news and more entertainment

Articles by "आध्यात्म"

पूजा–पाठ गर्ने र धार्मिक आयोजनाहरुमा सफल हुनाले तनावको स्तरमा कमी आउने गर्दछ । बेलर युनिभर्सिटीका सोधकर्ताहरुका अनुसार यसको असर अफिसमा मानिसहरुको प्रदर्शनमा पनि देखिने गर्दछ ।

त्यस्ता मानिसहरु काममा ध्यान मात्र लगाउने नभई उनीहरुको उत्पादन क्षमतामा बृद्धि हुनाले प्रोमोसन र तलवमा वृद्धिको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताले एक हजार कर्मचारीहरुको कार्य क्षमतामा धर्म या अध्यात्मको असरको बारेमा जाँच गरे ।



भागवानमा विश्वास राख्ने मानिस, नियमित पूजा–पाठमा शरिक हुने र धार्मिक आयोजनाहरुमा खुसी भएर भाग लिने मानिसहरुको आफ्नो व्यवसायिक जीवनमा बढि सफल हुने उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । यस्ता व्यक्तिहरु आफ्नो मालिकको नजरमा राम्रो छवि बनाउन सफल हुने र आफ्ना सहकर्मीहरुसँगको सम्बन्ध राम्रो हुने बताएको छ ।  एजेन्सी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

धर्मशास्त्रमा जीवनका नियमहरु उल्लेख छन् । त्यसमा दारी र कपाल काट्न नहुने दिन समेत उल्लेख छ । यी दिनमा दारी कपाल काट्दा अशुभ हुने मानिन्छ ।

यी दिनमा नकाट्नुस् कपाल

शास्त्रका अनुसार मंगलवार, विहीवार र शनिवार कपाल काट्नु हुँदैन । यसले अशुभ गराउने विश्वास छ ।
ज्योतिष शास्त्रका अनुसार पनि मंगलबार मंगलको दिन हो । शरीरमा पनि मंगलको निवाश हुने यो दिनमा कपाल काट्नु राम्रो मानिन्छ । मंगलबार र शनिबार कपाल काट्दा अशुभ प्रभाव पर्ने उल्लेख छ ।

शास्त्रका अनुसार



मंगलबार कपाल काट्दा ८ महिना कम हुन्छ मान्छेको आयु
विहीबार लक्ष्मीको दिन मानिन्छ । यस दिन कपाल काट्दा लक्ष्मी अर्थात धनकी देवी बेखुसी भएर दरिद्र हुने सम्भावना हुन्छ ।
शनिबार कपाल काट्दा ७ महिना आयु कम हुने विश्वास गरिन्छ ।
बाँकि रहेका सोमवार, बुधवार, शुक्रवार र आइतवार कपाल काट्नु राम्रो मानिन्छ ।

प्रकृतिको नियम नै छ कि विहान हुँदा आकाशमा सूर्य प्रकट हुन्छ । सूर्यको प्रकाशले नै उर्जा दिन्छ र सृष्टिमा नयाँ जीवन आउँछ । त्यसैगरी साँझ परेपछि चन्द्रमा देखिनु पनि प्राकृतिक नियम नै हो ।

सूर्य आएपछि चन्द्रमा हराउँछ भने साँझमा पनि सूर्य अस्ताएपछि चन्द्रमा देखिन्छ ।
तर कहिले काँहि भने आकाशमा सूर्य र चन्द्रमा दुवै देखिन्छन् । अस्ताउने समयको सूर्य र चन्द्रमा तथा अस्ताउन लागेको चन्द्रमा र उदाउँदो सूर्य सँगै पनि देखिन्छन् ।
meaning of morning moon
सूर्योदयको समयमा चन्द्रमा देख्नुको निक्कै ठूलो महत्व रहेको शास्त्रमा उल्लेख छ ।

सूर्योदयको समयमा अकस्मात चन्द्रमा आकाशमा देखियो भने यसले शुभ संकेत गर्छ । यस्तो चन्द्रमा देख्नु भो भने दिन पनि शुभ हुन्छ भने तपाइँको काम पनि बन्छ ।
जुन् दिन सूर्योदयको समयमा चन्द्रमा देखिन्छ त्यो दिन शुभ मानिन्छ । यो दिन काम गर्दा सफलता पनि मिल्छ ।
meaning of morning moon 1
घरबाट निस्किने समयमा माछो देखियो भने जति शुभ हुन्छ त्यति नै शुभ हुन्छ चन्द्रमा सूर्योदयको समयमा
 http://www.nepaliheadlines.com/2014-11-16-08-58-41.html#sthash.YoS4yeJJ.dpuf

महाभारतलाई हिन्दु धर्मको महत्वपूर्ण ग्रन्थ मानिन्छ । श्रीमद्भागवत गीता पनि महाभारतकै एक अंश हो । महाभारत कथा निकै रोचक र रहस्यमय छ । यसमा निकै धेरै रहस्यका घटनाहरू छन् जुन धेरैलाई थाहा छैन् । यस्तै, रहस्यमयी घटनाहरूमध्ये अर्को एउटा रहस्यमयी घटना पत्ता लागेको छ ।


यस घटना अनुसार अर्जुनले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाएको रहस्यमयी घटनाको खुलासा भएको छ । श्रीकृष्णले रोकेपछी अर्जुन शान्त भएको र युधिष्ठिरलाई गाली गरेको घटना समेत पत्ता लागेको छ ।
आखिर किन उठाए अर्जुनले आफ्नै दाजुमाथि तरबार ?
महाभारत युद्दका क्रममा कौरब तर्फका सेनाका सेनापति कर्णसँग युधिष्ठिरको युद्ध हुन्छ । यसक्रममा कर्णले हानेको एक बाण युधिष्ठिरलाई लाग्छ र घाइते हुन्छन् । घाइते भएका युधिष्ठिरलाई बाण लागेपछी उनका सारथीले रथलाई आफ्नो छाउनीतर्फ लग्छन् तर, कौरब सेनाले उनलाई पछ्याउँछन् । नकुल र सहदेवले कौरबका सेनालाई रोकेर युधिष्ठिरलाइ छाउनीसम्म पुर्याउँछन् र उनको उपचार त्यही गरिन्छ ।
युद्धमा घाइते भएको खबर सुनेपछी दुःखी भएका अर्जुन श्रीकृष्णको साथमा छाउनी आइपुग्छन् । यसरी अर्जुन र श्रीकृष्ण साथमा आएको देखेर युधिष्ठिरले अर्जुनले कर्णलाई पराजित गरी आफ्नो हारको बदला लिएको र अर्जुनलाई यसबारे सोध्छन् । तर, वास्तविक कुरा थाहा पाएपछी युधिष्ठिर अर्जुनसँग रिसाउँछन् र अर्जुनलाई गाली गर्छन् । उनले उक्त समयमा अर्जुनलाई आफ्नो शस्त्र अन्य अरूलाई नदिनु उपयुक्त हुने भन्दै रिसाउँछन् । यसरी आफ्नो अस्त्र अरूलाई दिए हुन्छ भन्ने सुनेपछी निकै रिसाएका अर्जुनले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाऊँछन् । तर, श्रीकृष्णले रोकेपछी अर्जुन शान्त हुन्छन् । arjun wanted to kill yudhishtira
अर्जुनले श्रीकृष्णलाई आफूले युधिष्ठिरमाथी तरबार उठाउनुको कारणबारे भन्छन् र श्रीकृष्णसँग सुझाव माग्छन् । अर्जुनले आफूले गुप्त रूपमा आफूले आफूलाई यदी कसैले आफ्नो अश्त्र अन्यलाई दिन भन्यो भने उसको टाउको काट्ने प्रतिज्ञा लिएकाले आफूले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाएको बताउँदै प्रतिज्ञाबाट बच्न र युधिष्ठिरलाई नमार्न के गर्नु पर्छ भन्दै श्रीकृष्णसँग सल्लाह मागेका थिए ।
यसरी श्रीकृष्णले अर्जुनको कुरा सुनेपछी अर्जुनलाइ धर्म र अधर्मको ज्ञान दिएका थिए । उनले अर्जुनलाई सम्मानीय पुरूषले तबसम्म सम्मान पाउँछ तबसम्म मात्र उसको जिवित भएको महत्व हुन्छ । तर, जब उसको कुनै ठूलो अपमान हन्छ, उ मरेतुल्य हुन्छ । अर्जुनले युधिष्ठिरलाई सधै सम्मान गरेको स्मरण गराउँदै अहिले भने उनलाई अपमान गरिदिन सल्लाह दिन्छन् ।
श्रीकृष्णले अर्जुनलाई युधिष्ठिरलाई तँ भनेर गाली गर्न सल्लाह दिन्छन् । यसरी आफूले सधै सम्मान गरेको मानिसलाइ 'तँ' भनेर गाली गरेपछी युधिष्ठिरको हत्या गरेबराबर हुन्छ ।
श्रीकृष्णको कुरा सुनेपछी अर्जुनले युधिष्ठीरलाइ निकै गाली गर्छन् । युधिष्ठिरलाई युद्धबाट भागेर आएको सेनापति भन्दै र तँ भन्दै गाली गर्छन् र आफ्नो दाजुलाइ यसरी गाली गरेपछी निकै पिडामा रहेका उनले आफ्नै तरबार उठाएर आफ्नो हत्या गर्न खोज्छन् । यसपटक पनि श्रीकृष्णले रोक्दै आत्महत्या दाजुको हत्या भन्दा पनि खराब हुने भन्दै सम्झाउँछन् र शान्त पार्छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस


नयाँ दिल्ली– भारतमा साइ बाबामाथि चलेको विवाद केहि दिनका लागि शान्त भएपनि एकपटक फेरी यसले अर्को विवाद खडा गरिदिएको छ ।
धर्म संसदमा साइलाई भगवान, सन्त र गुरु मानिँदैन । यसै क्रममा काशी विद्वत परिषदका संरक्षक शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीले परिषदको निर्णयलाई नै अन्तिम निर्णय भएको बताएका छन् ।
शंकराचार्यका अनुसार अब मन्दिरमा साईको पूजा हुनेछैन र भविष्यमा कसैले पनि साइको नामको मन्दिर स्थापना गर्ने छैनन् ।
धर्म संसदमा आएको प्रस्तावमाथि काशी विद्वत परिषदले यो निर्णय सुनाएका हुन् । सम्बन्धित परिषद् भन्छ, ‘साइलाई भगवान भन्नु शास्त्र सम्मत हुँदैन । उनलाई भगवान, गुरु र सन्त भन्न मिल्दैन । ’
यद्यपी थुप्रै मानिसहरुले साइलाई भगवानको अवतार मान्ने गरेका छन् । (एजेन्सी)

 भिडियो हेर्न तल क्लिक गर्नुहोस 

चर्चित भारतीय योगगुरु बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा भएको छ | जालन्धरको होसियारपुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेदवार भगवान सिंह चौहानले रामदेवको टाउको काटेर ल्याउनेलाई १ करोड पुरस्कार दिने घोषणा गरेका हुन् |
Baba-Ramdev-11
आइतबार बाबा रामदेवले ‘राहुल गान्धीले गरिबको घरमा ‘पिकनिक र हनिमुन’ मनाएको अभिव्यक्ति” दिएपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै नेता चौहानले टाउको ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।
बहुजन समाजवादी पार्टीका कार्यकर्ताहरुले होसियारपुरमा बाबा रामदेवको पुत्लासमेत जलाएका छन्। चौहानका अनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मयावतीले पनि रामदेवलाई झुन्ड्याउने माग गरेकी छिन् । रामदेवले हालै मात्र एक कार्यक्रममा गुरु गोविन्द सिंहको तस्विर भएको सोफामा बसेको तस्विर सार्वजनिक भएको थियो ।

महिनाबारीका बेला गरिने सेक्सभित्रका दश तथ्य !

हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई अ
सर गर्ने समेत धारणा छ । तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।
महिनाबारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यसप्रकार छन् :
१. महिनाबारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनाबारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।
महिनावारी
३.यदि महिला वा पुरुषमध्ये एकजना एच आइ भी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासाग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।
२.महिनाबारी हुादा बग्ने रगत खराब रगत हो भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनाबारीको बेला बगेको रगतको सम्पर्कमा आउादा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएकेा भए महिनाबारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।
४.महिनाबारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।
५. महिनाबारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनाबारीका बेला पाठेघरको मुख खुला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुादैन ।
६. महिनाबारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो ।
त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।
७. महिनाबारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।
८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला सरिरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले त्यसपछि तल्लो पेट दुख्न कम हुन्छ ।
९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन-डेन्टल डाम) लगाउनुपर्छ ।
१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पूराउने खतरा रहन्छ ।

                    भिडियो तल छ 

भारतकी एक २५ वर्षीया युवतीको मुखमा अहिलेसम्म अन्न परेको छैन । तर, उनी औशत युवतीजस्तै स्वस्थ र हट्टाकट्टा छिन् । नयाँ दिल्ली नजिकैको सोनीपतकी मन्जु ढर्रा दिनमा ४ देखि ५ लिटरसम्म दुध पिउँछिन् ।
त्यसबाहेक उनले पानी र चिया पनि उनको जीवन धान्ने आधार हुन् । अहिलेसम्म उनको मुखमा अन्न परेको छैन् । कारण- अन्न खानासाथ उनलाई वान्ता हुन्छ । डाक्टरहरुका अनुसार उनलाई एक्लेजिया भन्ने रोग लागेको छ । उनकी आमा भगवतीले भनेकी छिन्-उनले दुध, चिया, पानी र जुस मात्र खान्छिन् । उनी धेरै दुध खान्छिन् । उनले अन्य खानेकुरा खाइन् भने तत्काल वान्ता हुन्छ ।’ मन्जुलाई अब ठोस खानेकुरा देख्यो डर लागेको जस्तो हुन्छ । उनको उचाई औषत भारतीय महिलाको जस्तै छ र स्वास्थ्य पनि छिन् । तर, उनी पेट दुख्ने समस्याबाट भने पीडित छिन् । आमा भगवतीका अनुसार दुई वर्षको हुँदा यो समस्या थाहा भएको हो । त्यसबेला मन्जुलाई भात खुवाउना साथ विरामी हुन्थिन् । उनले छोरीलाई धेरै डाक्टरहरुको पुर्‍याइन् तर रोग निको भएन । उपचारमा धेरै पैसा लाग्ने भयो तर, परिवारको अवस्था राम्रो नभएकाले उपचार गर्न नसकेको बाबु रामकनवर बताउँछन् । मन्जु सात सन्तान मध्ये एक हुन् । उनको दुई दाजुभाई र पाँच दिदीबहिनी छन् ।

अहिले हनुमान जन्मेको चर्चा भारतमा निकै चलेको छ । भारतको चण्डिगढमा एक बालकको शरिरमा पुच्छर पलाएपछी हनुमान जन्मिएको भन्दै पुजा गर्न थालिएको हो । हनुमानको पुनर्जन्म भएको भन्दै भगवान् मानेर पुजा गरिरहेका छन् । भारतको चण्डिगढका १२ वर्षीय बालक बालाजीको ढाडमा पुच्छर जस्तै गरी मासु पलाएको छ । त्यहाँका स्थानियले हनुमानको पुनर्जन्म भएको मान्दै पुजा गरेपनि चिकित्सकहरुले भने यसलाई स्पाइनल कर्डको समस्या भएको बताएका छन् । स्पाइनल कर्ड बढ्ने क्रममा समस्या हुँदा यस्तो समस्या आएको उनीहरुको भनाई छ । चिकित्सकहरूले यसलाइ रोक्न या फ्याक्न नसकिए यसले बालकलाई थप समस्यामा पार्ने बताएका छन् । तर यता ती बालकले भने आफुलाई यो पुच्छर मन परेको बताएका छन् । उनले आफूले यो पुच्छरका कारण नै आफूलाई अरूले पुजा गर्ने गरेको र आफ्नो अगाडि झुक्ने गरेको बताएका छन् । आफुलाई आफ्नो पुच्छरको रूपमा पलाएको यो मासु निकै मन परेको बताएका छन् ।Boy-of-12-with-a-tail-growing-from-his-back

नायीका मनिषा कोइराललाई आनी बनेकी छिन् । पाठेघरको क्यान्सरको उपचारपछी स्वास्थ्य लाभ गरिरहेकी नायीका मनिषाले पछिल्लो पटक आफ्ना केही तस्विरहरू ट्विटरमा राख्दै आनीको रूपमा आफ्नो नयाँ अवतार देखाएकी छिन् । न्युयोर्कमा क्यान्सरको उपचारबाट फर्केपछी उपचारका कारण कपाल समेत झरेको अवस्थामा आनीको अवमतारमा तस्विर खिचाएकी हुन् क्यान्सरसँग लडिरहँदा र उपचारपछी उनले बेला बेलामा आफुले जीवनको धेरै दुःख कष्ट बेहोरेको त्यसलाई किताबमा उतार्ने समेत बताएकी थिइन् । आध्यात्मिक बाटोमा समेत हिडिरहेकी उनले आनीको भूमिकामा देखिने प्रयास गरेकी छिन् ।manisha koirala become aanimanisha koirala become aani

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget