news and more entertainment

Articles by "world"

जापानमा 'चिसाको काकेही' नाम  गरेकी एक महिलाले बिबाह गर्दै  आफ्ना पतिको हत्या गरेको अभियोगमा

 पक्राउ गरिएको छ ।


ति महिलाले छैटौ पाटननरको रहस्यमय मृत् भएपछी ब्ल्याक बिडो ( कालि बिधवा )  भनिने उनलाई शंका

गरिएको हो  । उनले एक पछी अर्को बिहे गर्दै पाँच पुरुससँग  विवाह गरि सबैको  हत्या गरेकी छिन् ।

उनीहरु हत्याको एक महिना अघि मात्र विवाह बन्धनमा बाँकीएका थिए ।

टोकियो जिल्ला प्रहरीले सो पछिल्ला पतिको शव जाँच गर्दा पोटासियम साइनाइड नामक कडा विष भेटीएको खुलासा भएको छ । आजको राजधानीखबरमा  समाचार छ ।  एजेन्सी

भिडियो हेर्न तलको बाकस थिच्नुहोस



मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।

‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु ।
रेहाना
एजेन्सी भिडियो तल छ

टोक्यो,१० कात्तिक । जापानमा छिट्टै महाप्रलाय आउँने भूगर्भविदहरुले घोषणा गरेका छन् । उक्त महाप्रलायमा परी पूरै जापान ध्वस्त भई महासागरमा विलिन हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् ।
Volcano-Japan
भूगर्भविदहरुका अनुसार जापानमा यही शताव्दीभित्र महाविध्वांशकारी ज्वालामुखी विस्फोट हुनेछ । यसले जापानको १ सय २७ मिलियन जनसंख्याको जीवन खतरामा पर्दै गएको नयाँ अध्ययनले देखाएको उनीहरुको भनाइ छ ।

यो कुनै मिथ्या अनुमान होइन,नयाँ अध्ययनले पुष्टि गरेको कुरा हो–कोबे विश्वविद्यालयका भूगर्भ विज्ञानका प्राध्यापक योशियुकी तात्सुमीले बताए । उनको टोलीले तयार पारेको नयाँ अध्ययन गत बुधवार सार्वजनिक गरिएको थियो । विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ ।



यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ ।http://www.taja-khabar.com/international भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

भदौ २२ - अफगानिस्तानमा सामूहिक बलात्कार गर्ने ७ जनालाई मुत्युदण्डको सजाँय सुनाइएको छ ।
गत महिना एक युवतीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा उनीहरुलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ ।
सजाय सुनाइएकामध्ये २ जनाले भने लुटपाटमा संलग्न भएपनि बलात्कार नगरेको बताएका छन् । उनीहरुले यो फैसलाविरुद्ध पुनरावेदन दिन सक्नेछन् ।
लुटपाट र बलात्कारको घटनालाई लिएर अफगानिस्तानमा प्रदर्शन चर्किएको थियो भने अफगान राष्ट्रपति हमिद कारजाईले नै बलात्कारमा संलग्नलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताउनुभएको थियो । ह्युमन राइट वाचका अनुसार अफगानिस्तानमा बलात्कारका मुद्धा दर्ता भएपनि मेलमिलापमा टुंगिने गर्दा महिलाले न्याय नपाउने अवस्था रहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

कुमार श्रेष्ठ ,क्वालालाम्पुर, १२ भदौ । स्थानीय तामिल मुलका गुण्डाद्वारा सांघातिक आक्रमण परी सेलेंगर राज्यको मेरुस्थित होटलमा कार्यरत ( क्षेत्र खरेल )नेपाली सेक्युरिटी गार्ड गंभिर घाइते भएका छन ।राति २ बजे स्थानीय तामिल मुलका गुण्डाहरुको आक्रमणमा परेका थिए । आक्रमणमा परेका खरेलको हाल केलाङ अस्पतालमा उपचार भईरहेको छ ।

उनी केएस्एस् सेक्युरिटी सर्भिसेस कम्पनीमार्फत उक्त होटलमा कार्यरत थिए । खरेलले उक्त समय पार्किङमा सुरक्षा दिईरहेका थिए । उक्त कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुका अनुसार धारिलो हतियार र डण्ठाले आक्रमण गरेका कारण टाउकोमा गंभीर चोट लागेको छ ।

घटनास्थलमा रगतको भेल बगेको थियो । खरेलको‘रगतै रगतले टाउको पोतिएको थियो, राति ३:१६ मा कंपनीका मालीक सँग केलाङ अस्पताल पुग्दा ऊनी बेहोस अवस्थामा भएको’ एक गार्डले बताए ।

घटना भएपछि होटलका हाउस गार्डले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको ४० मिनेट पश्चात यानी २:४० मा प्रहरीको भ्यानमा राखी उनलाई केलाङ अस्पताल पु¥याईएको थियो । हाल उनको अबस्था खतरामुक्त रहेको बताएको छ ।

घाईते क्षेत्र खरेललाई कसै सँग पनि भेट गर्न दिईएको छैन । घाइतेका भाइ चेत राज खरेल भने दाजुलाई भेट्न अस्पतालमा पुगिसकेका छन् । खरेल काठमाण्डौं सामाखुशीका बासिन्दा हुन ।

काठमाडौं, भाद्र १२ । आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले इराकमा एक कुर्दिस नागरिकको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको छ । ‘रगतको सन्देश’को संज्ञा दिइएको भिडियोमा इराकी सहर मोसुलस्थित एक मस्जिद अगाडि घुँडाले टेकाइ शीर छेदन गरेको दृष्य देखाइएको छ ।

इस्लामिक स्टेटविरुद्ध कुर्दिश लडाकुले कारबाही थालेको विरोधमा यस्तो कदम चालेको सो समूहले जनाएको छ । कारबाही नरोके यस्ता हत्या दोहोर्‍याउने चेतावनी सो समूहले दिएको छ ।

यसअघि पनि सो समूहले एक अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिइ हत्या गरेको थियो ।  (एजेन्सी)

भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस


२३ साउन, काठमाडौं ।

 २ वर्षदेखि बन्द रहेको इजरायलले पहिलोपटक नमुना योजना (पाइलट प्रोजेक्ट) का रुपमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।

यसका लागि इजरायलले पहिलो वर्ष ५० नेपाली कामदार लैजाने प्रस्तावसमेत गरेको छ । नेपालले भने ३ सय ५० देखि ५ सय जनासम्म नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।

इजरायल महिलाका लागि आकर्षक श्रम गन्तव्य मुलुक मानिन्छ ।

त्यहाँ नेपालीको मासिक न्युनतम पारिश्रमिक १ हजार डलर (करिब ९७ हजार रुपैयाँ) छ । इजरायलले म्यानपावर एजेन्सीले बढी रकम असुल्ने तथा अनियमितता गर्ने भएकाले सरकारमार्फतमात्र नेपाली कामदार लिने प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाएको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली मोडलमा नै इजरायलले कामदार लैजानेबारे सरकारसँग छलफल चलाइरहेको छ ।


यो प्रक्रियामा दुवैतर्फका सरकारी निकायले मात्र काम गर्न पाउनेछन् । इजरायलका स्थानीय एजेन्ट र नेपाली म्यानपावर एजेन्सीबीच कमिसन लिने/दिने प्रतिस्पर्धा चलेपछि बन्द गरिएको इजरायली रोजगार निजी क्षेत्रलाई सहभागी नगराई जनशक्ति लैजाने प्रक्रिया अघि बढेको हो ।

इजरायलले परीक्षा व्यवस्था पनि हुनुपर्ने प्रस्ताव नेपालसँग गरेको छ । परीक्षा हुँदा अंग्रेजी र गणित विषय आकषिर्त हुनेछन् । पाइलट प्रोजेक्टमा कामदारसँग पैसा नलिने र त्यसपछि रकम लिन सक्ने प्रस्ताव नेपाललाई पठाएको छ । तर, कति रकम लिने भन्नेमा स्पष्ट नखुलाइएको मन्त्रालयले जनाएको छ । आजको कारोबारमा दैनिकमा खबर छ ।

काठमाडौं,साउन१९–नेपाल हिन्दु अधिराज्यकै रुपमा देख्न चाहने भारतीय जनता पार्टीका शीर्ष नेतासमेत रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु राज्यका प्रतिक पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्लान ? यो प्रश्न नेपालभित्र भन्दा पनि दिल्लीमा अहिले त्यहाँका नेपाल मामिलाका जानकार र सञ्चारकर्मीहरुले गरिरहेका थिए । तर नेपाल सरकार नकारात्मक भएपछि पुर्वराष्ट्रप्रमुख भएपनि ‘महाराज ज्ञानेन्द्र’सँग मोदीले भेट गर्न नमिलेको बताइएको छ ।
मोदीलाई भेटाउन ज्ञानेन्द्र शाहको सुत्रका रुपमा केही व्यक्ति दिल्लीमा गएका थिए । निर्मल निवासनिकट उच्च स्रोतका अनुसार ती सुत्रले मोदीसम्म उनका सूचनाहरु पुर्याउन प्रयास गरेका थिए । उनीहरुले मादीनिकट व्यक्तिलाई भेटेर संक्षिप्त रुपमा भने पनि मोदीले नेपाल भ्रमणका क्रममा पुर्वराजालाई भेट्नुपर्ने आग्रह गरेका थिए । ज्ञानेन्द्र र मोदीको भेटवार्ताको चाजो मिलाउन गएका व्यक्तिको परिचय भने खुलाइएको छैन ।


मोदी प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि राजावादी नेता कमल थापाले गुजरातमै पुगेर उनलाई भेटेका थिए । एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार ज्ञानेन्द्र शाहको सुत्रका रुपमा अहिले मोदीकै पारिवारिक नातासमेत जोडिने बडोदाकी राजकुमारी आशाराजे गायकवार्डले पनि प्रयास गरिरहेकी छन् । ‘तर अहिलेसम्म उनीहरुको प्रयास सफल हुन सकिरहेको छैन,’ स्रोतले भन्यो । राणा प्रधानमन्त्री चन्द्र शम्शेरकी नातिनी आशा राज्यलक्ष्मीको भारतको बडोदा राज्यका रजौटासँग विहे भएको थियो । उनी अर्जुन शम्सेरकी छोरी हुन् ।
आशा र मोदीबीचको राजनीतिक तथा पारिवारिक सम्बन्धलाई आधार बनाएर ज्ञानेन्द्रसँग भेटाउने जुक्ति खोजिए पनि भेटघाटको तालिका काठमाडौंस्थित राजदुताबासले तयार पारिरहेको थियो । तर नेपाल सरकार नकारात्मक भएको सन्देश राजदुताबासले साउथ व्लकलाई दिएको स्रोतको दाबी छ । - साभार : रातो पाटि


काठमाडौं,साउन२०–मलेसियामा गैरकानूनी हैसियतमा रहेकामध्ये १ हजार नौ सय ५९ जना नेपाली स्वदेश फिरेका छन् । केही दिनअघि सार्वजनिक एक तथ्यांकअनुसार यसै वर्ष जनवरीदेखि जुन महिनासम्मको अबधिमा उनीहरु अध्यागमन विभागमा उपस्थित भई आत्मसमर्पण गरेर स्वदेश फिरेका हुन् ।
स्थानीय एक दैनिकमा प्रकाशित समाचारअनुसार गत ६ महिनाको अबधिमा नेपालीसहित१५ हजार एक सय ९ जना गैरकानूनी आप्रबासी कामदारले आत्मसमर्पण गरेका थिए । उक्त अबधिमा त्यसरी फिर्नेमध्ये नेपालीको संख्या दोस्रो ठुलो हो ।
स्वदेश फर्कनेमा श्रीलंकाली सबैभन्दा धेरै छन् । उक्तअबधिमा आत्मसमर्पण गर्नेमध्ये २ हजार २८ जना श्रीलंकाली,एक हजार ८ सय ५८ भारतीय,एक हजार ६ सय २ इन्डोनेसियाली,एक हजार १६ वर्मेली,एक हजार नौ पाकिस्तानी,नौ सय ५२ पाकिस्तानी,र नौ सय ४८ भियतनामी रहेको जनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिकगर्नुहोस :

२७ पुगेको हो।सुरुमा इजरायलले गाजामा हवाई आक्रमण मात्र गरेकोमा पछिल्ला केही दिनयता स्थलगत कारबाही पनि सुरु गरेका कारण इजरायलका सैनिक मारिएका हुन्।

सोमबार साँझमात्र गाजामा दुई इजरायली सैनिक मारिएका छन्। इजराय बिफेन्स फोर्स्का दुई सैनिकको ज्यान गएपछि गाजामा मारिने सैनिकको सङ्ख्या २७ पुगेको इजरायलको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।इजरायली सैनिकले सुरु गरेको अप्रेसन प्रोटेक्टिभ एज नामको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जानकारी दिएका छन्।

गाजामा ५७६ जना प्यालेस्टाइनी मारिएका छन्। सो समाचार सोमबारसम्मको रहेको बताइएको छ। त्यसैगरी मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण भएको बताइएको छ। तर त्यसको यकिन विवरण भने आउन सकेको छैन।

गाजाबाट कम्तीमा पनि एक लाख नागरिक विस्थापित भएका छन् । उनीहरुलाई प्यालेस्टाइनका करिब ७० वटा विद्यालयमा शरणार्थीका रुपमा राखिएको छ।इजरायलले गरेको सो आक्रमणमा परी केही इजरायली नागरिक पनि मारिएका छन्। तर उनीहरुका बारेमा भने केही बताइएको छैन।

उता संयुक्त राष्ट्रसंघले तत्कालै युद्ध विरामका लागि इजरायलसँग सोमबार बिहान गरेको आग्रहपछि पनि इजरायलका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन ।गएको १५ दिनदेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको सङ्ख्या बढ्दै गएपछि राष्ट्रसङ्घीय सुरक्षा परिष्दले तत्कालै युद्धविरामका लागि आग्रह गरेको हो।

सोमबार एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रसंघ र अमेरिकाले सो आग्रह गरेलगत्तै सोमबारै बिहानदेखि इजरायलले गाजापट्टिमा आक्रमण सुरु गरेको थियो। अमेरिकी विदेशमन्त्री जोन केरी इजिप्टका साथै मध्यपूर्वी राष्ट्रका नेताहरुसँग सो हिंसाको अन्त्यका उपायहरुको खोजी गर्न सोमबार इजिप्ट पुग्नुभएको छ।

गत १५ दिनयता भएका ती आक्रमणहरुमा तीन हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन्। ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ। रासस/एएफपी
annapurnapost बाट

बाग्दाद, साउन ५ – विद्रोहीहरुले विभिन्न सहर कब्जा गर्दै गएपछि समस्याग्रस्त बन्दै गएको इराकमा आइतबार भएका छुट्टाछुट्टै बम र गोली प्रहारमा सात व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । आइतबार अबेर राती मजिद अल फाहदावी नजिकै एक कारबम विस्फोट गराइएको थियो । 
फाहदावी सिरियाको सीमा क्षेत्रमा पर्ने हालै विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्र हो । सो क्षेत्रमा भएको झडपमा पाँचजना व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा तीन जनाको ज्यान गएको छ । इराकको राजधानी बग्दाददेखि ११० किलोमिटर पश्चिममा पर्ने पूर्वी रामादीमा भएको अर्काे एक आत्मघाती आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका थिए । 

पश्चिम आन्वर प्रान्तको रवा सहरमा पनि अज्ञात बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरी अधिकारीको मृत्यु भएको अर्काे एक समाचारमा उल्लेख गरिएको छ । इराकमा केही वर्षयता भिषण हिंसा चर्किदै गएको छ । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनकाअनुसार गतवर्ष इराकमा भएका विभिन्न हिंसामा आठ हजार ६६८ इराकीको मृत्य भएको थियो जसमा सात हजार १८८ सर्वसाधारण र बाँकी सुरक्षाकर्मीहरू रहेका थिए । सन् २०१३ लाई इराकमा उच्च हिंसाको वर्षको रुपमा लिइएको छ । #ratopat

साउन ५ – इजरायलले प्यालेष्टिनी लडाकु हमाससंगको संघर्षमा एकैदिन १३ जना सैनिकको ज्यान गएको जनाएको छ । यो संगै गाजा क्षेत्रमा भएको संघर्षमा ज्यान गुमाउने सैनिकको संख्या १८ पुगेको छ ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना सैनिकको मृत्युका कारण सरकार गहिरो शोकमा रहेको भन्दै क्षतिको बाबजुद गाजा क्षेत्रमा आवश्यकता अनुसार कारवाही तिव्र पारिने बताउनुभएको छ । 

इजरायली आक्रमणबाट गाजा क्षेत्रमा एकैदिन ८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ६० जना शेजाइया जिल्लाका रहेका बिबिसीले जनाएको छ ।इजरायली प्रधानमन्त्री नेतान्याहूले शेजाइया आतंकवादीको बलियो गढ रहेको र त्यहींबाट इजरायलमाथि रकेट आक्रमण भइरहेको दावी गर्नुभएको छ । उहाँले विद्रोहीसंग लड्नका लागि घना बस्तीमा प्रवेश गर्नुको विकल्प नरहेकोे भन्दै संघर्षबाट जोगिन त्यहाँका बासिन्दालाई अन्यत्रै जान आग्रह गरिएको दावी गर्नुभयो । झण्डै दुई हप्ता यता भइरहेको इजरायली आक्रमणबाट अहिलेसम्म झण्डै ५ सय जना प्यालेष्टिनीको ज्यान गइसकेको छ ।

प्यालेष्टिनी राष्ट्रपति महमूद अब्बासले शेजाइयामा भएको नागरिकको मृत्युलाई नरसंहार भन्दै निन्दा गर्नुभएको छ । इजरायली आक्रमणमा धेरै मानिसको ज्यान गएपछि शेजाइयाबाट हजारौं प्यालेष्टिनी विस्थापित भएका छन् । इजरायली सीमासंग नजिक रहेको शेजाईयाको पूर्वी भेगमा आक्रमण भइरहेकाले उद्धारकर्मीहरु जान नसकेका बिबिसीले उल्लेख गरेको छ ।#ujyaloonline

प्रधानमंत्री नेतान्याहोले शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै ओवामालाई धन्यवाद दिए
अन्तराष्ट्रिय संचार माध्यामको सहयोगमा तयार पारिएको ,
इजरायली प्रतिरक्षा शेनाका अनुसार  गत राती  हमास इजरायल युद्दको क्रममा Golani Brigade का  १३ जना इजरायली शैनिकको  ज्यान गएको छ ।  हालसम्म यसपटकको युद्दमा १८ जना इजरायली शैनिकले ज्यान गुमाएका छन् ।
इजरायली प्रधानमंत्री वेन्जामिन नेतान्याहो  ले   आईतवार एक  प्रत्रकार संम्मेलनमा वोल्दै  "युद्दको क्रममा ज्यान गुमाएका  शैनिकहरूको परिवारजनहरूमा  समवेदना दिदै देशको युवाशक्ति गुमाउनुपरेकोमा   हामीले गहिरो दुख महशुस गरेका छौ "  भनेका छन् ।
सोही क्रममा नेतान्याहो ले अमेरिकी राष्ट्रपती वराक ओवामालाई इजरायलको पक्षमा  वक्तव्य दिदै स्थलगत अपरेशनमा सपोर्ट गरेको  कारण धन्यवाद व्यक्त गरेका छन् । ओवामाले दुई दिन अघी  ओवामाले इजरायल आफ्नो रक्षाको लागी लडेको र यसरी नै जनताको शुरक्षाको लागी लडिरहने  आशा राखेको वक्तव्य दिएका थिए ।(nepalisrael.net)

प्यालेस्टाइन क्षेत्र – इजरायलले गत ११ दिन यतादेखि गाजा क्षेत्रमा जारी राखेको आक्रमणको क्रममा शुक्रबारसम्म २६० प्यालेस्टिनीको मृत्यु भएको समाचार छ ।शुक्रबार मात्र पनि गाजा सहरको विभिन्न इलाकामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु भएको जनाइएको छ ।ती आक्रमणहरुमा दक्षिणी गाजा सहरको खान युनिसमा सामी परिवारका दुई पुरुषको मृत्यु भएको छ । त्यसैगरी खान युनिसकै पूर्वी इलाकामा भएको आक्रमणमा तीन पुरुषको मृत्यु भएको छ ।

पूर्वी गाजा सहर सिजैयेह एक अर्का व्यक्तिको मृत्यु भएको आकस्मिक सेवाका प्रवक्ता आजराफ अल क्युद्राले एएफपी समाचारलाई बताएका छन् ।दक्षिणी सहर राफाहमा इजरायल तर्फबाट भएको गोली प्रहार र अन्य विभिन्न आक्रमणमा एक पाँच महिने बालकसहित पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।
गत एघार दिनयता भएका आक्रमणहरुमा एक हजार ९२० जना प्यालेस्टिनी घाइते भएका छन् । ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

गत जुलाई ८ बाट सुरु भएको इजरायलको यस आक्रमणमा कम्तीमा एक हजार १५० वटा रकेट आक्रमण भएको बताइएको छ ।इजरायलतर्फ भने रकेट आक्रमणमा एक सर्वसधारणको मात्र मृत्यु भएको जनाइएको छ । इजरायलले पनि आक्रमण भएको जनाएको छ ।त्यसैगरी शुक्रबार गाजा सहरमा एक इजरायली सैनिकको मृत्यु भएको बताइएको छ । यसैबीच प्राप्त समाचार अनुसार चार इजरायली सैनिक गम्भीर घाइते भएका छन् ।#ratopati

चार बर्ष अघि वैदेशिक रोजगारका लागि मलेसिया पुगेका महोत्तरी किसाननगर ७ का २५ वर्षीय सुमन भनिने चेतराज गिरीको मलेसियामा घाँटी रेटी हत्या भएको छ । मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटी हत्या गरेका हुन् ।
malaysia
चेतराजको साथमा रहेको ४५ सय रिङगेट(करिब डेढ लाख रुपैयाँ) लुट्ने उद्देश्यले एउटै कम्पनीमा कार्यरत साथीहरुले गएको असार २८ गते राती ११ बजे उनको हत्या गरेका मृतकका आफन्त लक्ष्मण गिरीले बताए । अविवाहित गिरीको शव हत्यापछि कम्पनी नजिकैको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो ।
चार बर्ष अघि रोजगारीको लागि मलेशिया गएका गिरीको राम्रो कमाई र सजिलो काम भएको कारण समय थप गरेर काम गर्दै आएको हुँदा गएदेखि घर समेत नफर्किएको उनका आफन्तहरुले बताएका छन् । गिरीले बेला बेलामा घरमा पैसा पठाउँने गर्दथे | घटनामा संलग्न भएको आशंकामा स्थानिय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आफन्तहरुले मृतकको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरेका छन् । सरकारले आवश्यक सहयोग नगर्दा शव नेपाल ल्याउन ढिलाई भएको मृतकका फुपुका छोरा लक्ष्मण गिरीले बताए ।

एन आइ न्यूज इजरायल इजरायलले इजिप्टको मध्यस्थतामा युद्दविरामकोलागि सहमती जनाउदै मंगलवार विहान ९ बजेदेखि युद्दविरामको घोषणा गरे पनि हमासले युद्दविरामलाई लत्याउदै इजरायलमाथि आक्रमण जारी राखेपछी इजरायली प्रधानमन्त्री वेन्जामिन नतान्याहु र रक्षा मन्त्री मोशे आयलोनले पुन गाजापट्टीमा आक्रमण शुरु गर्न आदेश दिएका छन् ।

इजरायलले इजिप्टको मध्यस्थतामा भएको युद्द विरामलाई सकारात्मक हिसावले पालना गरेको ६ घण्टा पछी अप्रहान्न ३ बजे हमास र जिहादल युद्दविरामलाई लत्याएपछी इजरायली प्रतिरक्षा सेनाले आक्रमण जारी राखेको कुटनितिक अधिकारीहरुले बताएका छन् । इजरायली बायु सेनाका विमानहरुले निर्णय अनुरुप हमासका किल्लाहरुमा पुन आक्रमण शुरुगरिसकेको छ ।

 इजरायली प्रतिरक्षा सेनाले इजरायलमाथि आक्रमण गर्ने सम्पूर्ण आतंकवादी तत्वहरुलाई सखाप पारिने बताएको छ । ऩतान्याहुले मंगलवार विहान इजरायलमाथि निरन्तर आक्रमण जारी रहे आक्रमणलाई वढाउने चेतावनी दिएका थिए ।

त्रिपोली, असार ३० – सशस्त्र लडाकू समूहहरुबीच आतइबार लिबियाको अन्तर्राष्ट्रिय विमान स्थलमा भएको झडपको क्रममा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । सो झडपको क्रममा अन्य २५ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त स्रोतका अनुसार सो झडप सशस्त्र इस्लामिक समूह र दक्षिणपश्चिम सहर जिन्तानबाट आएको विद्रोही समूहहरुकोबीचमा भएको थियो । यी दुबै विद्रोही समूहले आ–आफ्नो वेबसाइटमार्फत अत्यन्त महत्वपूर्ण हवाई सञ्जाललाई नियन्त्रणमा लिएको दाबी गरेका छन् । उत्तर अफ्रिकी राष्ट्र लिबियामा हिजो मात्र त्यहाँको सशस्त्र विद्रोही समूहले विगतका तीन वर्षदेखि आफ्नो नियन्त्रणमा लिएको त्रिपोली विमानस्थल छाड्ने निर्णय गरेका थिए । लिबियाको राजधानी त्रिपोलीबाट अन्तर्र्रािष्ट्रय आबागमन गर्ने प्रमुख हवाई केन्द्र त्रिपोली विमानस्थललाई गत तीनवर्षदेखि सशस्त्र विद्रोहीले कब्जामा लिएका थिए ।

 लिबियाको सशस्त्र विद्रोही समूह दिर लिबिया बटालियानका प्रवक्ता अहमद हादियाले सरकारसँग भएको युद्धविराम सम्झौताअनुसार लिबिया अन्तर्राष्ट्रिय विमानस्थल सरकारी सुरक्षाबललाई सुम्पने कुरा बताएका थिए । स्थानीय टेलिभिजन प्रशारण अल नबाले पुष्टी गरेअनुसार त्रिपोली नै अर्को विमानस्थल मितिगालाई विद्रोहीले लिबियालाई गत शनिबार हस्तारन्तरण गरिसकेको थियो । मितिगा विमानस्थल हस्तारन्तरण एक छोटो समारोहकाबीच गरिएको अल नबाले जनाएको थियो ।

 लिबियाको पश्चिमी नगर जिन्तानमा अखडा जमाएका सशस्त्र विद्रोही समूहले सन् २०११ देखि उक्त दुवै विमानस्थल कब्जामा लिएका थिए । यही विद्रोही समूहले तत्कालीन क्रुर राष्ट्रपति मुअम्मर गद्दाफीलाई अपदस्थ गरी सत्ताबाट हटाएको थियो । समाचार स्रोतका अनुसार विद्रोही समूहले अब बन्ने सरकारप्रति अधिकतम लचकता देखाउन थालेको छ । गत महिना त्यहाँ संसदीय निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको औपचारिक परिणाम घोषणा आगामी २० जुलाईका दिन हुँदै छ । त्यसपछि बन्न गइरहेको सरकारसँग सद्भाव कायम राख्ने सङ्केत स्वरुप उक्त दुई विमानस्थल आफ्नो कब्जाबाट छाडी सरकारलाइ सुम्पेको जनाइएको छ ।

काठमाडौं, आषाढ २८ । अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेष्टाइनबीच भड्किएको हिंसा रोक्न अपील गरिरहेको बेला इजरायलले भने कारबाहीलाई अझ कडा र तीव्र बनाउने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतान्याहुले हमासविरुद्ध कारबाही गर्ने क्रममा आफूहरुलाई कसैले पनि रोक्न नसक्ने दृढता व्यक्त गरेका छन् ।हिंसा चर्कंदै गएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री न्येतान्याहुसँग टेलिफोन वार्ता गरी दुबै पक्षले संयम अपनाउनु पर्नेमा जोड दिएका थिए ।यसअघि राष्ट्रसंघका महासचिव बान कि मुनले पनि सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइ गाँजा क्षेत्रमा इजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए ।
गाँजापट्टीमा इस्लामी सशस्त्र समूह हमासलाई लक्षित गरी गरेको हवाई आक्रमणमा सर्वसाधारण मारिनेक्रम बढेको छ । केही दिनयता भएका हमासको रकेट आक्रमण र इजरायाली हवाई कारबाहीमा एक सयजनाभन्दा बढीको मृत्यु भइसकेको छ ।हमासले इजरायलका सहरहरुलाई लक्षित गरी दर्जनौं पटक रकेट आक्रमण गरेको छ भने इजरायलले प्यालेष्टाइनको गाँजापट्टीमा हवाई कारबाही जारी राखेको छ । (एजेन्सी)

 खेम कार्की, दक्षिण कोरिया,
असार २३ ।


दक्षिण कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।


चितवन खैरहनी ७ का राजेन्द्र चौधरी मृत अवस्थामा सोमबार विहान भेटिएका हुन
पशुको दाना बनाउने कम्पनीमा कार्यरत चौधरीको मृत्यु भएको नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुंगले जानकारी दिएका छन ।

 मृतक चौधरी आइतबार साँझ खाना खाई कोठामा सुत्न गएको र विहान मृत अवस्थामा पाइएको संगै कार्यरत सुनिल परियारले वताए । चौधरी ईपिएस मार्फत २०१३ जनवरीमा आएका थिए ।

२८ बैशाख, एजेन्सी ।  कुनै समयमा संसाारकै सबैभन्दा धनी मानिएका ब्रुनाईका राजा अहिले फेरि चर्चामा छन । उनले यस्तो कानून बनाएका छन, जसमा चोरी गर्ने वा पुरुष-पुरुषको सम्बन्धमा दोषी मानिएमा ढुंगा हानेर नै मार्ने वा शरीरको कुनै अंग निकाल्न सकिनेछ ।

राजा हसनलको नाम संसारमा नै सबैभन्दा धनी मध्येमा एक मानिन्छ । यसकारण नै यहाँको तेल संचित भएको छ । १९८० अन्ततिर सुलतान हसनल पहिलो पटक संसारकै सबैभन्दा धनी हुने व्यक्तिको नाममा परेका थिए । १९९० मा अमेरिकाका बिजनेसम्यान बिल गेट्सले उनको यो ताज खोसेका थिए ।

सुलतानको कूल सम्पत्ति करीब २ हजार अरब रुपिया रहेको छ । यीनको अमिरिको अन।दाज यसरी पनि लगाउन सकिन्छ कि उनी सुन नै सुनले भरिएको प्लेन चढ्ने गर्छन । र सुनकै कारबाट कतै निक्लने गर्छन । यसको अतिरिक्त उनको ग्यारेजमा सात हजार कार पार्किंगमा छन ।

उनको जन्म भने १५ जुलाई १९४६ मा ब्रुनाईमा भएको थियो । उनले क्वालालम्पुरको भिक्टोरिया युनिभर्सिटिजबाट स्कुलिंग र इंग्ल्यान्डबाट उच्च डिग्रि हाँसिल गरेका उनी एक सानो तर धेरै नै धनी देशका राजा छन। ४ लाख १५ हजार जनसंख्या भएको देश ब्रुनाईका यिनी लसयन्जेलसमा रहेको चर्चित होटेल बेवर्ली हिल्सका मालिक पनि हुन।

किंग हसनल बोलकियाको तीन जना पत्नी उनीहरुका बच्चा छन । उनको आफ्नै वोइङ विमान छ। विमानको भित्र एक लिभिङ रुम र बेड रुम अनि सुन नै सुन छन। यसको अलाबा यिनिसँग एक एयरबस पनि छ जहाँ २६१ यात्रुको लागि बस्ने सुबिधा छ ।















MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget