news and more entertainment

पुरुषको साँचो माया थाहा पाउने तरिका

(एजेन्सी)– निकै थोरै पुरुषहरुले आफ्नी महिलालाई साँचो प्रेम गर्दछन् । आम पुरुषहरुको धारणा महिलाहरुसँग जिस्कने, मोजमस्ती गर्ने उनीहरुलाई उपयोग गर्ने छोडिदिने हुन्छ । बिहे गर्ने बेलामा चाँहि आमा–बुवाले खोजेको केटीसँग विवाह गर्ने उनीहरुको सोच हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरिएको सहन सक्दिनन् । पुरुषले आफूलाई साँचो प्रेम गरेको हो कि टाइमपास मात्र गरेको हो भन्ने कुरा थाहा पाउन निकै जरुरी हुन्छ र यो थाहा पाउन त्यति गाह्रो पनि छैन, तपाईंले मात्र उनीहरुको हाउभाउमा ध्यान दिनुपर्ने हुन्छ । १. मिठो मुस्कानः पुरुषहरु महिलालाई देख्ने बित्तिकै मुसुक्क हाँस्ने गर्दछन् । कुनै पुरुषले एक महिलालाई माया गर्छ भने उनले ती महिलालाई मिठो मुस्कानका साथ हेर्ने गर्दछ । २. लजाउनुः यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई मनमनै माया गरिरहेको छ भनेर सम्झनुहोस् । तर यस्तो पनि होइन कि पुरुषहरु कहिलेपनि लजाउँदैनन् । राम्री महिलाहरु देख्नेबित्तिकै पुरुषहरु लजाउने गर्दछन् किनभने यो उनीहरुको स्वभावभित्र पर्दछ । ३. नक्कल गर्नुः कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन् , यो पनि उनीहरुको माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ । ५. तपाईंको कम्मरमा हात राख्नुः यदि तपाईंको couplesकम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु हो । यसबाट यो पत्ता लाग्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराइरहेका छन् । ६. स्पर्शः यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार कुनै बाहानामा स्पर्श गरिरहन्छन् भने उनलाई तपाईं राम्रो लाग्छ । यसमा उनको उद्देश्य भनेको तपाईंको ध्यान उनीतर्फ आकर्षितण गर्नु हो । ७. टाउको निहुराउनुः यदि कोहि पुरुषले तपाईंतर्फ टाउको निहुराइरहेको छ र तपाईंले बोलेको कुरालाई ध्यानपूर्वक सुनिरहेको छ भने ती पुरुषले तपाईंलाई निकै मनपराउँछन् र तपाईंसँग कुरा गर्न उनलाई निकै रमाइलो लाने कुरा बुझ्नुहोस् । ८. छटपटाहटः यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छन् र कुरा सुरु गर्न आत्तिरहेका छन् भने भने ती पुरुष तपाईंको मायामा परेको सम्झनुहोस् । ९. आँखा झुकाएर कुरा गर्नुः यदि तपाईंको प्रेमी तपाईंसँग नजर झुकाएर कुरा गर्छन् भने उनले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् । याद राख्नुहोस् यी सबै कुराहरु सम्बन्धको सुरुवाती अवस्थामा देखापर्ने लक्षण हो । यसबाटै तपाईंले आफूलाई मनपराउने व्यक्ति साँचो हो कि गलत हो, यसको आधारमा निर्णय गर्नसक्नुहुनेछ । -

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget