news and more entertainment

१७ वर्षमै ३५ पटक जेल !

 काठमाडौं,भदौ १७–एउटा व्यक्ति जीवनमा प्रहरीबाट कतिपटक पक्राउ पर्न सक्छ? अनि १७ वर्षमा ? काभ्रे पनौती भुमेडाँडाका १७ वर्षीय रवि तामाङ अहिलेसम्म ३५ पटक पक्राउ परिसकेका छन् ।
चोरी डकैती, लुटमारजस्ता अपराधमा संलग्न तामाङले काठमाडौंका लगभग सबै हिरासत कक्षको स्वाद चाखिसकेका छन् ।त्यसमध्ये सबैभन्दा धेरै हनुमानढोकामा १० दिन विताएका छन् ।
जुगाँको कालो रेखी भर्खरै देखिन लागेका तामाङ सम्झन्छन्, ‘काठमाडौंका प्रायः सबै हिरासत कक्षमा पुगियो । प्रहरीको बुट खाइयो। सोफामा उत्तानो पारेर पैतालामा पाइपले हान्थे , ढाडमा निलडाम त कति बसे कत्ति ।’
डेढ वर्षअघि प्रहरी फन्दामा परेयता विशालनगरस्थित ‘सेल्टर हाउस’मा रहेका तामाङले अवचाहि अपराध छोड्ने कबुल गरेका छन् । उनी अब पाकला सिक्ने योजनामा छन् । ‘त्यसपछि कुक बनेर विदेश जाने र पैसा कमाउने अनि घर बनाउने,’उनले आफ्नो योजना सुनाए ।
उनी पछिल्लोपटक कुखुरा चोर्दा पक्राउ परेका थिए । ‘त्यसदिन आठ जना साथी मिलेर ठमेलमा रहेको कुखुरा पसलबाट दिउँसो जिउँदो कुखुरा चोर्यौं । ज्याठा चौर गएर आगो बाल्यौं । र,आगोमा पोलेर खायौं । खाएपछि केही केटा चौरमै उत्तानो परेर निदाएँ । कृही ढुंगामा तारो हान्न थाले । तारो हान्दा पार्किङ गरिएको कारमा पनि लागेछ । कारको सिसा फेटेका कारण कसैले प्रहरीलाई खबर गरेछ । प्रहरी आएपछि केही भागे,मसहित केही पक्राउ परयौं । पक्राउ परेको केही दिनपछि दरबारमार्गस्थित प्रहरी प्रभागका तत्कालीन निरीक्षक कुमुद ढुंगेलमार्फत बिशालनगर सेन्टर हाउस आइपुगे। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget