाहिँ १७ वर्षअगाडि गरेको हुँ । मेरी पत्नीको नाम मंगला हो । उनीसँग पहिलो भेट प्रज्ञाभवनमा भएको थियो, एउटा कार्यक्रमको सिलसिलामा । पहिलोचोटि देख्दै उनी यो धर्तीकी नभएर अर्कै ग्रहबाट आएकी सुन्दरीझैँ लाग्यो । व्यावसायिक डान्सरका रूपमा चिनिन्थिन् ।
अहिलेका केटीहरूको त के बडी हुन्छ र रु उनको बडी साँच्चै लोभलाग्दो थियो । मैले त्यस बेलासम्म देखेका काठमाडौंका केटीहरूभन्दा धेरै नै राम्री । विस्तारै बहाना बनाएर म उनीसँग नजिकिन थालेँ । त्यो निकटता बढ्दै गएर मित्रतामा परिणत भयो । अनि मित्रता झाँगिँदै गएर मायाप्रीतिको रूप लियो । प्रेममा परेपछि हामी जोडी पन्छीजसरी निस्फिक्री घुम्न गइरहन्थ्यौँ । सोही क्रममा यौनसम्बन्ध पनि भयो । त्यसपछि त उनी मलाई झन् माया गर्न थालिन् । सुरुमा म उनीसँग विवाह नगर्ने विचारमा थिएँ ।
उबेला मन केही स्वार्थी पनि थियो । सेक्स नभएको भए सायद उनीसँग बिहे हुँदैनथ्यो, हामीबीच निकटता पनि बढ्दैनथ्यो होला । घुम्न जाने क्रममा उनैलाई धेरै खर्च गराउँथेँ । गाडीमा पेट्रोल हुँदैनथ्यो । पकेट हुन्थ्यो, पैसा हुँदैनथ्यो । सबै उनैले जुटाउँथिन् ।
म एकदमै फ्रयाङ्क स्वभावको छु, जहाँ पनि उनका अघि नांगै नुहाइदिन सक्थेँ । त्यसै कारणले पनि हो, बिहेअघि नै उनीसँग सबै कुरा भइसकेको । विवाह गर्ने कुरो चलेपछि मैले एक जना दाइलाई सोधेँ । उहाँले भन्नुभयो– ‘बिहेजस्तो कुरामा दोधारमा बस्नुहुन्न । कि गरिहाल्नुपर्छ कि छोडिहाल्नुपर्छ, अल्झिएर बस्नुहुँदैन ।’ मैले आफूलाई दोधारमुक्त गरेँ, अनि बिहे गर्ने निधो गरेँ । मेरो परिवार एकदमै खुसी भयो किनकि उनीहरू मलाई वर्षौंअघिदेखि बिहेका लागि फोर्स गरिरहेका थिए ।
भेट भएको करिब दुई वर्षपछि सन् १९९५ मा हाम्रो बिहे भयो । मलाई गानाबाजा बजाएर परम्परागत शैलीमा बिहे गर्न मन थिएन । बुबालाई घुक्र्याएँ– ‘धेरै साथीभाइ बोलाएर रक्सीमा डुब्दै रमाइलो माहोलमा बिहे गरिदिने भए मात्र म राजी हुन्छु ।’ बुबाले मैले भनेजस्तै वतावरण तयार गरिदिनुभयो । विवाहपछिको लाइफ एकदमै टेन्सनयुक्त लाग्न थाल्यो मलाई । उतिबेला उति धेरै मन परेकी मान्छे, अब त उनले मुसुक्क हाँसेको देख्दा पनि रिस पो उठ्न थाल्यो । अरू केटीहरूसँग रमाइलो गरिरहुँजस्तो लाग्थ्यो । यही कारण घरमा डिस्कस चलिरहन्थ्यो । झन्डै दुई वर्ष यसै गरी बित्यो । हामीबीच डिभोर्ससम्मका कुराकानी हुन थाले । झगडाले कहिलेकाहीँ कुस्तीको रूप पनि लिन्थ्यो । कुस्तीमा चाहिँ उनैले मलाई पछारिहाल्थिन् । टोलका अरू केटाहरूसँग कुस्ती खेलेजस्तो कहाँ हुँदो रहेछ र श्रीमतीसँग †
आफू जंगेर गयो, उनले परैबाट मलाई लडाइहाल्छिन् । उतिबेला मलाई आफ्नो जीवनमा पत्नीको कत्रो भूमिका हुन्छ भन्ने कुनै ज्ञानै थिएन । अहिले सोच्छु– उनी नभएको भए म यो स्थानमा पुग्नै सक्दैनथेँ होला । ००० वैशाख महिनासँग हाम्रो विशेष संयोग छ । उनीसँग भेट वैशाखमा भएको थियो, बिहे भयो वैशाखमै अनि छोरा जन्मिएको पनि वैशाखमै हो । बिहेको एक वर्षपछि छोरा भूपेश्वर जन्मियो । मेरो बुबाको नाम भुवनेश्वर भएकाले त्यही नामसँग मिलाउन उसको नाम भूपेश्वर राखिएको हो ।
केही वर्षपछि छोरी यशश्री जन्मिइन् । उनको नामचाहिँ मेरो नामबाट प्रभावित छ । बिहेको केही वर्ष तनाबमा बिते पनि बच्चा भइसकेपछि हाम्रो सम्बन्ध राम्रो हुँदै गयो । म पनि व्यावहारिक हुन थालेँ । बच्चा हुर्काउनमा पत्नीलाई निकै सहयोग गरेँ । गर्भवती छँदा पनि उनलाई निकै हेरबिचार गर्थें । त्यो बेला राति ३ बजे भोक लाग्यो भन्थिन् ।
म जुरुक्क उठेर किचेन पुग्थेँ, अनि आधा घन्टामै तीन थरी परिकार बनाएर उनका सामु हाजिर गराउँथेँ । बच्चा जन्मिएपछि आची धोइदिनेदेखि सबै कुराको अनुभव मैले पनि लिएँ, जिम्मेवार अनि असल पिता बनेर । उनलाई अप्ठेरो पर्दा कपडा धोइदिन पनि तयार छु । तर, घरमा काम गर्ने मान्छे भएकाले अहिलेसम्म आफूले कपडा धुनुपरेको चाहिँ छैन । पत्नीलाई थकाइ लाग्दा कहिलेकाहीँ खुट्टा पनि मिचिदिन्छु । पुरुषहरूले यौनान्दनका लागि महिलाको शरीर सुमसुम्याउन हुने, उनीहरूलाई थकाइ लाग्दा खुट्टा मिच्नचाहिँ किन नहुने रु मेरो खुट्टा दुख्दा पनि त उनी मिचिदिन्छिन् नि । अहिले त उनी लन्डनमा छिन् । छोराछोरी त्यहीँ अध्ययन गरिरहेकाले उनी अभिभावकका रूपमा बसिरहेकी हुन् ।
म पनि केही समयअघि मात्र नेपाल आएको हुँ । बिहेको यतिका वर्षपछि पनि हाम्रा आपसी फिलिङ प्रेमीप्रेमिकाका जस्ता छन् । उनी मलाई कामुक एसएमएस पठाइरहन्छिन् । केही समयअघिको एउटा एसएमएसमा ‘न्यानो अंगालो’ जस्ता आत्मीयतापूर्ण भावना सेन्ड गरेकी थिइन् । ती शब्द सापटी लिएर मैले एउटा गीत तयार पारेको छु । केही समयपछि एल्बममा आउँदै छ ।
उनी फोनमा भन्छिन्– ‘तपाईंबिना छटपटिएर मर्न लागेँ ।’ मेरो हालत पनि कहाँ ठीक हुन्छ र रु उनी नहुँदाको क्षण उनैलाई सम्झिएर हस्तमैथुन गर्दै बिताउँछु । मेरो बुझाइमा प्रेमको दायरा सीमित हुँदैन । यति फराकिलो हुन्छ नि, जति जनालाई बाँडे पनि हुन्छ । त्यही प्रेम नै सेक्सजस्तो लाग्छ । अनि त्यो खुला प्रेम किन एक जनासँग मात्र सीमित राख्ने रु हुन त हाम्रो सामाजिक नियमले एक जनासँग मात्र जीवन बिताउनु राम्रो ठान्छ । मेरो बुझाइमा त त्यो प्रेम होइन, बन्धन मात्र हो । प्रेम आफैँमा मुक्त हुन्छ, अनि त्यो मन मिलेसम्म जति जनासँग पनि बाँड्न सकिन्छ । प्रस्तुति : विशाल राई, सौर्य दैनिक
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ । यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ । मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न खाले उपायहरु अपनाउने समेत गरेका छन् । कतिपयले प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा खोज्छन् त कतिले चिकित्सा विज्ञानको सहारा समेत लिन्छन् । तर ब्राजिलमा एउटा यस्तो घटनाको खुलासा भएको छ जहाँ निकै डरलाग्दो तथा अनौठो तरिकालाई यौन क्षमता बढाउने काममा प्रयोग गर्ने गरिएको छ ।


त्यहाँ कुनै जडीबुटी वा औषधि खाएर होइन एक माकुरालाई आफ्नो जिउमा टोकाएर यौन क्षमता बढाउने प्रचलन रहेको छ । निकै विषालु रहेको भनिएको एक प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको विषले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास मानिसहरुको रहेको छ । त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन छ जसको कारण मानिसमा यौन उत्तेजना लामो समयसम्म रहिरहन्छ ? भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा क्रान्ति ल्याउने कतिपयको भनाइ छ ।


 ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा ।

नाबालिक छात्राको यौन शोषण गरेको आरोपमा जोधपुरको केन्द्रीय जेलमा रहेका आसारामको बारेमा फेरी अर्को एउटा सनसनीपूर्ण खुलासा भएको छ । अहमदावाद आश्रमका वैद्य अमृत प्रजापतिले एउटा अर्को सनसनीपूर्ण खुलासा गरेका हुन् ।प्रजापतिले भारतीय सञ्चारमाध्यमसँग कुराकानीका क्रममा आसारामले यौनशक्ति बढाउने औषधी प्रयोग गर्ने गरेको खुलासा गरेका छन् भने उनले आश्रमभित्रका घटनाबारे समेत सनसनीपूर्ण घटनाहरू सार्वजनिक गरेका छन् । उनले सबैभन्दा सनसनीपुर्ण खुलासा के गरेका छन् भने आसारामले हजारौको भिडबाट आफ्ना लागी कसरी केटी छान्थे ?


                                    

प्रजापतिका अनुसार आसारामको प्रवचन सुन्न आएका महिलाहरूमाथि आसारामले आँखा दौडाउँथे र जो उनको नजरमा पर्थ्यो ती महिलातर्फ उनले लाइट बाल्थे । आफुलाई मन परेकी महिलामाथि लाइट बालेपछी उनका सहयोगीहरूले उनको आसय बुझेर ती महिलालाई अनेकन बहाना र जालझेल गरेर आसारामको कुटीमा पुर्याउथे । जहाँ आसारामले ती महिलासँग यौन सम्बन्ध कायम राख्थे ।उनको यो तरिका निकै गोप्य थियो । जुन महिलालाई आसारामले मन पराउँथे ती महिलालाई पनि यसबारे कुनै जानकारी हुँदैनथ्यो कि आसारामले आफूमाथि लाइट बालेका छन् र आफूलाई आसारामले शिकार बनाउँदैछन् भन्ने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

हाम्रा शरीरका अंग माध्ये आँखाको पनि समुन्द्र शास्त्रमा ठूलो महत्व छ । हाम्रो आँखाको रंग अनुसार स्वभाव पनि हुने यो शास्त्रको भनाइ छ । आँखा हेरेर नै मानिसको गोप्य कुरा थाहा पाउन सकिने समुन्द्र शास्त्रीहरु दावी गर्छन् ।

आँखाको नानी
आँखाको नानी खैरो हुने ब्यक्ति प्रभावशाली हुन्छन् । यस्ता ब्यक्तिले अरुलाई सहजै प्रभावित गर्न सक्छन् । त्यतिमात्र होइन यस्ता ब्यक्तिले अरुबाट अनावश्यक फाइदा लिने खतरा पनि हुन्छ । यस्ता ब्यक्ति धोकेवाज पनि सावित हुन्छन् ।


औंला बढी
कुनै पनि ब्यक्तिको १० भन्दा बढी औंला छन् भने त्यस्ता ब्यक्तिले जीवनमा निक्कै धन कमाउँछन् । यस्ता ब्यक्ति प्रसिद्ध हुने पनि सम्भावना बढी हुन्छ ।

दाँत माथि दाँत
जुन ब्यक्तिको दाँत माथि दाँत खप्टिएको हुन्छ त्यस्ता ब्यक्ति विचारशील र साहसी हुन्छन् । यस्ता ब्यक्तिले आफ्नो स्वभावबाट अरुलाई प्रभावित गर्न सक्छन् ।

रौं नै रौं हुने
कुनै पनि मानिसको शरीरमा जताततै रौं छ भने त्यस्तो ब्याक्तिको काम बासना उच्च हुन्छ । यस्ता ब्यक्तिले भोग विलाशमा बढी ध्यान दिन्छन् ।

छातीमा रौं
जुन ब्यक्तिको छातीमा अत्याधिक रौं हुन्छ त्यस्ता ब्यक्ति सन्तोषी स्वभावका हुनेछन् । यस्ता ब्यक्तिलाई धनको कमि हुँदैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

एजेन्सी ।
टर्कीको विमान सेवाले भड्किला कपडा लगाएर सेक्सी बनेको भन्दै एक जागिरबाट निकालेको छ । विमान सेवाका अध्यक्षले टर्कीमा पछिल्लो समय कट्टरता बढेका कारण उनलाई जागिरबाट निकाल्न दवाव आएको बताएका छन् ।



३१ वर्षीया एयरहोष्टेस जुहाल संगुल एक मोडल समेत हुन् । एक इटालियन म्यागजिनमा प्रकाशित उनको तस्विर भाइरल भएको थियो । उनको तस्विरमा छोटा कपडा लगाएर कामुक पोज दिएकी छिन् ।

यो तस्विरकै कारण उनको जागिर गएको हो ।

गत वर्ष मात्र टर्की एयरलाइन्सले एयरहोष्टेसलाई लिपस्टिक र कलरफुल मेकअपमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो घटनाले युरोपेली युनियनमा एसोसिएट सदस्य रहेको टर्कीमा देखिएको मुस्लिम कट्टरता भने बढ्दै गएको पुष्टी गरेको विश्लेषकहरुले बताएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

हामी सबैलाई थाहा भएको कुरा हो कि महिलाहरु राम्रा, सेक्सी र सुन्दर हुन्छन् । तर, कसैले उनीहरुको जीवनको अर्को पाटो कस्तो हुन्छ भनेर सोच्नुभएको छ ? महिलाहरु मानसिक र शारिरिक दुबै रुपमा पुरुषभन्दा फरक हुन्छन् । उनीहरु आफ्नो उमेर, तौल, भावना, गुण सबै लुकाउँछन् र पुरुषले कल्पना नै गर्न नसक्ने कुरा गर्छन् । यस्तै सिलसिलामा यहाँ महिलाहरुको यस्तो तथ्य संकलन गरिएको छ जसबाट उनीहरु कमै परिचित छन् ।sexgrdahsnemahila
१. महिलाहरुको हातमा सधैं ब्याग हुन्छः
पुरुष मित्रहरुले यो तथ्य याद नगर्नुभएको होला तर महिलाहरु सधैं ब्याग अथवा पर्स बोक्ने गर्छन् । उनीहरुको साथमा ब्याग नहुने हो भने उनीहरु असजिलो महसुस गर्छन् । र हामीहरुलाई थाहा हुँदैन कि उनीहरुले आफ्नो ब्यागभित्र के हालेका हुन्छन् भनेर ।
२. महिलाहरुसँग कहिले पनि लगाउनको लागि लुगा हुँदैनः
महिलाहरुलाई हजारौं हजारको भएको नोटको बिटा दिनुस्, उनीहरुले सपिङमा खर्च गर्छन् । तैपनि, उनीहरुले आफूसँग लगाउनको लागि केहि पनि नभएको भन्ने गर्छन् । साँचो कुरा के हुन्छ भने उनीहरुसँग भएको लुगा र गहना कि त एकचोटी लगाइएको हुन्छ कि त एकचोटी पनि हुँदैन ।
३. महिलाहरु दिनदिनै नुहाउँदैनन्:
सफा सुग्घरमा जतिसुकै कराएपनि सबै महिलाहरु दिनदिनै नुहाउने गर्दैनन् । बास्नादार हुनका लागि उनीहरु अत्तर अथवा डिओड्रेन्ट्समा भर पर्ने गर्दछन् ।
४. महिलाहरु अति नै धेरै खान्छन्:
जब पुरुषहरु साथमा हुन्छन् त महिलाहरु थोरै खाने जस्ता देखिन्छन् । तर, एक्लै छोडिदिने हो भने उनीहरुले ठूलो साइजको सिङ्गै पिज्जा पनि खाने गर्दछन् । अब थाहा पाउनुहोस्, महिलाहरु सधैं खाना र बनाउने तरिकाको बारेमा किन कुरा गर्छन् भनेर ।
५. महिलाहरु टिभि सिरियल बढि रुचाउँछन्:
हामीमध्ये धेरैलाई लाग्नसक्छ सब टिभि सिरियल बकवास हुन् तर, महिलाहरु त्यसलाई धेरै नै चाख दिएर हेर्ने गर्छन् ।
६.सेक्सपछि महिला आफ्नो पुरुषले किस गरोस् भन्ने चाहन्छिन्:
प्रायः पुरुषहरु सेक्सपछि थाक्ने भएका कारण सुत्न रुचाउँछन् तर महिलाहरु भने कुरा गर्न र एकअर्कालाई किस गर्न रुचाउँछन् । राम्रो सम्बन्धको लागि पुरुष साथीहरुले यो कुरामा ध्यान दिनुहोस् ।
अरुः
– सेक्स गरिरहेको बेलामा पनि महिलाहरुलाई आफ्नो रुपको पिर हुन्छ ।
– सामान नकिन्ने हो भने पनि महिलाहरु त्यो सामानमा बार्गेनिङ गर्न रुचाउँछन् ।
– करिब ७० प्रतिशत महिला सेक्सभन्दा चकलेट मन पराउँछन् ।
– आफूले लगाएको जस्तै लुगा अरु महिलाले लगाएको उनीहरु हेर्न सक्दैनन् ।
– पुरुषको तुलनामा महिलाहरु चाँडै परिपक्क हुन्छन् ।
– महिलाहरु पूरै दिन ऐनाको अगाडि बसेर बिताइदिन सक्छन् ।
– पुरुषको जत्तिकै महिलालाई सेक्सको आवश्यकता पर्दैन ।
एजेन्सी



"प्लस टु पढ्दाको मेरो प्रेम सुरू भयो । अमेरिकामा पुगेपछि लिभिङ टुगेदरमा परिणत भयो । परिवारको कुरा मिलेर पनि हामीबीच दुरी बढ्यो । अन्ततः ७ वर्ष लामो सम्बन्ध टुट्यो । माया गर्ने, हात समाउने, स्पर्श गर्ने पहिलो व्यक्ति उही हुन्छ । जीवनमा त्यो अनुभूति पनि पहिलो पटक गरिन्छ । सायद त्यही मनोभावले होला पहिलो प्रेम बिर्सनै सकिदैन ।"


नेपाली सिने जगतमा 'बोल्ड एण्ड ब्युटिफूल' नायिकाको रूपमा परिचित छिन्- अशिष्मा नकर्मी । मनका कुरा निर्धक्क राख्ने उनी अहिलेकी चल्तीकी नायिका हुन् । रिचमण्ड एकेडिमीबाट एसएलसी र प्लस टु तहको अध्ययन पूरा गरेपछि सन् २००७ मा अमेरिका उडेकी अशिष्माले टेक्सासस्थित युएनटी युनिभर्सिटीबाट हस्पिटालिटी म्यानेजमेन्टमा ग्राजुयट गर्ने क्रममा ५ वर्ष अमेरिकामा बिताइन् । ३५ वटा म्युजिक भिडियो, ८ वटा नेपाली चलचित्र र १२ वटा नेपाल भाषाका चलचित्रमा अभिनय गरिसकेकी अशिष्मा नेपाल फिरेको साढे दुई वर्ष भयो । उनै अशिष्माले प्रेम, जीवन, यौन, करिअर र चलचित्र लगायतका विषयमा नरेन्द्र रौलेसँग गरिएको कुराकानी :

अमेरिकाबाट नेपाल फर्किन के ले प्रेरित गर्‍यो ?
म आफ्नो देशलाई एकदमै माया गर्छु । भाषा, संस्कृतिप्रति प्रेम छ । अमेरिकामा धेरै दुःख छ । जस्तोसुकै समस्या भए पनि मलाई नेपाल नै मनपर्छ । र, चलचित्रमा काम गर्न, आफ्नो भविष्य बनाउन, कलामार्फत् योगदान दिन म नेपाल फर्किएँ ।

अमेरिकामा ५ वर्ष बस्दा अन्य अवसरहरु नभेटेर हो कि, फिल्म क्षेत्र नै किन रोज्नुभयो ?
बुबाको नाम राख्न । रेडियो नेपालका अधिकृत तथा बाद्यबादक मनराजा नकर्मीको बिंडो थाम्न मैले यही पेसा रोजें ।

फिल्मी जगतमा आउनुअघि के बन्ने रहर थियो ?
म मिडियामै काम गर्न चाहन्थें । खासगरी टेलिभिजनमा काम गर्ने मेरो सोख थियो । तर बुबा भने मैले अरुको अन्तर्वार्ता लिएको भन्दा पनि मेरो अन्तर्वार्ता अरुले लिएको हेर्न चाहनुहुन्थ्यो ।

कस्ता खाले फिल्ममा तपाईलाई अभिनय गर्न मनपर्छ ?
लभ स्टोरी, मौलिक तथा ऐतिहासिक विषयवस्तुमा आधारित फिल्ममा अभिनय गर्न मन लाग्छ । टप हिरोइन नभए पनि राम्रो छवि भएको हिरोइन बन्न मन छ ।

अहिले कुन फिल्ममा व्यस्त हुनुहुन्छ ?
भर्खरै 'नभ्य' र 'लभ यु बाबा' को सुटिङ सकियो । 'अधकट्टी'को सुटिङ चलिरहेकै छ । अब सुवर्ण थापाको निर्देशनमा बन्न लागेको 'बाटो मुनिको फूल-२' को सुटिङमा लाग्दैछु ।

तपाईले कुन कलाकारलाई आफ्नो आदर्श मान्नुहुन्छ ?
मिथिला शर्मा र मह जोडी ।

फिल्मबाहेक अन्य केमा तपाईको सोख छ ?
बाजा बजाउन, गाउनमा सोख छ । तानपुरा, मादल, तबलाजस्ता केही बाजाहरु अलिअलि बजाउँछु । सितारमा मेरो बिशेष रुचि छ । यसैमा मैले जुनियर डिप्लोमा पनि गरेकी छु । यस्तै ७, ८ पढ्ने बेला होला मैले नेपाल भाषाको एल्बम नानुमा स्वर दिएकी छु ।

तपाईको जीवनको सबैभन्दा सुनौलो क्षण कुन हो ?
कक्षा ८ देखि १२ सम्म पढ्दाको क्षण सुनौलो लाग्यो । धेरै कुरा सिकियो, अनुभव लिइयो । साथीभाईहरुले सहयोग गरे । एक प्रकारले फड्को मारें । मैले बाटो पाएँ ।

छोरी भएर जन्मिएकोमा पछुतो लाग्छ कि लाग्दैन ?
परिवारमा हामी तीनजना दिदी, बहिनी भएकाले पहिले छोरा भइदिएको भए लाग्थ्यो । अहिले त्यस्तो महशुस हुँदैन । मैले राम्रो गरेर देखाउँछु भन्ने लाग्छ । आफूमा आत्मविश्वास, आत्मसम्मान, र हरेक परिस्थीतिसँग जुझ्ने क्षमता हुने हो भने अघि बढिन्छ ।

एक पुरूषले सिधै प्रेम प्रस्ताव गर्न सक्छ तर नारीले गर्न हिच्किचाउँछन्, हगि?
तर त्यो कुरा मेरो जीवनमा लागु हुँदैन । मलाई यदि कुनै केटा मन पर्‍यो भने म नै अगाडि प्रेम प्रस्ताव राख्नेछु । जस्तो कि, मैले पहिला गरेकी थिएँ ।

ए अहिले रिलेसननसिपमा हुनुहुन्छ ?
अहिले होइन । पहिलाचाहिँ थियो । प्लस टु पढ्दाको मेरो प्रेम सुरू भयो । अमेरिकामा पुगेपछि लिभिङ टुगेदरमा परिणत भयो ।
किन अलग हुनुभयो त ?
कुरा नै मिलेन । परिवारको कुरा मिलेर पनि हामीबीच दुरी बढ्यो । अन्ततः ७ वर्ष लामो सम्बन्ध टुट्यो ।

अहिले सम्झिदा  कत्तिको पीडा दिन्छ ?
कतै न कतै त्यो कुराले बिझाउँछ । तर पनि मेरो आफ्नै उद्देश्य छ, योजना छ । रोएर बस्नुभन्दा आफ्नो करिअर राम्रोसँग अघि बढाएको राम्रो लाग्छ ।

सम्बन्धहरु किन टुट्ने रहेछन् ?
स्वार्थी भयो भने । र, दुई जनाबीच असमझदारी भयो भने पनि टुट्छन् । बढी अपेक्षाले पनि दुःख दिन्छ ।

पहिलो प्रेम बिर्सन सकिदैन भन्छन् नि । किन होला ?
माया गर्ने, हात समाउने, स्पर्श गर्ने पहिलो ब्यक्ति उही हुन्छ । जीवनमा त्यो अनुभूति पनि पहिलो पटक गरिन्छ । सायद त्यही मनोभावले होला पहिलो प्रेम बिर्सनै सकिदैन ।

त्यति लामो समय प्रेम सम्बन्धमा रहनुभयो । पछि लिभिङ टुगेदर पनि बस्नुभयो । परिवारले असहमति जनाएन ?
मेरो घरमा स्वतन्त्रता थियो । म आमालाई भनेरै डेट जान्थें । मेरो ब्वाइफ्रेण्ड घर अगाडि बाइक लिएर आउँथ्यो । कत्ति अफ्ठ्यारो महशुस भएन । तर मैले त्यो स्वतन्त्रताको कहिल्यै दुरुपयोग भने गरिनँ । 


तपाईको अनुभवमा प्रेम के रहेछ त ?
भावना हो । कल्पना हो । र, एक अर्काप्रतिको बुझाइ हो ।

जीवनलाई कसरी हेर्नुहुन्छ ?
दुःख र सुखको मेल हो । अंग्रेजीमा एउटा भनाइँ छ, 'लाइफ इज् नाइदर ब्ल्याक नर ह्वाइट्, इट् इज् ग्रे ।' जीवन सोचे जस्तो कहिल्यै हुँदैन ।

सेक्सप्रति तपाईको बुझाइ के छ ?
सेक्स लाइफ साइकल हो । समाज चलाउने साइकल । र, यो अनुशासन पनि हो । नत्र त वेश्यावृत्ति भइहाल्यो नि ।

तपाईको सेक्स अनुभव कस्तो रह्यो ?
मलाई यो प्रश्न नै गलत लाग्छ । मैले अघि नै भनिसकें नि, म कसैसँग लिभिङ टुगेदरमा थिएँ । बाँकी कुरा आफै बुझ्नुहोस् न ।

भगवानमा कत्तिको विश्वास गर्नुहुन्छ ?
गर्छु ।

मन्दिर जानुहुन्छ ?
जान्छु ।

मन्दिर जाँदा टुँडालहरुमा भगवानले सेक्स गरेको दृश्य राखिएका हुन्छन् । किन होला ?
मैले मन्दिरका टुँडालमा त्यस्ता दृश्य हेरेको छु । संसार नै त्यसरी टिकेको छ । सेक्स नै जन्मको विन्दु भएकाले राखेको होला ।
आस्थाको मन्दिरमा त्यस्ता दृश्य राख्नु उपयुक्त होला र ?
यसबारेमा विस्तृत अध्ययन त गर्नैपर्छ । मलाई त्यति धेरै ज्ञान छैन । तर नकारात्मक रुपमा भने लिएको छैन । आज हजुरबालाई सोध्नुपर्ला । ९हाँस्दै ......)

टुँडालका दृश्यमा कामसुत्रको सबै आसन देखाइएको छ नि, हाम्रोजस्तो समाजमा एउटी नारीलाई तीन-चार जना पुरूसले सेक्स गरिरहेको दृश्य किन मन्दिरमा राखिएको होला ?
मैले इतिहास पढेअनुसार, पहिले एक समाजमा छोरी मान्छे कम थियो । तीन-चारले एक जनासँग विहे गर्थे । अर्को समाजशास्त्रीय चिन्तनअनुसार एक जनाले एउटी विहे गर्‍यो भने जग्गा पनि बाडिने भयो । त्यसैले जग्गा नबाडियोस् भनेर दुई-तीन जनाले एउटी विहे गरेकेा किताब पढेकी छु । तर एकिन कुरा मलाई थाह छ, भोलिपर्सी रिसर्च गरेर तपाईलाई बताउँला ।

नारीको जीवनमा भर्जिनिटीको महत्व के हुन्छ ?
(केही बेर सोच्दै.....)

गम्भीर बन्नुभयो त ।
यस्तो विषयमा गम्भीर बन्नैपर्‍यो नि । सायद समाजले गर्दा होला । पुरुषप्रधान समाज भएर होला ।

पुरुषहरुले विवाह गर्दा वा शारीरिक सम्बन्ध राख्दा भर्जिन खोज्ने गर्छन् । तर नारीले किन पुरुषलाई भर्जिन खोज्दैनन् ?
म त यस्तो कुरामा ख्यालै गर्दिनँ ।

परपुरुष, परस्त्री सम्बन्ध तपाईलाई कस्तो लाग्छ ?
गर्दिनँ । मेरो बुढाले भोलि गएर परस्त्रीसँग सम्बन्ध राख्यो भने झगडा गर्दिनँ तर कुराकानी चाहिँ गर्छु ।

वास्तवमा मानिसहरुले किन परपुरुष, परस्त्री सम्बन्ध राख्छन् होला ?
पहिलो कुरा त एकअर्काप्रति समझदारी नभएर नै हो । सेक्स फ्रिडम खोजेर, एक अर्कालाई समय नदिएर, रुचि र चाहना नबुझेर पनि होला ।


तपाईका फ्यानहरु कस्ता खाले छन् ?
टिनेजदेखी बुढापाकासम्म । सबै खाले छन् । फेसबुकबाट धेरै साथीहरु पनि बनाएको छु । कति राम्रो नियतले बनाउँछन्, कतिले भने नकारात्मक नियत पनि राख्छन् ।

अचेल युवा, युवतीले गाँस्ने सम्बन्धहरु कस्ता लाग्छन् ?
आज फेसबुकमा चिनजान भयो । भोली लभ, पर्सि ब्रेकअप । यस्तो लाग्छ, फेसबुक बन्द भयो भने मित्रता पनि बन्द हुन्छ जस्तो ।

कत्तिको रुनुहुन्छ ?
रुन्छु कुनै बेला । पछिल्लो पटक आलोक नेम्बाङको मृत्युमा रोएँ । उहासँग काम गर्ने ठूलो इच्छा थियो । त्यो पूरा भएन । त्यो मामलामा अभागी ठान्छु ।

लोग्ने मान्छेले रुनु हुन्न भन्ने मान्यता छ । साँच्चै लोग्नेले रुनुहुन्न र ?
बकवास कुरा हो । लोग्ने मान्छे झन् संबेदनसिल हुन्छ । बाहिरबाट हेर्दा कठोर देखिएपनि भित्र कोमल हुन्छ । म त भन्छु, रुनुपर्छ ।

मृत्युदेखि डर लाग्छ ?
लाग्दैन । विकासानन्दको भनाइ सम्भिmन्छु, 'हामी बाँचिरहेका छैनौं । बाँच्ने कोशिस गरिरहेका छौं । जुन दिन मर्छौ त्यो दिन हाम्रो जन्म हुन्छ ।' तैपनि मृत्यु सरल होस् भन्ने मेरो चाहना हो ।


पुस्तकहरु पढ्नमा कत्तिको रुचि  छ ?
मलाई जीवनी पढ्न मनपर्छ । जीवनीबाट म प्रेरणा पाउँछु । पछिल्लो समय बिनोद चौधरी र हरिबंश आचार्यको आत्मकथा पढें ।

आफै फिल्ममा खेल्नुहुन्छ । अरुका फिल्महरु चाहि कत्तिको हेर्नुहुन्छ ?
सबै प्रकारका फिल्म हेर्छु । अझ विशेषगरी प्रेम कथामा आधारित र राम्रा अभिनय भएका हेर्न मन लाग्छ । ओस्कार जितेका फिल्महरुको लिस्ट हेर्दै धेरै फिल्महरु हेर्ने गर्छु ।

एउटा नायिकामा नभइ नहुने गुण के के हुन् ?
हरेक पेशामा नभई नहुने पहिलो गुण हो, मानवियता । नत्र कसैको पि्रय भइदैन । त्यसबाहेक बुझाई, मीठो बोलीवचन, अध्ययन हुुनुपर्छ ।

नेपाली र नेपाल भाषा बाहेक अन्य भाषाका फिल्ममा खेल्ने प्रस्ताव आयो भने स्वीकार्नुहुन्छ ?
त्यस्तो अवसर आयो भने झन् आफूलाई भाग्यमानी ठान्छु । सबै भाषाको खेल्छु नि ।

फिल्ममा आउन चाहनेहरुलाई के सुझाव दिनुहुन्छ ?
ठूलो अपेक्षाले जे कुरामा पनि दुःख दिन्छ । अध्ययन गरेर, बुझेर आउनुहोस् । आफूमा आत्मविश्वास बढाउनुहोस् । कसैको भर परेर नआउनुहोस् ।

तपाई कस्तो स्वाभाबको व्यक्ति ?
म स्टे्रटफवार्ड छु । मन लागेको कुरा अगाडि नै भन्छु । मनमा कुनै पाप छैन । सिधासिधा कुरा गर्छु । म आफुलाई सरल नै ठान्छु । 

महिला आरक्षणका वारेमा के भन्नुहुन्छ ? हरेक कुरा आरक्षण खोज्नु कत्तिको जायज हो ?
मलाई पटक्कै विश्वास छैन । आरक्षण खोज्नु त परनिर्भर बन्नु हो । यसले गर्दा सिर्जनसिलता मर्छ । महिलाहरुमा प्रतिस्पर्धा गर्ने बानी नै हुँदैन ।

नेपाली हिरोइनहरुको पारिश्रमिक त्यति धेरै छैन । तर फूर्तिफार्ती निकै देखिन्छ नि । कसरी खर्च चलेको होला ?
मेरो हकमा भन्नुहुन्छ भने, म काठमाडौंको लोकल बासिन्दा हो । खान, बस्न गार्‍हो छैन । यहाँ 'सो बिज' का रुपमा देखावटी बढी हुन्छ । तर म त्यस्तो गर्दिनँ । पारिश्रमिक पाउनु मेरो हक हो । कसैको लुटेको होइन । त्यो लिन चाही म छाड्दिनँ ।

तपाईको मासिक खर्च कति हुन्छ ?
आम्दानीमा भर पर्छ । यत्ति नै हुन्छ भन्ने छैन । कुनै बेला कम, कुनै बेला बढी हुन्छ ।

तस्वीरहरुः अशिष्मा एवं एजेन्सीहरु


स्रोत - नेपालीपत्र भिडियो हेर्न तल क्लिक गर्नुहोस :

यर्मा: भिक्टर, तिमीले हामी सानो हुँदा खेरी मेरो कम्मर समाएको संझन्छौ, के हुन्छ भनेर कसलाई के थाहा है ?
भिक्टर : सबै कुरा बदलिन्छ ।
यर्मा : अह ! कुनै कुरा बदलिदैन । पर्खाल पछाडिको लुकाएका कुराहरु केही पनि बदलिदैन, किनकी तिनीहरुलाई कसैले देखेकै हुँदैन ।
भिक्टर : सायद !
यर्मा : भोली फेरि तिनीहरु बाहिर निस्किएर चिच्चाउन थाले भने, तिनीहरुको चित्कारले संसार थर्कन्छ ।
उल्लेखित संवाद काठमाण्डौको थिएटर भिलेजमा शनिबारबाट सुरु भएको नाटक ‘यर्मा’को हो । संवादमा ‘यर्मा’ पात्रको भूमिका निर्वाहा गर्ने कलाकार नायिका नम्रता श्रेष्ठ हुन् । यस्तै, ‘भिक्टर’ पात्रको भूमिका कलाकार कमलमणी नेपालले निर्वाहा गरेका छन् ।

सन्तान जन्माउने चाहना बोक्ने एक महिलाको कथामा यो नाटक घुमेको छ । नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् । यो नाटक सोमबार बाहेक पौष ६ गतेसम्म चल्नेछ । नायिका नम्रता श्रेष्ठ मुख्य पात्रको रुपमा रहेको नाटकले नि:सन्तान महिला, उनको सन्तान चाहना र श्रीमानको व्यस्तताले पुर्ती हुन नसकेको उनको सन्तान मोहलाई दर्शाएको छ ।

यो नाटकलाई श्रृष्टी भट्टराइले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो । स्पेनका चर्चित नाटककार फ्रेडेरियो गार्सियो लोर्काले लेखेको नाटकलाई ८० बर्षपछि बिमल सुवेदीले नेपालको रंगमञ्चमा मञ्चन गरेका हुन् । स्पेनमा भेडा गोठालो गर्ने एक परिवारको कथालाई नाटकले प्रस्तुत गरेको छ । नाटकमा अभिनय गरेकी नम्रताको उपस्थित दर्शकले प्रशंसा गरेका छन् । नाटक एक घन्टा ३०  मिनेट भिडियो हेर्नुहोस ।

काठमाडौं / कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर नेपालका युवतीहरु विदेशमा गएर पोर्न फिल्ममा ब्लु फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।  



दिप शिखा


दिप शिखा उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।


विन्दु परियार


उनको वास्तविक नाम विन्दु परियार भएपनि कतिपयले उनलाई हटि विन्दु भनेर चिन्छन् । उनी कास्की जिल्ला कि हुन् । अमेरिकी नागरिकसँग विहे गरेर अमेरिका पुगेकी उनी पछि सम्बन्ध विच्छेद गरेर ब्लु फिल्म खेल्न थालिन् । उनी थाइल्याण्डमा नाच्ने पनि गर्थिन् ।

एजेन्सी । भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।


१.नटालिया डेलान


सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।




२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।

३ रोजी रेड




सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।

५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।



६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।

तपाइँलाई अनौठा अनौठा ठाउँमा विदा मनाउन जान मन पर्छ र कहाँ जाउँ भनेर सोंचमा पर्नु भएको छ भने चिन्ता नगर्नुस् । यहाँ हामीले विश्वमा न्युड अर्थात नाङ्गै भएर जान पाइने चर्चित होटलको चर्चा गरेका छौं ।
nude hotels
१ हिडन बिच रेसर्ट मेक्सिको
मेक्सिकोको हिडन विच रेसर्टले ग्राहकहरुलाई नाङ्गै भएर बस्ने सुविधा दिन्छ । यहाँ जाने मानिसले सिजनलरुपमा नाङ्गै भएर सेवा ग्रहण गर्न पाउँछन् । यसमा ४२ केवल बयस्कहरुका लागि मात्र बनाइएका बिच समेत छन् । यहाँ ग्राहकहरुले मन लागेका सबै गतिविधी नाङ्गै भएर गर्न पाउँछन् ।
Mexico hotel

२ होटल ओज इन फ्रान्स
फ्रान्सको क्यापडे मात्र रहेको होटल ओज इन पनि न्यूडिस्टहरुका माझ चर्चित छ । यो युरोपकै सबै भन्दा ठूलो न्यूडिष्ट होटल हो । यहाँ ग्राहकहरुलाई विभिन्न मनोरञ्जनका सुविधा दिइन्छ । यहाँ मसाज देखि सबै सुविधा छन् ।
France hotel

३ भ्रिटो मार्टिस् ग्रिस
ग्रिसको कार्टेस्थित भ्रिटोमारर्टिस होटल पनि नाङ्गै बस्न मन पराउनेहरुबीचमा चर्चित छ । यहाँ जाने मानिस निर्वस्त्र भएर जान पाउँछन् र सवै सुविधा लिन पाउँछन् । यहाँ काम गर्नेहरु कर्मचारीले समेत कपडा नलगाइ गर्न पाउँछन् ।
Germany


४ जुम वाल्डे, जर्मनी
जर्मनीको स्टोलवर्गस्थित जुम वाल्डे होटल पनि नाङ्गै बस्न मन पराउनेहरुका लागि रमाइलो गन्तब्य हो । यसमा जाने ग्राहकहरुले निश्चित ड्रेस लगाउनु पर्छ तर प्रवेश गरेपछि नाङ्गै भएर सबै सुविधा लिन सकिन्छ ।
club orient
५ क्लव ओरिएन्ट रिसोर्ट, वेष्टइण्डिज
फ्रान्सको नियन्त्रणमा रहेको वेष्ट इण्डिजमा रहेको क्लव ओरिएन्ट रिसोर्ट पनि निक्कै चर्चित छ नाङ्गै बस्न मन पराउनेहरुका लागि । यसमा न्युडिष्ट फेमिली प्याकेजको समेत ब्यवस्था छ । एजेन्सी 

मनिला । फिलिपिन्सकी सुन्दरी जेमी हेरेलले मिस अर्थ २०१४ को उपाधि जितेकी छिन् । फिलिपिन्सको मनिलामा शनिबार साँझ सम्पन्न प्रतिस्पर्धामा हेरेलले मिस अर्थको ताज पहिरिएकी हुन् ।   मिस अर्थमा फिलिपिन्सले जितेको यो दोस्रो ताज हो ।



यसअघि सन २००८ मा पनि फिलिपिन्सकी सुन्दरीले उपाधि जितेकी थिइन् ।   प्रतियोगितामा अमेरिकी सुन्दरी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि जित्न सफल भए ।     नेपालको प्रतिनिधित्व गरेकी प्रिन्सा श्रेष्ठ भने उत्कृष्ठ १६ मा नै पर्न सकिनन् र खाली हात स्वदेश फर्किने भएकी छिन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget