news and more entertainment

Articles by "sports"

काठमाडाैं : टाउकोमा बलले लागेर गम्भीर घाइते भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्यूग्सको बिहीबार निधन भएको छ । मंगलबार सिड्नीमा सेफिल्ड सिल्डको एक खेलमा साउथ अष्ट्रेलियाको तर्फबाट न्यू साउथवेल्स विरुद्द ब्याटिङ गर्ने क्रममा बाउन्स भर्इ आएको बलले टाउकोमा लागेर ह्यूग्स मैदानमै ढलेका थिए ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका २७ वर्षीय ह्यूग्सको निधन भएको अष्ट्रेलियन क्रिकेट टिमका डाक्टर पिटर ब्रुनकरले जानकारी दिए । 'मलार्इ साह्रै दुख: लागेको छ । केहीबेर अघि फिलिप ह्यूग्सको निधन भएको छ', उनले एक विज्ञप्ती निकालेर भनेका छन् ।

ब्रुनकरका अनुसार सिड्नी अस्पतालमा ल्याएपछि चिकित्सको निरन्तर प्रयासका बाबजुत ह्यूग्लार्इ होसमा ल्याउन सकिएन । सेफिल्ड शिल्डको खेलका क्रममा साउथ अष्ट्रेलियाबाट खेलिरहेका ह्यूग्सको हेलमेटसहितको टाउकोमा न्यू साउथ वेल्सका बलर सन एबर्टले फ्यालेको बल जोरले लागेको थियो । चोट लागेपछि उनी घुँडा पक्डेर जमीनमा बसेका थिए ।

मैदानमै ढलेका ह्यूग्सलार्इ सम्हाल्दै उनका साथीहरु
घटनापछि उनलार्इ तत्कालै अस्पताल भर्ना गरेर सिड्नीस्थित अस्पतालमा सर्जरी गरिएको थियो । बेहोस भएका ह्यूग्सलार्इ अस्पताल लानुअघि मुखबाट श्वास दिने प्रयास पनि गरिएको थियो ।

ह्यूग्सले अर्का अष्ट्रेलियन खेलाडी एस्टन एगरसँगको साझेदारीमा सन् २०१३ मा इङ्ल्याण्डविरुद्द १० विकेटका लागि १६३ रनको साझेदारी गरी रेकर्ड बनाएका थिए । उनले अघिल्लो महिना संयुक्त अरब एमिरेट्समा पाकिस्तान विरुद्द एक दिवसीय म्याच पनि खेलेका थिए ।

उनलार्इ चार डिसेम्बरबाट शुरु हुने भारत-अष्ट्रेलिय टेस्ट म्याचका लागि राष्ट्रिय टिममा समावेश गर्ने सम्भावना थियो । उनको निधनपछि सिड्नी क्रिकेट मैदानमा भइरहेको द शेफिल्ड शिल्ड श्रृंखलाको उनले खेलेको म्याच रद्द गरिएको छ ।


काठमाडौं : श्रीलंका भ्रमण राम्रो पनि रह्यो, नराम्रो पनि। व्यक्तिगत रूपमा मैले सोचेको भन्दा निकै राम्रो प्रदर्शन गर्न सकें, तर टिमले जित्न सकेन। तयारी खेल भए पनि जितको चाहना त हुन्छ नै। हङकङसँग हार्दा निकै नमिठो लाग्यो।

तीन दिवसीय खेल पहिलोपटक खेलेकाले मलाई खासै अनुभव पनि थिएन। तर जब पहिलो खेलमा आठ विकेट लिन सकें, दोस्रो खेलमा मेरो आत्मविश्वास निकै बढेको थियो।

पिच हेरेर मैले दुवै पालीमा कम्तीमा पाँच/पाँच विकेट लिन सक्छु जस्तो लागेको थियो। ब्याट्सम्यानलाई उनीहरूकै अनुकूल ठाउँमा मैले आउट गर्न सकें र १० विकेट हात पारें।

हामीले तीन दिवसीय खेल खेलेका दुबै टोलीमा श्रीलंकाको जुनियर टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी सहभागी थिए। मलाई होचो देखेर होला श्रीलंकाली खेलाडी मेरो उचाइ सोध्न आएका थिए। उनीहरूले मेरो निकै प्रशंसा पनि गरे।

हामीले टीट्वेन्टी विश्वकप खेलेको उनीहरूले पनि हेरेका रहेछन। उनीहरूले कप्तान पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र दाइको पनि खुबै प्रशंसा गरे। नेपालमा क्रिकेटको पूर्वाधार, छनोट विधिबारे जिज्ञासा पनि राखेका थिए।

तीन दिवसीय खेलमा मेरो ब्याटिङ राम्रो पनि भयो। दुवै खेलमा राम्रो ब्याटिङ गर्न सकें। वर्षाका कारण हङकङसँगका अधिकांश खेल रद्द भए। लगातारको प्रतीक्षापछि सम्भव भएको एकमात्र टीट्वेन्टी खेलमा भने टोलीको ब्याटिङ चल्न सकेन। पहिला ब्याटिङ गर्ने क्रममा हामीले २५ रन जोड्दा आठ विकेट गुमाइसकेका थियौं। टोलीका सबै सदस्य चिन्तित थियौं।

यस्तो अप्ठ्यारो स्थितिमा म १० औं नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएँ। यसअघि तीन दिवसीय खेलमा राम्रो ब्याटिङ गरेकाले मलाई आफूमाथि विश्वास भने थियो। राम्रो बललाई रोक्ने र अवसर पाउनसाथ रन लिने मेरो योजना थियो। मैले त्यही गर्दै गएँ। मेरो आँखा समय समयमा स्कोर बोर्डमा हुन्थ्यो, टोलीले कति रन पुग्यो भनेर।

एक सय रनसम्म जोड्न सक्यौं भने हामी जित्न सक्छौं जस्तो लागेको थियो, तर त्यहाँसम्म पुग्न सकेनौं। पाली सकिएपछि हाम्रो टेक्निकल एनालिस्ट रमन दाइले तिमीले विश्व रेकर्ड बनायौं भन्नुभयो। उहाँको मजाक गर्ने बानी भएकाले सुरुमा मैले पत्याइनँ। तर, पछि थाहा पाएँ, उहाँले भनेको सही रहेछ।

त्यसपछि यति खुसी भएँ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। हङकङसँगको खेललाई आईसीसीले पनि मान्यता दिएकाले मेरो कीर्तिमानले पनि मान्यता पाउनु स्वभाविक थियो।

विश्वका होनहार खेलाडीलाई उछिन्दै म शीर्ष स्थानमा पुगें भनेर पत्याउन पनि गाह्रो भयो। फेरि ब्याटिङमा बनाएको कीर्तिमान भएकाले यसले मेरो छुट्टै परिचय पनि स्थापित गराएको छ। यो मेरो व्यक्तिगत सफलता मात्र होइन, सिंगो राष्ट्रले हासिल गरेको उपलब्धि हो।

यसअघि म बलरको रूपमा चिनिएको थिएँ। तर श्रीलंकामा मैले बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न सकेँ। बलिङ मेरो जिम्मेवारी हो, ब्याटिङ भने अवसर पाएको बेला खेल्नुपर्छ जस्तो लाग्छ। ब्याटिङमै विश्व कीर्तिमान बनाएकाले अब ममाथि टोलीको विश्वास पनि बढेको छ।

कोचले पनि यसरी नै ब्याटिङ राम्रो ग:यौ भने माथिल्लो क्रममा खेलाउँछु भन्नु भएको छ। हरेक खेलाडीको सपना हुन्छ, राम्रो अलराउन्डर बन्ने। श्रीलंका भ्रमणले यसका लागि मेरो आत्मविश्वास बढाएको छ। साँच्चै भन्ने हो भने श्रीलंका भ्रमणले मेरो परिचय नै फेरिदियो।


(राष्ट्रिय क्रिकेट टोली श्रीलंका भ्रमण सकेर मंगलबार स्वदेश फर्किएको छ। नेपालले त्यहाँ श्रीलंका क्रिकेट बोर्डले दिएको टोलीसँग दुईवटा तीन दिवसीय खेल र हङकङसँग एउटा टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल्यो।

दुईमध्ये एउटा तीन दिवसीय खेलमा नेपाल पराजित भयो भने एक खेल बराबरीमा सकियो। ती दुबै खेलमा कुल १८ विकेट लिएर नेपालका युवा बलर सोमपाल कामी म्यान अफ दि म्याच बने। उनले हङकङविरुद्धको टीट्वेन्टी खेलमा ब्याटिङमा विश्व कीर्तिमान पनि बनाए।

उनी टीट्वेन्टी क्रिकेटमा १० औं नम्बरमा ब्याटिङ गर्न आएर ४० रन बनाए, जुन विश्व कीर्तिमान हो। श्रीलंका भ्रमण र विश्व कीर्तिमानको विषयमा १८ वर्षीय  । एजेन्सी



शरिरको तौल यदि सहि छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो
आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो । मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । त्यसकारण सहि तरिकामा गरिएको खानपानले नै तपाईं स्वस्थ र राम्रो हुन सफल हुनुहुनेछ, डाइटिङले होइन ।   तर सबैभन्दा ठूलो समस्या पेट वरिपरिको बोसो हटाउनु नै हो । कोही मानिसहरु मोटो नभएता पनि उनीहरुको पेटको वरिपरि निकै बोसो जमेको हुन्छ जसबाट उक्त व्यक्तिलाई निकै समस्यामा पारेको हुन्छ । यदि तपाईं आफ्नो तौल र पेट वरिपरिको बोसो हटाई सिल्म बन्न चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः 

 १. व्यायामः खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ । 

 २. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।  

३. बिहानको नाश्ता जरुर खानुहोस्ः यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नाश्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ । 

 ४. बेलुकीको खाना चाँडै खानुहोस्ः बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।  

५. भोको पेट घरबाट ननिस्कनुहोस्ः दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।  

६. निकै पानी पिउनुहोस्ः पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ ।
एजेन्सी

चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लायोनेल मेसीबीच एक प्रतिस्पर्धा चल्छ | एक पटक ड्रोग्बालाई पहिलो हुने रहर जाग्यो अनि उनि कुदे विश्वका विभिन्न देशका विभिन्न परिकार चाख्नका लागि |
drogba1
सबैभन्दा पहिले उनि नेपाल आउछन र एउटा रेस्टुरेन्टमा पसेर पलेँटी कसेर बस्छन | अनि ल्याइएको मोमोलाई खानु अघि नमस्ते गर्छन र खान सुरु गर्छन, अनि देख्छन भित्तामा अर्जेन्टिनी खेलाडी मेसीसित हात मिलाएको फोटो | अर्थात् उनीभन्दा पहिले नै मेसी नेपाल आइसकेका हुन्छन |
drogba2
त्यसपछि उनि फेरी लाग्छन जापान, त्यहाँ पनि आफु भन्दा अगाडी मेसीकै फोटो देख्छन अनि फेरी कुद्छन संसारका अन्य देशहरुका परिकार चाख्नका लागि | यी दुई खेलाडीलाई संसारका विभिन्न देशका परिकारहरु चखाउने कम गरेको छ टर्किस एयरलाइन्सले |
drogba3
शुक्रवार मात्रै टर्किस एयरलाइन्सले एउटा नयाँ विज्ञापन सार्वजनिक गरेको छ | चौध नोवेम्बरमा युट्युबमा राखिएको यो विज्ञापन २४ घण्टा नबित्दै साढे नौं लाखले हेरिसकेका छन् । भाइरल हुदै गरेको यो रमाइलो विज्ञापनमा नेपालबाहेक जापान र साइबेरियालगायतका अन्य केहि देशहरुलाई पनि देखाइएको छ।
सबै ठाउँमा मेसीको अटोग्राफसहितको फोटो देखेपछि ड्रोग्बा हैरान हुन्छन । अन्त्यमा विमानभित्रको परिकारमा रमाउँछन् । तर त्यही विमानको बाहिरपट्टी मेस्सीकै फोटो हुन्छ । जहाँ टर्किस एयरलाइन्सको प्रचार गरिएको देख्न सकिन्छ |
www.nepaljapan.com



एजेन्सी ।
भारतीय क्रिकेटर विराट कोहोली विश्वभरी नै चर्चित क्रिकेटर हुन् । उनका फ्यानहरुले उनका हरेक गतिविधीको विषयमा निक्कै चासो राख्छन् ।

हालै सार्वजनिक भएको एक तस्विरले उनको विषयमा थप चर्चा भैरहेको छ । विराटले विपक्षी टिमका एन्जेलो म्याथ्युलाई छुरी देखाएको भन्दै उक्त तस्विर सञ्चार माध्यममा फैलिएको छ ।

यद्यपी विराटले कुनै झगडाका क्रममा यस्तो छुरी देखाएका होइनन् । क्रिकेट मैदानको वार्षिक कार्यक्रममा कोहोलीले केक काटन हातमा लिएको छुरीलाई फोटो ग्राफरहरुले एंगल मिलाएर हंगामा गरेका हुन् ।
 http://www.nepaliheadlines.com/2014-11-14-07-34-02.html#sthash.vyTdyzZc.dpuf


दैनिक २० मिनेट शारीरिक ब्यायाम गर्ने मानिसमा रुघा खोकीको खतरा कम हुने दावी अनुसन्धानकर्ताहरुले गरेका छन् ।
हप्तामा साढे २ घण्टा ब्यायाम गर्दा रुघा खोकीको खतरा १० प्रतिशतले कम हुने उनीहरुको भनाइ छ ।
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनले ४८०० जनामा गरेको अनुसन्धानबाट यस्तो नतिजा देखिएको हो ।
त्यसैगरी आगामी जाडो सिजनमा रुघा खोकीको समस्या अघिल्ला वर्षहरुमा भन्दा कम देखिने दावी पनि अनुसन्धानकर्ताहरुले गरेका छन् ।
चिकित्सकहरुले शारीरिक ब्यायम र स्वस्थ्यबीच देखिएको सम्बन्धले आफूहरु उत्साहित भएको पनि बताएका छन् ।
शारीरिक ब्यायाम निरन्तर गर्नाले रुघा खोकी मात्र नभएर अन्य रोगको संक्रमण पनि कम हुने उनीहरुको भनाइ छ ।

भिडियो तल छ

११ असोज, इन्चोन। एसियाली खेलकुदको क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको अफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको छ ।


इन्चोजमा कुवेतले प्रस्तुत गरेको मात्र २१ रनको लक्ष्य नेपालले मात्र १७ खेल खेलेर १ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सागर पुनले ९ रन जोडे । सुवास खकुरेल ७ र विनोद भण्डारी ५ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुवेतले १३.२ ओभरमा २० रन जोड्दा सबै विकेट गुमाएको थियो । सुरुवातबाटै कुवेतलाई दबावमा राखेको नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । सागर पुनले २ विकेट लिए ।

१३ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।
बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो । उनी फिफा बालोन डि’ओरको विजेता पनि  हुन् ।
उनले बार्यन म्युनिखका स्ट्राइकर अर्जेन रोबिन र गोलरक्षक म्यानुयल नुयुरलाई पछि पार्दै ‘बेष्ट प्लेयर इन युरोप अवार्ड’ जितेका हुन् । पोर्चुगलका २९ वर्षीय स्ट्राइकर रोनाल्डोले गत सिजन कीर्तिमान १७ गोल गर्दै रियललाई च्याम्पियन बनाएका थिए ।
‘म निकै खुसी छु र टिमका साथीहरुलाई धन्यवाद दिन चाहन्छु किनकी टिमको सहयोग विना व्यक्तिगत रुपमा अवार्ड जित्न सक्दिन’ उनले भनेका छन् ।
युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।
गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

ब्राजिलियन फुटवल सेलिब्रेटी नेयमारको प्रेम क्रिडाबारे चर्चा चलिरहेको समयमा एका एक उनको ब्रेकअपको चर्चाले बजार तातेको छ । कतिपयले नेयमारसँग फुटवलमात्र होइन धोका दिने तरिका समेत सिक्न सकिने टिप्पणी गरेका छन् ।
neymar break up


विश्वकपको समयमा चर्चामा आएकी नेयमारकी प्रेमिका ब्रुना अव भने नेयमारको जीवनबाट बाहिरिएकी छिन् । सामान्य कारणले नेयमारले सम्बन्ध तोडेको बताइएको छ ।
आफूलाई आमा बन्ने इच्छा भएको ब्रुनाले बताएपछि नेयमारले आफ्नो विवाहको कुनै योजना नरहेको भन्दै प्रेमिकालाई विदा गरेका हुन् ।neymar break up 1
ब्राजिल तथा बार्सिलोनाका स्टार फरवार्ड नेयमार २ वर्ष देखि प्रेमिका रहेकी ब्रुना मराक्यूजिनसँग टाढिएका हुन् । अघिल्लो वर्ष विश्वकप फुटवलको तयारी शुरु हुँदै गर्दा नेयमारले १९ वर्षीय मोडल तथा अभिनेत्री ब्रुनासँग सम्बन्धमा आएका थिए ।
neymar break up 1
ब्रुनाले नेयमार टाढिन चाहेपनि आफूहरु सँधै साथी रहिरहने बताएकी छिन् । नेयमारले यस अघि पनि आफूलाई विवाह गर्न हतार नभएको बताएका थिए ।
neymar break up 1
ब्रुनाले आमा बन्छु भनेर जिद्दी गर्न थालेपछि नेयमारले टाढिने निर्णय गरेका हुन् ।

आफूले अभिनय नछोड्ने र पति र बच्चाको विषयमा विस्तारै निर्णय लिने पनि ब्रुनाले बताएकी छिन् । भिडियो हेर्न तलको कालो बाकस 

एजेन्सी–विश्वकपको क्वार्टरफाइनल खेलमा गम्भिर घाइते भएका ब्राजिलका स्टार स्ट्राइकर नेमार फेरि घाइते भएका छन् । विश्वकपको क्वार्टरफाइनलमा घाइते भएपछि ब्राजिलको विश्वकप जित्ने सपना चक्नाचुर भएको केही समयपछि स्पेनिस क्लब बार्सिलोनामा आबद्ध खेलाडी नेमार घाइते भएका हुन् । अभ्यास खेलका क्रममा बिहिबार उनी घाइते भएपछि ला लिगाको पहिलो खेलमा उनी खेल्ने सम्भावना कमजोर भएको बताइएको छ ।> at Camp Nou on June 3, 2013 in Barcelona, Spain.
बार्सिलोनाले बिहिबार विज्ञप्ती जारी गर्दै नेमारको अभ्यासका क्रममा देब्रे खुट्टाको गोली गाँठोमा चोट लागेको र उनी नयाँ सिजनको पहिलो खेलमा खेल्न सक्ने सम्भावना कमजोर भएको जनाएको छ ।‘नेमारले पहिलो खेलमा खेल्न सक्छन् कि सक्दैनन् अहिले नै भन्न सकिँदैन’ क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ । क्लबले उनको चोट कति गम्भिर छ भन्नेबारे उनको मेडिकल रिपोर्ट आएपछि मात्र थाहा लाग्ने समेत जनाएको छ । ‘मेडिकल रिपोर्ट पछि मात्र उनको चोटको स्थिती बारे पत्ता लाग्नेछ’ क्लबले भनेको छ ।
विश्वकप खेलमा घाइते भएका नेमार भर्खरै मात्र मैदानमा फर्किएका थिए । विश्वकपमा कोलम्बियाविरुद्धको खेलमा उनको मेरुदण्डको हड्डी भाँचिएको थियो ।

www.ratopati.com भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

काठमाडौं । सरकारले मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमियर क्रिकेटको उपाधि विजेता नेपाली टोलीका सदस्यहरुलाई जनही ५० हजार दिने घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विजेता टोलीको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै खेलकुदमन्त्री पुरुषोतम पौडेलले नेपाली टोलीका सदस्यहरुलाई उक्त नगद पुरस्कारको घोषणा गरेका हुन्।

यसअघि क्यानले उपाधि जितेपछि टोलीका प्रत्येक खेलाडीलाई २० हजार दिने घोषणा गरेको थियो।

www.newsabhiyan.com भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

विश्वकपको उपाधि जितेपछि जर्मन समर्थकहरु ठूलो खुसीमा छन् । तर, गायिका रिहानाले बढी नै खुसी देखिएकी छन् ।
पपस्टार रिहाना फाइनल भिडन्त हेर्न माराकाना रंगशालामा पुगेकी थिइन् । जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै विश्व च्याम्पियन बनेपछि उनले आफ्नो टिसर्ट उचालेर भित्रबस्त्र देखाएकी छिन् । यसअघि उनले फुटबल लेजेन्ड पेलेसागको तस्वीर शेयर गरेकी थिइन् ।
यसअघि चिलीका एलेक्स सान्जेचले स्पेनविरुद्ध गोल गर्दै चिलीका पत्रकारले पनि यस्तै गरेकी थिइनन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

३० असार, काठमाडौं । अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले २४ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । सोमबार विहान भएको फाइनल भिडन्तमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले चौथो पटक विश्वकपको उपाधि उचालेको हो ।यसअछि १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । जर्मनी दक्षिण अमेरिकी भूमिमा विश्वकप जित्ने पहिलो युरोपेली मुलुक समेत बनेको छ ।चार वर्षका लागि फुटबलको राजा छान्न माराकाना रंगशालामा भएको खेलमा जर्मनीका लागि ११३ औं मिनेटमा मारियो गोटेजले निर्णाायक गोल गरेका थिए । आन्द्रे सुर्लेको क्रसलाई छातिले नियन्त्रणमा लिँदै उनले आकर्षक भली गोल गरे ।
११७ औं मिनेटमा मेस्सीको हेडर बारको केहीमाथिबाट बाहिरियो भने ११९ औं मिनेटमा मेस्सीको फ्रिकिकले सही दिशा लिन नसकेपछि जर्मनीको जित पक्का भयो।यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिनाले गोल गर्ने सुन्दर अबसर खेल फालेको थियो । १९ औं मिनेटमा अर्जेन्टिनाका गोन्जलो हिगुइन वान भर्सेज वानमा चुकेका थिए । ३१ मिनेटमा लाभाजीको पासमा हिगुइनले गोल गरेपनि रेफ्रीले अफसाइड दिए ।
दोस्रो हाफमा मेस्सी र प्लासियोले गोल गर्ने मौका खेर फाले । जर्मन डिफेन्डर बेनेडिक्टको प्रहार बारमा लाग्दा हजारौं जर्मन समर्थक चुकचुकाएका थिए ।१२० मिनेटको खेलमा अर्जेन्टिनाले एउटा पनि सर्ट टार्गेटमा पार्न सकेको थिएन । उसका नौं वटै प्रयासले फ्रेममा पर्न सकेको थिएन । तर, जर्मनीले भने पााच पटक अर्जेन्टिनी पोष्टमा धाबा बोलेको थियो ।

काठमाडौं, असार २८ (एजेन्सी) – सन् २०१० को फिफा विश्वकपमा खेलहरुको नतिजाको सही भविष्यवाणी गरेको तहल्का मच्चाएको ‘पल’ नामक अक्टोपस जस्तै अर्को अक्टोपसले यतिबेला विश्वकपको भविष्यवाणी गरिरहेको छ । जर्मनीको के सी लाइफ एक्वेरियममा राखिएको यस नयाँ अक्टोपसको नाम पनि पलबाटै क्लीनर पल (सानो पल) राखिएको छ । यस अक्टोपसले जर्मनी विश्व च्याम्पियन बन्ने भविष्यवाणी गरेको छ । फिफा विश्वकपको फाइनल १३ जुलाईको राती जमर्नी र अर्जेन्टिनाबीच हुँदैछ ।

 यसअघि सन् २०१० को विश्वकपमा पलले स्पेन विश्वकप च्याम्पियन बन्ने सटिक भविश्यवाणी गरेको थियो । त्यसको तीन महिनापछि पलको मृत्यु भएको थियो । अहिले पनि भविष्यवाणी गर्नका लागि पूरानै तरिका अपनाइएको छ । जसमा दुई वटा सिसाको भाँडा दुई देशको झण्डा टाँसिन्छ । त्यसपछि त्यो भाँडामा अक्टोपसको खाना भरिन्छ । जुन देशको झण्डा भएको भाँडामा गएर त्यसले खायो, त्यही टिमले जित्छ भन्ने विश्वास गरिन्छ ।  #रातोपटी

 रियो दि जेनेरियो : ब्राजिलका स्टार स्ट्राइकर नेमारले जारी विश्वकपको फाइनल खेल्ने आफ्नो सपना कोलम्बियाका रक्षक हुवाँ जुनिगाले खोसेको आरोप लगाएका छन्। चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने भएपछि नेमारले विपक्षीप्रति यसरी आक्रोश व्यक्त गरेका हुन्।

क्वार्टरफाइनल खेलका क्रममा जुनिगाको घुँडाले ढाडमा लागेपछि नेमारको मेरुदण्डको एउटा हड्डी भाँचिएको चिकित्सकले बताएका छन्। यसै कारण केही साता मैदानबाहिर बस्नुपर्ने भएपछि नेमारले जारी विश्वकप खेल्न नसक्ने भएका हुन्। 'विश्वकप फाइनल खेल्ने मेरो सपना जुनिगाले खोसे', ब्राजिल फुटबल संघले जारी गरेको भिडियो सन्देशमा नेमारले समर्थकलाई सम्बोधन गर्दै भनेका छन्। घाइते भएपछि नेमारले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

सर्वाधिक पाँचपटकको विश्वविजेता ब्राजिल जारी प्रतियोगितामा नेमारकै प्रयासमा सेमिफाइनलसम्म आइपुगेको छ। १२ वर्षदेखि विश्वकपको उपाधि जित्न नसकेकाले पनि नेमारमाथि ब्राजिलको बढी भरोसा थियो। तर नेमारले आफू खेलबाट बाहिरिए पनि आफ्नो टोली विश्वविजेता बन्ने ठोकुवा गरेका छन्। 'म विश्वकपबाट बाहिरिए पनि टोलीलाई उपाधि जिताउने मेरो सपना पूरा हुनेछ। हामी अब विश्वविजेता बन्नबाट केवल दुई खेल टाढा छौं', नेमारले भनेका छन्।

नेमारले ब्राजिलियन टोलीका हरेक खेलाडी उत्तिकै क्षमतावान् रहेको दाबी पनि गरेका छन्। 'ब्राजिलियन टोलीका हरेक खेलाडी क्षमतावान् छन्। उनीहरूलाई मेरो साथ छ', निकै भावुक रूपमा प्रस्तुत भएका नेमारले भनेका छन्। नेमार साओ पाउलोस्थित गोरायुमा रहेको घरमा फर्किसकेका छन्। उनलाई ब्राजिलियन टोलीले भावनात्मक बिदाइ गरेको थियो। अस्पतालबाट उनलाई हेलिकोप्टरमा ब्राजिलियन टोली बसेको स्थानमा लगिएको थियो। त्यसपछि टोलीका साथीसँग बिदा भएर उनी साओ पाउलो प्रस्थान गरेका थिए।


भिडियोमा नेमार निराश देखिएका छन्। बोल्नेक्रममा उनले बेलाबेला जबरजस्ती आँसु रोक्न खोजेको देखिन्छ।

नेमारले आफू समालिनै नसक्ने स्थितिमा रहेको पनि बताए। 'टोलीका मेरा साथी, प्रशिक्षक र समर्थकहरू, अहिले म निकै अप्ठेरो परिस्थितिमा छु। मेरो मन र मस्तिष्कमा यतिबेला के कुरा खेलिरहेको छ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ', नेमारले भनेका छन्। नेमारले जारी प्रतियोगितामा चार गोल गरेका थिए। ब्राजिलले सेमिफाइनलमा अब तीनपटकको विजेता जर्मनीसँग खेल्दैछ।

 बलिउड सेक्स बम पुनम पाण्डे पुनः एक पटक चर्चामा छिन् । सँधै नग्नता प्रदर्शन गरेर चर्चामा रहने पुनमले पछिल्लो पटक ब्राजिलले विश्वकप जितेमा आफूले ब्रा खोलेर अरुलाई दिने घोषणा गरेर चर्चामा आएकी हुन् ।
विश्वकप शुरु भएपछी विकिनी डान्स गरेर चर्चामा आएकी पुनमले अव भने ब्रा नै खोल्ने घोषणा गरेकी हुन्।पुनमले शुक्रबार सार्वजनिक गरेको ट्वीटमा उनले ब्राजिलले जितेमा आफ्नो ब्रा खोल्ने घोषणा गरेकी छिन् ।

उनको ट्वीट यस्तो छः

  विश्वकप फुटबलका बाँकी खेल गुमाउने 
ब्राजिलका स्ट्राइकर नेयमारको ढाडको एउटा हड्डी भाँचिएको छ। शनिबार बिहानको खेलमा ८७ औं मिनेटमा कोलम्बियाका क्विन्टेरोले फल गरेपछि उनी मैदानमै लडेका थिए । ढाडको हड्डी भाँचिएपछि उनलाई खेल मैदानबाट सीधै अस्पताल पुर्‍याइएको छ। नेयमारले अब विश्वकपका बाँकी खेल गुमाउनेछन् ।

डाक्टर लासमारले नेयमारको मेरुदण्डको हड्डी फुटेपनि त्यो त्यति गम्भीर भने नभएको बताएका छन् । उनले तत्काल अप्रेशन गर्नु नपर्ने तर नेयमार केही हप्ता मैदानमा उत्रिन भने नसक्ने बताए ।

ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेइमारको अनुपस्थितिले ब्राजिललाई विश्वकपमा कमजोर बनाउन सक्ने आंकलन गरिएको छ।

जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले बाँकी खेल खेल्न नसक्ने भएपछि ब्राजिलियन टिममा चिन्ता थपिएको छ । उनी गोली गाँठोको चोटबाट पनि पीडित थिए ।

नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई पास उपलब्ध गराएका थिए र यो खेल ब्राजिलले २–१ ले जितेको थियो।

 ब्राजिलमा जारी विश्वकप फुटबलमा अहिलेसम्मको नतिजा यसअघिकोभन्दा बिल्कुल फरक छ । प्रि क्वाटर फाइनलसम्म आइपुग्दा विभिन्न कीर्तिमानहरु कायम भएका छन् । त्यसैले यो विश्वकपलाई इतिहासमै अत्यन्त रोमाञ्चक विश्वकप भन्न थालिएको छ र धेरै तथ्यहरुले यसलाई प्रमाणित पनि गरेको छ ।
Colimbia
लामो समयदेखि कायम रहेको गोल, उमेर र खेलाडीको नामको लम्बाइको कीर्तिमान यसपटक भंग भैसकेका छन् र सामाजिक सञ्जालहरु जस्तै फेसबुक र ट्वीटर दुवैमा यसपाली कीर्तिमानी संख्यामा विश्वकप सम्बन्धी बहस भएको छ ।
फुटबलको कुरा गर्नासाथ गोलको चर्चा सबैभन्दा पहिले र बढी हुने गर्दछ । त्यसैले जारी विश्वकपमा गोलका हिसाबले निर्णय गर्ने हो भने यसपटकको विश्वकप अहिलेसम्मकै सबैभन्दा मनोरञ्जनात्मक देखिएको छ किनभने समूह चरणमा नै कीर्तिमानी १ सय ३६ गोल भएका छन् ।
World Cup
यसअघिको कीर्तिमान रहेको सन् २००२ को जापान र दक्षिण कोरियामा भएको विश्वकप भन्दा यो संख्या छ गोलले बढी हो ।
नकआउट चरणमा पुग्दा नाइजेरियाविरुद्ध पउल पोग्बाले गरेको हेड गोल १ सय ४६ औ गोल थियो जुन सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको कुल गोल संख्या भन्दा एक गोल बढी हो । अघिल्लो विश्वकपको सो गोल संख्या ६४ वटा खेलको संस्करण सुरु भए यताकै सबैभन्दा कम थियो ।
जारी विश्वकपमा अहिलेसम्म सबैभन्दा बुढाा खेलाडीको रुपमा कीर्ति बनाएका क्यामरुनका रोजर मिल्लालाई कोलम्बियाका गोलरक्षक फेएर्ड मोन्ड्रागोनले उछिनेका छन् । उनी ४३ वर्षका भए । सन् १९९४ मा क्यामरुनका स्ट्राइकर मिल्ला ४२ बर्षको उमेरमा विश्वकप खेलेको थिए ।
त्यस्तै घानाका असुमो उजानले विश्वकपमा अफ्रिकाबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । अफ्रिकाका उच्च गोलकर्ता । पोर्चुगलसँग दुई एक गोल अन्तरले हार्दा उजानले विश्वकपमा गरेको त्यो छैठौँ गोल थियो ।
समूह ‘जी’को खेलमा जर्मनीविरुद्ध गोल हानेका २८ बर्षीय उनी तीनवटा विश्वकपको अन्तिम चरणमा गोल गर्ने पहिलो अफ्रिकी खेलाडी पनि बनेका छन् । छैठौँ गोल गरेपछि उजानले यसअघि मिल्लाले राखेको पाँच गोलको कीर्तिमान आफ्नो बनाए ।
Greece
त्यसै गरी ग्रिसका पापास्तातोपोलुस सबैभन्दा लामो थर भएका गोलकर्ताका रुपमा दवी गरिएको छ । ग्रीस कोस्टारिकासँग पेनाल्टीमा पराजित भएपछि विश्वकपबाट बाहिरियो तर उसले सबैभन्दा लामो थर भएका गोलकर्ताको हक ब्राजीलमा दाबी गरेको छ ।
कोस्टारिकासँग बराबरी गर्दै खेललाई थप समयमा पुर्याउन नाटकीय रुपमा गोल गरेका सोक्रेटिस पापस्तातोपोलुसले उक्त सम्मान कायम गरे ।
यसपटकको विश्वकपले सामाजिक सञ्जालमा पनि कीर्तिमानी स्थान पाएको छ । ब्राजीलले पेनाल्टी प्रहारमा चिलीलाई हराएको खेलकाा बारेमा मात्र एक करोड चौसठ्ठी लाख ट्वीट गरिएको थियो ।
Ghana players
त्यस मध्ये पनि नाटकीय रुपमा चिलीका गोन्जालो जाराले निर्णायक पेनाल्टी गोल गर्न असफल भएको बारे ३ लाख ८८ हजार ९८५ वटा ट्वीट भएको थियो । सामाजिक सञ्जालको इतिहासकै त्यो सबैभन्दा बढी ट्वीटको आदान प्रदान भएको घटना हो ।
यसअघि सन् २०१४ मै सुपर बाउलको खेलका बेला एक मिनेटमा ३ लाख ८२ हजार ट्वीट गरिएको थियो जसले सन् २०१२ को अमेरिकी निर्वाचनको बेला बनेको ३ लाख २७ हजार ४५२ ट्वीटको संख्या नाघेको थियो ।
फेसबुकमा यो विश्वकपलाई लिएर एक अर्बवटा अन्तर्क्रियाहरु भए जुन उक्त सामाजिक सञ्जाल स्थापना भएको १० वर्षमा सबैभन्दा ठूलो संख्या हो ।

नेइमार पूर्व प्रेमिकासँग किन रिसाए?

रियो द जेनेरियो— ब्राजिलका स्ट्राइकर नेइमार फुटबलमाथि जादुयी प्रदर्शनका कारण चर्चाको उचाइमा छन्। यो चर्चामा दुई वर्षअघि अफेयर चलेकी पूर्व प्रेमिका पेट्रेसिया जोर्डनले अझ मसला थपेकी छिन्।
प्लेब्वाइ पत्रिकाले जुन अंकमा 'मिस कप' शीर्षकमा पेट्रेसियाको तस्विर प्रकाशित गरेको थियो। नेइमारसँग सम्बन्धको अन्त्यपछि प्लेव्वाइका लागि नग्न तस्विर खिचाए पनि उनले पूर्व प्रेमीलाई बिर्सन सकिनन्। खेल सामग्री उत्पागदक कम्पनी नाइकेले नेइमारका लागि बनाएको सर्टमा खिचेको फोटो प्लेब्वाइले प्रकाशित गर्‍यो।
नेइमार यो कुरादेखि निकै क्रुद्ध बने। उनी त्यसविरुद्ध अदालतको ढोका ढकढक्याउन पुगे। अदालतले नेइमारको पक्षमा फैसला सुनाएको छ। ब्राजिलको एक अदालतले आदेश दिएको छ, 'कभर पृष्ठमा प्याट्रेसियाको तस्विर छापिएको जुन महिनाको प्लेब्वाइका सबै प्रति बजारबाट फिर्ता लिनु।'

तर पत्रिकाले अदालतबाट आएको कुनै आदेश आफूले नपाएको दाबी गरेको छ।

 शनिबार मध्यरातमा चिलीलाई टाइब्रेकरमा पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
मैदानमा नेयमार गोलका लागि तडि्परहेका बेला स्टेडियममा उनकी प्रेमिका ब्रुना मार्कोजिन पनि शान्त रहन सकिनन् । ब्राजिलका खेलाडी पत्नी र गल्र्डफ्रेण्डहरुसँग स्टेडियमको भीआईपी बक्समा बसेकी मोडल एवं अभिनेत्री ब्रुनामाथि दशर्क र टीभी क्यामराको नजर थियो ।
ब्राजिलको प्रदर्शन अनुहार उनको अनुहारमा देखिएको हाँसो, पीडा र आँखु क्यामरामा कैद भएको छन् । जे होस् टाइब्रेकरमै सही नेयमारले गोल गरे र ब्राजिलले पनि जित्यो । धेरैले भन्न थालेका छन्, नेयमारकी प्रेमिका ब्रुना कतै ब्राजिलका लागि लक्की त होइनन् ।
जेम्सलाई शाकिराको धन्यवाद
उरुग्वेलाई हराउँदै कोलम्बिया पहिलो पटक क्वाटरफाइनलमा पुग्दा चर्चित गायिका शाकीराले पनि खुसी मनाएकी छन् ।

उनले ट्वीटरमार्फत टोलीलाई बधाइ दिएकी छन् । उनले लेखेकी छन्-’धेरै धेरै धन्यवाद जेम्स । अहिलेसम्म यो विश्वकपको सबैभन्दा राम्रो गोल गियो । ओस्पिन त बस शानदार रहे ।’ उनले कोलम्बियाको जितको खुसीमा पार्टी गर्ने योजना रहेको समेत बताएकी छन् ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget