news and more entertainment

Articles by "prabas"

काठमाडौं, मंसीर १५– साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँ घटेर प्रति तोला ५० हजार तीन सयमा कारोबार भएको सुन सोमबार पनि ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायीका अनुसार सोमबार सुन प्रति तोला ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।



 यो आइतबारको तुलनामा पाँच सय रुपैयाँ कम हो । गत साता सुनको मूल्यमा सामान्य उतार–चढाव भइरहेको थियो । अन्तराष्ट्रिय बजारमा ओरालो लागिरहेको सुनको मूल्य नेपालमा पनि सुनको मूल्य थप घट्ने अनुमान गरिएको छ । सोमबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । प्रति तोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ६ सय ८५ कायम रहेको थियो । आइतबारको तुलनामा यो २० रुपैयाँको कमी हो ।

काठमाडौं, ११ मंसिर । गुण्डागर्दीको आवरणमा अकूत कमाएको आरोपमा पाँच जना डनविरुद्ध मुद्दा चलाइए पनि त्यसको अझै फैसला भएको छैन । सम्पूर्ण सम्पत्ति रोक्का भएपछि उनीहरु सडकमा आउने धेरैको आँकलन थियो । तर मुद्दा चलाइएकाहरु पहिले भन्दा रवाफिलो जिन्दगी बाँचिरहेका छन् । विभिन्न व्यक्तिको नाममा लुकाइएको कालो धन र छुटे पनि पुरानै धन्दा चलाएर उनीहरु करोडौं कमाइसकेका छन् ।
अहिलको धनी डनहरुमध्ये एक हुन् दीपक मनाङे । सम्पत्ति शुद्धीकरण मुद्दामा २ करोड ९० लाख धरौटी राखेर छुटेका उनी अहिले पनि ठमेलमा धन्दा चलाइरहेका छन् । गुण्डागर्दीको आडमा विभिन्न काम उनले हात लिने गरेका छन् । त्यसका साथै विभिन्न प्रकारका एक दर्जन व्यवसायमा उनी आबद्ध छन् । चीनको स्याउ भारतमा लगेर बेच्नेदेखि जडिबुटीको व्यापारमा समेत उनी लागेका छन् । पछिल्लो समय उनले नयाँ व्यापार थालेका छन् । राँगा भैसीको मासु इन्डोनेसिया निर्यात गर्ने काममा उनी लागेका हुन् । केही समयअघि आफ्ना सहयोगीहरुलाई इन्डोनेसिया पठाएर उनलाई त्यससम्बन्धी सम्झौता गरिरहेका छन् । स्रोतका अनुसार अहिले गढीमाई मेलामा काटिने राँगा भैसीको मासु पनि उनले इन्डोनेशिया पठाउने भएका छन् । त्यसका लागि उनले काम सुरु गरिसकेका छन् । करोडौंको मासु उनले निर्यात गर्ने स्रोत बताउँछ । भारतबाट राँगा/भैसी नेपाल ल्याई काटेर त्यसको मासु इन्डोनेशियामा निर्यात गर्दा राम्रो नाफा हुने भएकाले उनले यस्तो व्यापारमा हात हालेका हुन् । व्यापारिक ‘माइन्ड’ भएका मनाङे ठमेलमा बियरका बोतलहरु बटुलेर समेत बेच्ने गर्दछन् ।
मनाङेसँगै मुद्दा दायर भएका अन्य डनहरु पनि फेरि करोडपति भइसकेका छन् । गणेश लामा कान्तिपथमा माउन्टेन होटल चलाएर बसेका छन् । साथीहरुको नामको निर्माण कम्पनीबाट उनले काम हात पार्ने गरेका छन् ।
त्यस्तै मिलन चक्रे पनि आलिसन जीवन बिताउँदै आएका छन् । मुद्दा दायर भएकामध्ये अभिषेक गिरी भने आर्थिक रुपमा पनि कमजोर छन् । अपहरण मुद्दामा हाल उनी प्रेमिकासहित जेलमा छन् । मुद्दा दायर गरिएका अर्का परशुराम बस्नेत सम्पन्न भइसकेका छन् । - दैनिक नेपाल



काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनशैली ‘हाइफाइपूर्ण र लोभलाग्दो छ । मोदी आर्थिक रुपमा विश्व शक्तिका रुपमा उदाउँदै गरेको भारतका प्रधानमन्त्री भएर मात्र होइन ।

उनका लागि त्यहाँका धनाढ्य व्यापारीहरुले ठूलै ‘आर्थिक लगानी’ गर्ने गरेका छन् । पोशाकका सौखिन उनी दिनमै परीआए चार/पाँचपटक सम्म कपडा फेर्छन् । विदेश जानुपर्दा विशेष विमान भाडामा लिएर हिंड्छन् । यति धनी प्रधानमन्त्रीकी श्रीमतीलाई खान लाउनै धौ–धो छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ ।

तर कुरा सत्य हो । मोदी पत्नी जसोदादेबन चरम आर्थिक संकटका बीच जीवन गुजारा गर्दै आएकी छन् । ६२ वर्षीया जशोदा र मोदीबीच भावनात्मक र पारिवारिक सम्बन्ध टुटेको वर्षौं भइसक्यो । सन् १९६८ मा मोदी १८ र जशोदा १७ वर्षको हुँदा विवाह भएको थियो ।

विवाहको तीन महिनासँगै बसेका उनीहरुबीच सम्बन्धमा फाटो आयो । त्यसयता जशोदा माइती घरमा बस्दै आएकी छन् । पूर्वशिक्षिका जशोदाको मासिक आम्दानी पेन्सनबापत पाउने १४ हजार रुपैयाँ हो । त्यसले आफ्ना सबै आधारभूत आवश्यकता पूरा नहुने गुनासो उनले गरेकी छन् ।

मोदी प्रधामन्त्री भएपछि ‘स्ट्यान्डर्ड मेन्टेन’ गर्दा आफ्नो थप पैसा खर्च हुने गरेको जशोदाको भनाइ छ ।  छुट्टिएर बस्न थालेको ४६ वर्षपछि उनले मोदीसँगै बस्न चाहेको सञ्चार माध्यमलाई बताएकी छन् ।
केही दिनअघि मुम्बई भ्रमणमा गएकी उनले मोदी लिन आए जाने अभिव्यक्ति दिएकी थिइन् । तर मोदीका तर्फबाट त्यस सम्बन्धमा अहिलेसम्म केही प्रतिक्रिया सार्वजनिक भएको छैन । एजेन्सी

संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो ।  यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन । 
aesbestos mineएस्बेसटस माइन क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।
aesbestos mineइजु आइल्याण्ड, जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए। aesbestos mineरामरी आइल्याण्ड,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए। aesbestos mineरामरी आइल्याण्ड,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए। aesbestos mineएनविक पोइजन गार्डेन, बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन् ।
 http://nepaliheadlines.com/2014-06-26-10-25-56.html#sthash.gT05Og0x.dpuf

यो प्रकृति पनि विचित्रको छ । प्रकृतिले कसैलाई कस्तो बनाउँछ त कसैलाई कस्तो । यहाँ हामीले देख्दा पनि आङ सिरिङ् हुने यस्तै १० तस्विर संकलन गरेका छौं ।

wieared


यी महिलालाई क्यूटनस हर्न्स नामको रोग लागेको छ । उनको निधारमा जनावरको जस्तै सिङ छ ।
woman with horn


यिनको यस्तो अवस्था न्यूरोफाब्ररोम्याटोसिसका कारण भएको हो ।
wiered face

यी ब्यक्तिलाई मुँखमा चाहिने भन्दा बढी दाँत आउने रोग लागेको छ । यिनका दाँत बाहिरै झुण्डिएका छन् ।
teeth outside

यी केटीलाई पोलियोस्टोटिक फाइब्रस डिसप्लेसिया भएका कारण अनुहारको विकाश नै हुन नसक्दा यस्तो भएको हो ।
danger face

यी ब्यक्तिलाई पोलिमिलिया भन्ने रोगका कारण चाहिने भन्दा बढी औंला हुने समस्या छ ।
fingers and fingers

डाइप्रोसोपस भन्ने रोगका कारण एकै शरीरमा दुइबटा शरीर ।
two faces in one body

यी ब्यक्तिलाई हीगम्यागङ्योमा भन्ने रोग लागेको छ । यस्तो रोगबाट भारतका धेरै मानिस पीडित छन् ।
danger fingers
यो म्याक्रोडेक्टाइलीका कारण भएको परिणति भएको हो  ।
weird face 2
हाइड्रोसेफेलिया नामक रोग लागेपछि टाउकाको मात्र विकाश हुन्छ ।
only head
एजेन्सी ।
www.nepaliheadlines.com/2014-11-18-07-47-39.html#sthash.Bi0pa0fs.dpuf






विश्वमा कतिपय यस्ता भवन र संरचना छन् जसको निर्माण खर्च कल्पना भन्दा पनि बढी परेको छ । त्यस्तै संरचना मध्ये एक हो भारत राजस्थानको उम्मेद भवन प्यालेस ।

यो भवन भारतकै सबैभन्दा महंगो र भव्य भवन मध्ये एक हो । यसको निर्माण राजस्थानका महाराजा उम्मेद सिंहले गरेका थिए । पहाडको काखमा रहेको यो दरवार पहाडकी रानीकोरुपमा 'चित्तर प्यालेस'कोरुपमा समेत परिचित छ ।

यो दरवार बनाउन १६ वर्ष लागेको थियो र ३ हजार कामदारले निरन्तर १६ वर्ष सम्म काम गरेका थिए । यो दरवारको निर्माण सन् १९२८ मा शुरु भएर १९४४ मा मात्र सम्पन्न भएको थियो ।

रोजगार दिनका लागि दरवार
उम्मेद भवन बनाउनुको उद्देश्य भने अनौठो छ । राजा उम्मेदले आफ्ना प्रजालाई बेरोजगारी र भोकमरीबाट बँचाउन यो दरवार निर्माण गरेका थिए । यो भवन बनाउने समयमा ३००० मानिसले रोजगार पाएका थिए । १ सय ८३ फुट अग्लो यो भवनमा ३०० भन्दा बढी कोठा छन् ।

यो भवन तत्कालीन जोधपुर शाही परिवारले प्रयोग गर्थे ।

करिव २० एकडमा फेलिएको यो दरवारको एक भागलाई अहिले पाँच तारे होटलमा बदलिएको छ ।

रमाइलो कुरा त यो भवन निर्माणका क्रममा ढुंगा जोड्न मसला प्रयोग गरिएको थिएन । यो भवनको डिजाइन एक अंग्रेज इन्जिनियरले गरेका थिए । उनको नाम हेनरी बान थियो ।
भारतका धनाड्य र सुपरस्टारहरुले यहाँ जन्मदिनको पार्टी गर्ने गरेका छन् ।
एजेन्सी ।

nepaliheadlines.com भिडियो तल छ

असोज ३, बीबीसी । अंग्रेजीमा चीनका राष्ट्रपतिको नाम  ”Xi Jinping” लेखिन्छ तर यसलाई दूरदर्शनकी एक संवाददाताले केहि फरक तरिकाले नाम पढिन् जसको कारणले उनको जागिरवाट निकालिएको छ ।

दूरदर्शनका महानिर्देशक  अर्चना दत्ताले बीबीसीलाई भनिन्  , “उनको नाम त्यस सूचीवाट हटाइयो जुन अस्थायी समाचार वाचकहरुको नाममा थियो.” अर्चना दत्ताले भनिन्न उनले ‘ज्यादै ठुलो गल्ती गरिन् ‘।

चीनका राष्ट्रपति शी जिनपिङग यि दिनहरुमा भारत भ्रमणको क्रमा छन्. अंग्रेजीमा शब्द शी, एक्सआई (Xi) लिखिन्छ. रोमनमा यो ‘एलेवन’ यानि एघार हुन्छ ।  त्यसैले उक्त समाचार वाचिकाले समचार पढ्दा शी जिनपिङगको नाम ‘एलेवन’ जिनपिङग भनेर पढिन् ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

काठमाडौं,भदौ १९–नेपाल राष्ट्र बैंकले अमेरिकास्थित एक बैंकको खातामा रहेको आफ्नो १० लाख अमेरिकी डलर बिना जानकारी झिकिएको सम्बन्धी मुद्दा जितेको छ ।
अमेरिकाको न्युर्योक डिस्टिक्ट अदालतले मंगलबार राष्ट्र बैंकको पक्षमा फैसला गरेको हो ।नेपालमा सम्पत्ति सुद्धिकरण सम्बन्धमा चलिरहेको उक्त मुद्दामा न्युर्योकस्थित स्ट्यान्डड चार्टर्ड बैंकले आफ्नो खाताबाट १० लाख डलर भुक्तानी गरिएको भन्दै राष्ट्र बैंकले मुद्दा हालेको थियो ।‘अमेरिकी अदालतले हाम्रै पक्षमा फैसला गरिदिएको छ,’राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालले बुधबार भने,‘विना जानकारी हाम्रो खाताबाट भुक्तानी गरिएको १० लाख डलर पुनः हाम्रै खातामा आएको छ ।’
उनका अनुसार करिव ५ वर्ष अघि पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक लि उले ललितपुर भैसेपाटीस्थित एनबी बैंकको शाखामा खाता खोलेका थिए । त्यही खातामा अमेरिकाको चेज बैंकबाट उनको नाममा १० लाख डलर जम्मा भएको थियो ।
‘त्यतिबेला एनबिको व्यवस्थापन राष्ट्र बैंकले हेरिरहेको थियो,’ नेपालले भने,‘नेपालमा कुनै पनि व्यवसाय नगरेका चिनियाँको नाममा ठुलो परिमाणको अमेरिकी डलर जम्मा भएपछि शंका उत्पन्न भयो। त्यसबेला प्रहरीको ‘सुडान घोटाला’ को कमिसन भन्ने पनि हाम्रो शंका थियो ।’

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

साँझतिर म भान्छामा स्टोभ ठङ्ठङ् गर्दै खाना पकाइरा’ हुन्थेँ । कोक्रोमा ३ महिनाको बच्चा च्याँच्याँ रोइरा’ हुन्थ्यो। उत्ति नै खेर छिमेकीको मोबाइलमा फोन आउँथ्यो। म हतारिएर छिमेकको कोठामा पुग्थेँ। लाडे पल्टेर मायालु स्वरमा उनी भन्थे,  ‘कान्छु! हेर न डाक्टर नै आएन, अझै छ सात दिन यतैको बास होला पो जस्तो छ। म हुन्छ मात्रै जवाफ दिएर फोन राख्थेँ। हुन पनि उनी मुम्बई गएको २ हप्ता बितिसक्या थियो। बिहे गरेर ५ वर्षमा कमाको जम्मै पैसा उनकै उपचारमा सकिँदै थियो।

काली काली हिस्सी परेकी अग्ली सलक्क परेको ज्यान,  ठूलाठूला आँखा यताउता नियाल्दै राम्री बमकला खड्का दिदी कथा सुनाउन थाल्छिन्।

झण्डै एक महिनाअघि मध्यपश्चिमको यात्राताका उनलाई दाङको आफ्नै घरमा भेट्ने मौका जुर्‍यो। झवाट्ट हेर्दा कसैले सोच्नै सक्दैन, उनी एचआइभी संक्रमित हुन् भनेर। मिठो हाँसो, ओजपूर्ण आवाज अनि हरेक दुखलाई सुखमा ढाल्न सक्ने उनको साहस देखेर होला, पहिलो भेटमै सायदै बमकला दिदीजति राम्री महिला अरु हुनै सक्दैनजस्तो लाग्यो।

हुन त राम्री दिदीको हाँसो भित्र अनगिन्ती दुखहरु लुकेका रहेछन्। तर ती सबै दुख छिचोल्ने उनको आत्मविश्वास चाँहि कसैबाट लुकेको रहेनछ। चुली परेको १ तल्ले माटोको सेतो घरको कुचुक्क परेको भान्छामा पत्रकार साथीहरु नितु घले र अर्जुन पौडेलसँगै हामी बमकला दिदीसँग कुराकानी गर्दैथ्यौँ।

२०५९ सालतिर १९ वर्षकी बमकला आठ कक्षापास गरेर ९ कक्षा भर्ना तयारीमा थिइन्। सानैमा बुवा बितेको एक्लो दाजुकै भरमा उनी हुर्केकी थिइन। दाजुले कक्षा ९ मा पढ्नका लागि घर नजिकैको स्कुलमा नाम लेखाइसकेका थिए तर दाजु र आमा जसैगरी राम्रै घरानाको धनी ज्वाइँ होस् भन्ने चाहन्थे। त्यसैले उमेर बढेकी छोरीको बिहे गर्न हतारिदैँ पनि थिए। निधार खुम्च्याउँदै भन्दै थिइन्, ‘वैशाख महिनाको १७ गतेतिरको कुरा हो। भिनाजुले घरमा बिहेको कुरा ल्याए। जातकै क्षेत्री केटो, मुम्बईको होटलमा कुक, जाँडरक्सी केही खाँदैन, महिनाको ६ हजार आइसी मज्जाले कमाउँछ, फाल्टो बोनस त झन कति हो कति। लौ! कान्छीको बिहे यही केटोसँग भए रानी बनेर बस्छे।’

घरमा भिनाजुजत्तिको लोग्ने मान्छेले बोल्दिएपछि बिहे प्रस्ताव निर्णयमै टुंगियो। बमकलालाई कसैले सोधेनन्। दाजु पनि बिहे गर नानी सुख पाउँछेस् भनेर परदेश गए।

सिलावरको गाग्रीबाट अम्खोरामा पानी ओसार्दै उनी न्याउरो अनुहार बनाउँदै भन्दै थिइन्। ‘म त अहिले घरीघरी सम्झन्छु, २०५९ वैशाख १७ गतेको त्यो दिन पक्कै भावीले मलाई एचआइभी रोग लाग्दै छ भनेर लेख्दै थियो होला! त्यसपछि लगत्तै १० दिनको तयारीमा १९ बर्षे बमकला दिदीको ३४ वर्षे केटोसँग धुमधामले बिहे भयो। बमकला निरास थिइन्। उनको एसएलसी पास गर्ने सपना तुहियो। तर आफन्त यसरी फकाउँथे, ‘एसएलसी पास गर्ने फलामे ढोका छुन नसकेर के भो त, श्रीमानले तेरै लागि टन्नै सुनका ढोकाहरु बनाउनेछन्।’

बमकलाले मनमनै सोचिन्, ‘पढ्न नपाएर गरिब भए पनि पैसा कमाएर लोग्ने स्वास्नी धनी भएसी जिन्दगी खुशी त भइहाल्ला नि।’ बिहे गर्ने चित्त बुझ्दो बहाना आफैँ सोचिन्, त्यसपछि बिहेलगत्तै श्रीमानसँगै मुम्बई गइन्।

श्रीमान कमाएको सबै पैसा उनकै पोल्टामा राखिदिन्थे। २ वर्षपछि श्रीमानकै सल्लाहमा उनी दाङकै मूलघर फर्किन्।

अब उनका श्रीमान महिना दिन बिराएर घर आउँथे, पटकपटक कहिले सुनको सिक्री, कहिले औँठी किनेर ल्याइदिन्थे। श्रीमानले टन्नै सुन जोड्दै गए उनका लागि। बिहे गरको ४ वर्ष बित्दै थियो। परिवारमा पहिलो सन्तान छोरा जन्मियो। त्यति बेलासम्म श्रीमान हट्टाकट्टा नै देखिन्थे। पछि विस्तारै बिरामी पर्न थाले। लगातार झाडापखाला लागेको लाग्यै हुने तर कहिल्यै निको नहुने भयो। मुम्बई बसाइ पातलिन थाल्यो। झण्डै ६ महिनापछि अस्पताल जँचाउने सिलसिला बाक्लिन थाल्यो। जतिजति खेर उनलाई रोगले च्याप्थ्यो, उनी एक्लै अस्पताल धाउँथे। बमकला श्रीमानलाई ओछ्यानमा बारम्बार सोध्थिन्, ‘अनि के रोग देखियो त बूढा?’

‘केही देख्या छैन रे कान्छु, डाक्टरले मलाई त अब ठूलो मेसिनमा हालेर खुट्टादेखि टाउकोसम्म पुरै चेक गर्नुपर्छ भनेका छन्।’

बमकला कस्तो हुँदो होला त्यो मेसिन, सिङ्गै मान्छेलाई नै हालेर जाँच्नुपर्ने भनेर घोत्लिरहन्थिइन्। श्रीमान् हाँस्दै जवाफ दिन्थे रे, ‘त्यो त मुम्बई अस्पतालमै हुन्छ कान्छु, अब ८०, ९० हजार आइसी बन्दोबस्त गर है।’

त्यतिखेर उनी ४० वर्षे श्रीमानको २६ वर्षे श्रीमती थिइन्। श्रीमानले मुम्बईको होटलमा काम छोडेको २ वर्ष भइसकेको थियो। श्रीमानलाई ज्वरोले सताइरहन्थ्यो। रोगले बेस्सरी च्यापेपछि उनी मुम्बई हुइँकिन्थे। त्यहाँ होटलमा गएर बस्ने रैछ, फेरि चेक गर्ने डाक्टर छैन भन्दै पैसा सकेपछि फर्कन्थे। होटलमा बस्दा १५,१६ हजार सकिने रैछ, अनि फेरि त्यस्तै गरी कान्छु म त फर्केर आए है भन्थे।

लोग्नेलाई उपचार गर्दागर्दै मैले सप्पै गहना बेचेँ। चुरा, सिक्री तिलहरी, झुम्का सबै सिद्धियो। जति पैसा कमायो, त्यति सबै आफैँले खर्च गरेर गयो। जानेबेला उसको कमाइ मेरो लागि एक रुपैयाँ पनि जगेडा राखेन। त्यतिखेर मैले थाहा पाएँ, लोग्नेकै भर परेर म राम्रो जिन्दगी जिउँछु भन्थेँ, भम्र रहेछ सबै। खुइय्य सास तान्दै बमकलाले भनिन्।

श्रीमानले उनलाई कहिल्यै एचआइभीको बारेमा भनेनन्। २०६७ बैशाख २ गते नेपालगञ्जको रुपेडियामा भिनाजुसँगै जँचाउन गएका श्रीमानको रगतमा एचआइभी रहेको थाहा भएपछि मात्र बमकलालाई थाहा भयो– श्रीमान एक्लै पैसा बोकेर जँचाउन मुम्बई किन पुग्थे? पछि श्रीमानबाटै थाहा भयो, एचआइभी भाको ११ वर्षपछि उनीहरुको बिहे भएको रहेछ। श्रीमानले झुटो बोलेरै बमकलासँग बिहे गरेका रैछन्। त्यो दिन श्रीमान श्रीमतीबीच विश्वास टुक्रियो।

एचआइभी संक्रमित श्रीमानबाट बमकलालाई पनि सर्‍यो होला भन्ने शंका लाग्यो। काखको १ वर्षे छोरी र ४ वर्षे छोरा बोकेर उनी परिवार नियोजन संघमा रगत जाँच गर्न पुगिन्। रिपोर्टले काखको छोरीबाहेक, श्रीमान्, बमकला र छोरा पनि एचआइभी संक्रमित भएको खुलायो। त्यसको ४ दिनमै श्रीमानको मृत्यु भयो। बमकलाले छिमेकीलाई सबै कुरा खुलाइन्। छिमेकीले उनलाई कहिल्यै हेलाको व्यवहार गरेनन्।

बमकला सम्झिन्छिन्, ‘त्यतिबेला यो छोरी १ वर्षकी थियो। न जग्गाजमिन, न जागिर, न लोग्ने, न त कमाइ। म कसरी बाँच्छु र ? २ वर्षसम्म मेरो सप्पै गहना सिध्याएर मरेको मेरो लोग्नको अनुहार झलझली आँखामा आउँथ्यो, घरमा कति दिन भोकै बसियो, महिनौँ दिन खोले खाइयो होला! त्यो दिन त सम्झेर साध्यै छैन। भन्न त कसैले केही भनेनन् तर यो गाउँको बाटो हिँड्दा मेरो मुख नहेर्ने कोही मान्छे हुन्थेनन्। म मनमनै अड्कल लाउथेँ, सबैले मलाई एचआइभी भएर लोग्ने मरेको कमजोर आइमाई भने होलान्। अनि त्यही पीरले मेरो मन भत्भती पोल्थ्यो। मैले मनमनै सोचेँ, ११ वर्षअघि उनको परिवार बिहेको लागि नहतारिएको भए उनलाई एचआइभी कहिले लाग्ने थिएन होला। उनलाई ९ कक्षामै पढाइदिएको भए उनको त्यो मान्छेसँग बिहा नै हुँदैन्थ्यो होला। सायद उनी धेरै पढिरहेकी हुन्थिन् होला। आफैँ सरहको धेरै पढ्या केटासँग बिहे हुन्थ्यो होला अनि आफूले गल्ती नै नगरेको सजाय भोग्नै पर्दैन्थ्यो होला।

एचआइभी जोसुकैलाई लाग्न सक्छ तर बमकला दिदीको कथा सुनेपछि लाग्यो, विश्वासमा जोखिम मोल्नु हुँदैन। कम्तीमा बिहे गर्नुअघि रगत परीक्षण गर्नु अहिलेको आवश्यकता हो।

बमकला दिदी सानो छँदा किताबमा एचआइभीका बारेमा पढेको सम्झिन्छिन्। एड्स लागेपछि मान्छे बाँच्दैन रे। त्यो त जीवन छोटो छ भन्ने डर मात्र हो। मर्न त मान्छे जसरी नि एकदिन मर्छ तर उनले हार खाइनन्। कमाइ त केही थिएन। एचआइभी संक्रमितहरुका लागि काम गर्ने दाङ प्लसको कम्युनिटी केयर सेन्टरमा काम गर्ने सोचिन्। हरेक दिन संक्रमितहरुसँग भलाकुसारी गरेर खुल्न सहयोग गर्छिन्। यसबापत महिनाको ३ हजार आउँछ, त्यसबाहेक कुनै आम्दानीको स्रोत छैन। तर पनि हार खाएकी छैनन्, जतिसक्दो धेरै संक्रमितहरुलाई आत्मविश्वासी बनाउने उनको लक्ष्य हो।

बमकला दिदीलाई खानबस्न कत्तिको मुस्किल छ, जो कोही अनुमान लाउन सक्छ। उनकै उमेरका धेरै पढेका जवान केटीहरु अफिस गएको देख्दा उनलाई रुन मन लाग्छ रे। तर, उनलाई एचआइभीले ठगेको हैन, उनको परिवारको अशिक्षाले ठगेको हो।

आफैँलाई हेर्छिन्, अनि ठान्छिन्, ‘थुक्क मेरो कर्म खोटो हैन रैछ, मेरो अशिक्षा नै सबैभन्दा ठूलो खोट रैछ। पढ्न पाएको भए म पनि सक्षम हुन्थेँ। कहाँ पुग्थेँ होला। हुन त संक्रमितका लागि थुप्रै कार्यक्रम आउँछन् तर म नपढेको महिला जेसुकै गरौँ, ठूलो काम गर्न सक्तिनँ।’

मैले फयाट्टै सोधेँ, ‘दिदी, एचआइभी संक्रमितहरुले त टन्नै पोषिलो खाना खानुपर्छ, कसरी खानुहुन्छ, डाइट पुग्छ?’

‘हो हामीले डाइट टन्नै खानुपर्छ। पुगेसम्म खाने हो। तर मजस्तो कमाएर खानुपर्नेले के खान पाउँथे? पुुगेसम्म खान्छु पनि, नपुगे भोकै पनि। अब मेरो उद्देश्य जसरी पनि एचआइभी संक्रमितहरुको लागि जीवन जीउने सजिलो बाटो बनाइदिने हो। मेरो छोराछोरीको माया नै मेरो लागि डाइट हो।’

सानी छोरीलाई बुवाको मृत्युबारे थाहा छैन।

धेरैपल्ट सोध्छे रे, ‘हाम्रो बाबा कहाँ गाको ममी।’

उनी भगवानको घर गाको नानु भन्छिन्। बमकला दिदीकी नानु गाउँकै स्कुलमा युकेजीमा पढ्छिन्। ‘अहिले त जसोतसो नखाएरै पढाएको छु, कसैले पढाइदिए म धन्य हुने थिएँ।’

जाँदा जाँदै दिदीको सन्देश, ‘कहिल्यै बुवाआमाकै भरमा बिहे नगर्नू, अनि लोग्नेकै भरमा बाँच्छु भन्ने सपना कहिल्यै नदेख्नू।’

७ भदौं, काठमाडौं । 
काठमाडौंको टुँडिखेलमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्न आज हजारौं मानिसको सहभागितामा नेपालको राष्ट्रिय झण्डाको प्रदर्शनी गरिएको छ । शान्ति र समृद्धिका लागि मानवीय मूल्य भन्ने संस्थाको सहयोगमा स्कुल तथा कलेजका युवा स्वयंसेवीका रुपमा मानव झण्डा निर्माणमा सहभागी थिए । ३५ हजार १६  मानिसले नेपालको झण्डाको आकृति बनाएको आयोजकले जनाएको छ ।

नेपाली राष्ट्रिय झण्डाको लम्वाई १ सय ६० मिटर र चौडाइ १ सय २६ मिटरको बनाइएको थियो । स्कूल–कलेजका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उनीहरुले नेपाली झण्डाको रंग अनुसारको प्लेकार्ड १० मिनेट उचालेका थिए । रातो, निलो र सेतो रंगका साना साना प्लेकार्ड उचालेर नेपाली झण्डा बनाइएको हो ।
सो प्रदर्शनीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिले अवलोकन र मापन गरेको आयोजक संस्थाले जनाएको छ । विश्व रेकर्डमा पाकिस्तानमा २९ हजार ९ सय ५७ पाकिस्तानीहरुले मानव झण्डा बनाइ सकेका छन् । त्यो रेकर्ड नेपालबाट तोड्न टुँडिखेलमा प्रदर्शनी गरिएको हो ।

इबोला फैलिएको अफ्रिकी मुलुकहरुबाट स्वदेश फर्किने तयारीमा रहेका शान्ति सेनाको स्वास्थ्य परीक्षणका लागि सेनाले उच्च सुरक्षा सतर्कता र विशेष उपचारको ब्यवस्था गरेको छ ।
विशेष गरी लाइबेरियाबाट फर्किने सैनिकका लागि राजधानीको कुनै सुरक्षित स्थानमा अस्थायी टेन्ट टाँगेर २१ दिनसम्म उच्च निगरानीमा राखी ‘ननटच चेकअप’ (नछोएरै उपचार) गर्ने ब्यवस्था मिलाइएको सैनिक स्वास्थ्य महानिर्देशक उपरथी डा. शिवबहादुर बस्नेतले बताएको गोरखापत्र दैनिकमा खबर छ ।
तीन दिनअघि लाईबेरियाबाट फर्किएका एक सैनिक अधिकृतलाई नगरकोटस्थित विशेष स्थानमा राखी परीक्षण भइरहेका जानकारी उनले दिए । सो स्थान वातावरणको दृष्टिकोणले उपयुक्त भएकाले ती अधिकृतलाई २१ दिनका लागि त्याहाँ राखिएको हो तर ती अधिकृत इबोला संक्रमित भने होइनन् ।
‘इबोला फेला परेको देशबाट फर्केर आउँने जोकोहीलाई पनि सेनाले उच्च निगरानीमा राख्नेछ,’ महानिर्देशक डा. बस्नेतले भने-’यही २५ गते १५ जना शान्ति सेना फर्किदैछन्, उनीहरुलाई पनि छुट्टाछुट्टै टेन्टमा २१ दिन सम्म राखी ननटच प्रविधि अपनाई नियमित स्वास्थ्य परीक्षण हुनेछ ।’
करिब २१ दिनसम्म शंकास्पद लक्षण नदेखिएमा मात्र उनीहरुलाई कार्यक्षेत्र खटाइनेछ । खान, बस्न तथा सरसफाइका लागि समेत सवैलाई ‘ननटच सर्भिस’को व्यवस्था गरिएको छ ।

एजेन्सी । क्यानडा सरकारको ‘एक्सप्रेस इन्ट्री’ प्रणाली अन्र्तगत अब जुनसुकै व्यवसायमा काम गरेको र कुनैपनि विषयमा अध्ययन गरेका व्यक्तिले पनि आवेदन गर्न पाउने भएका छन् ।

आगामी सन् २०१५ जनवरी देखि प्रारम्भ हुने यो प्रणालीमा आवेदकहरुको संख्याको कुनै सिमा नरहने पनि जनाइएको छ । हाल क्यानडा सरकारले फेडेरल स्किल्ड वर्कर प्रणालीमा ५० वटा व्यवसायमा २५ हजारको मात्रै आवेदन लिदै आएको छ ।canada-

क्यानडाको अध्यागमन विभागका अनुसार इच्छुक व्यक्तिले इन्टरनेटमार्फत आफ्नो व्यक्तिगत विवरण भरेर क्यानडामा बसोबास गर्न चाहेको इच्छा जाहेर गर्न सकिनेछ ।

उक्त विवरण हेरेर उमेर, शैक्षिक योग्यता, कामको अनुभव, भाषाको ज्ञान, आदिको स्तर हेरेर क्यानडाको लागि दक्ष मानिएका उसको विवरण प्रकाशित गरिने र त्यहाँका कम्पनीहरुले आफ्नो आवश्यकता बमोजिम छनोट गर्न सक्नेछन् ।

छनोटमा परेमा ती व्यक्तिहरुलाई क्यानडाको अध्यागमन विभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्ने र त्यसको दुई महिनाभित्र आवेदन गर्नुपर्ने र त्यसको ६ महिनाभित्र भिसा पाउन सकिने जनाइएको छ ।

सन् २०१४ सम्म अहिलेकै व्यवस्था अनुसार र त्यसपछि नयाँ व्यवस्थाअनुसार आवेदन लिइने क्यानडेली सरकारले जनाएको छ । हाल क्यानडामा करिब २० हजार नेपालीहरु स्थायी बसोवास गरिरहेको अनुमान छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

काठमाडौं,भदौ ५–सिन्धुपाल्चोकको जुरेमा १७ साउनमा गएको पहिरोबाट सुनकोसी थुनिएर बनेको ताल पुरै खोल्न सम्भव नहुने निष्कर्ष बिज्ञले निकालेका छन् ।

१० लाख टन गेग्र्यान माटोले बनेको ताल पुरै खोल्न सम्भव नै नहुने निष्कर्ष सैनिक तथा भुगर्भविज्ञहरुको छ । सेनाका प्राविधिक सहायकरथी इन्जिनियर विजेन्द्र गौतमका अनुसार ताल पुरै खोल्न करिब ४५ करोड आबश्यक पर्छ ।

‘मानवीय संवेदनासमेत जोडिएको विषय भएकाले यसबारे सरकारले आवश्यक निर्णय गर्ला,हामी केही भन्ने अबस्थामा छैनौं,’ गौतमले भने,‘पुरै ताल खोल्न निकै महँगी पर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

’ महँगो बजेट खर्चेर ताल खोल्दा उत्पन्न हुने जोखिमसमेतलाई ध्यानमा राखेर ताल पुरै खोल्न नसकिने विज्ञको निष्कर्ष छ । सेनाको विकास निर्माण तथा स्थापित महानिर्देशनालयका इन्जिनियर डा. रामचन्द्र तिवारीका अनुसार थुनिएको पानीमा दश लाख टनभन्दा बढी गेग्र्यान जम्मा भएको छ ।

 अस्थायी तालको बाँध पनि चट्टानी गेग्र्यानले बनेका कारण पुरै पानी खोल्न सम्भब छैन । ‘अहिलेको अबस्थामा बाँध भत्काएर पानी खोलिने कुनै सम्भावना छैन’तिवारीले भने ।

सगुन प्रधान, पूर्व शिक्षिका, डिएभी स्कूल
मैले डिएभी स्कूलमा सन् १९९४ मा काम शुरु गर्दा जम्मा १८ जना विद्यार्थीहरु थिए । प्लस टु पास गरेर १८ वर्षको उमेरदेखि म त्यहाँ काम गरेको हुँ । सानो स्कूल थियो, बच्चा कम थियो कमाई त्यति थिएन, त्यही भएर त्यहाँ दुःख सुख गरेर काम गरियो । सबैका मिहिनेतले अहिले त्यहाँ चारहजार बच्चा पुगेका छन् । शुरुमा मैले एलकेजीदेखि पढाउन शुरु गरेका थिए । ६–७ सातवर्ष जति भयो मैले ६ सम्म पढाउन थालेको । पछि त्यस स्कूलको डिसिपिलिन इन्चार्ज भए । सबै छात्रा विद्यार्थीको कपाल, नङ्गदेखि लिएर कपडा, जुत्ता मुजासम्मको हेरविचार गर्थे राम्रो काम गरेको प्रसंशा पनि पाएको थिएँ त्यसबेला । तर, पछि अर्को नयाँ शिक्षिका ल्याएर राखियो । उनले धेरैमा दुई महिना मात्र काम गरिन् होला । उनको बारेमा केही नराम्रा कुराहरु थाहा पाएर प्रिन्सिपिलले स्कूलबाट उनलाई निकाली दिए ।
प्रिन्सिपलले ती केटीलाई कामबाट निकालेपछि त्यसको दोषी मलाई देखाउने काम भयो । डिएभी स्कूलका मालिक अनिल केडिया सरले मेरै कारणले ती केटी कामबाट निकालिएको भनि आरोप लगाउनु भयो । त्यही कारणले होला स्कूलले सबैको तलब बढाउँदा प्रत्येकको तीन–चार हजार रुपियाँको दरले तलब बढायो तर मेरो तलब ६ सय मात्र बढायो । मैले यो कुरा केडिया सरलाई गएर भने अनि उहाँले तपाईको तलब अहिले नै हाई भएका हुनाले बढाउने ठाउँ नभएर नबढाएको जवाफ दिनुभएको थियो । जबकि त्यो बेलाको मेरो तलब १८ हजार चानचुन कति थियो । २० वर्षसम्म काम गर्दा पनि तलब बढाई दिएन । उहाँले मलाई तबल बढाउने ठाउँ छैन भन्दा मैले पनि सर काम गर्ने ठाउँ छैन म काम छोड्छु भन्दिए । र, गएको दशैंमा मैले राजिनामा दिए । उहाँले पनि राम्रै मुखले म्याम दशैंपछि हिसाब गर्दा हुँदैन ? भन्दा मैले पनि किन नहुनु यत्रो २० वर्षसम्म विश्वासमा काम गरे जाबो एक महिनाका लागि के नै हुन्छ भनि हुन्छ सर भन्दिए ।
एक महिनापछि पैसा माग्न जाँदा त उहाँले ठाडै पैसा दिन्न यो मेरो संस्था हो । तपाईको पैसा दिनलाई त यो मेरो विल्डिगं नै बेच्नुपर्छ भन्नुभयो । ‘ए ! तेत्रो पैसा छ र जसको लागि विल्डिगैं बेच्नुपर्छ ? यदि मैले पाउनु पर्ने रकमले विल्डिगं बेच्नु पर्ने हो भने विल्डिगं नै मलाई दिनुस् म लिन चाहन्छु’ भन्दिए । उहाँले केही जवाफ दिनु भएन । मैले स्कूलबाट आफूले कमाएका पैसा लिन धेरै प्रयास गरे तर हालसम्म सफल हुन सकिँन । अति भएपछि म सिडियो कार्यालय, शिक्षा कार्यालय र प्रहरीमा गएर उजुरी गरे । १० महिना भयो उताबाट पनि केही भएन । उल्टै शिक्षा कार्यालयले स्कूलको विनियमावली अनुसार नै तपाईले पैसा पाउन सक्नु हुन्न । विनियमावली शिक्षक, शिक्षा र विद्यार्थीको हितमा हुनुपर्ने हो नि तर त्यस्तो केही थिएन । त्यो विनियमावलीमा एकजना केडिया सरको मात्र हस्ताक्षर रहेको छ । त्यहाँ त अरु पनि काम गर्ने मुख्य व्यक्तिहरु छन् कसैको हस्ताक्षर त्यसमा थिएँन । त्यो विनियमावली त्यहाँ काम गर्ने शिक्षक, विद्यार्थी तथा स्टाफहरुको हितमा छैन र म त्यसैको विरुद्धमा लडिरहेको छु । आजसम्म केही फल प्राप्त गरेको छैन तर हारेको छैन ।
१५–२० दिनअघि स्कूलबाट मलाई फोन आयो । प्रिन्सिपलले तपाईसँग भेटन् खोजिरहेको खबर आयो । के भयो र, ठिकै छ नि भन्दै म डीएभी स्कूलमा केडिया सरलाई भेट्न गए । मसँग एक्लै भेट्ने केडियाले त प्रिन्सिपलदेखि लिएर अन्य स्टाफहरुलाई बोलाएर त्यहाँ राख्नुभएको थियो । DAVम एउटी केटी मान्छेलाई बोलाएर त्यत्रो मान्छेको बीचमा केडिया सरले मलाई तथानामा गाली गर्दै पैसा दिन्न सक्ने भए अदालत जानु भन्नुभयो । मैले पनि ‘यत्रो मान्छेको बीचमा मलाई बेइज्जत गर्नका लागि बोलाउनु भएको हो । म डराउने बाला आइमाई होइन । बाहिर तपाईले जे जे गर्नु भयो त्यो त ठिक्कै छ तर आज यहाँ मलाई बोलाएर यति मान्छेको बीचमा गाली गर्नु हुन्छ, अदालत जान तपाई खपिस्स हुनुहुन्छ, शिक्षा कार्यालयदेखि लिएर सिडियो कार्यालयसम्म सबै खरिद गर्नुभएको छ । म जहाँ जहाँ गए त्यहाँ त्यहाँ तपाईले मान्छे खरिद गर्नुभयो । तपाई नै अब त्यस्तो ठाउँमा जानु । म एउटा शिक्षिका मान्छे अदालतमा गएर एउटा वकिललाई पैसा खुवाउनु भन्दा त आफ्नो छोराछोरीलाई पाल्छु भन्दिए ।’ म कहाँ कहाँ जान्छु थाह छैन तर म आफ्नो लडाई जारी राख्छु र जितेर देखाउँछु ।
केडिया सरले शिक्षा कार्यालयमा एउटा पत्र पठाउनु भएको थियो, त्यसमा लेखिएको छ, उसको श्रीमान दैनिक स्कूलमा गाली गलौज र झगडा गर्न आउँथे ।’ मैले केडिया सरलाई भने, ल ठिक छ मेरो श्रीमान मलाई झगडा गर्न स्कूल आउँथे रे, तर तपाईको स्कूलमा हरेक ठाउँमा सीसी क्यामरा छ । कुनै ठाउँमा मेरो श्रीमान छ भने फुटेज देखाउनु भयो भने म तपाईको स्कूलबाट एक रुपियाँ पनि लिदिँन ।’ लास्टमा आएर मलाई डेढलाख रुपियाँ दिन खोज्नु भयो । मैले भने, २० वर्ष काम गर्नेलाई के आधारमा डेढलाख रुपियाँ दिनु भएको हो । अनि उहाँले मैले आफ्नो मनले दिएको भन्नुभयो । मैले भने, मलाई तपाईले बनाएको विनियमावली अनुसार नै मेरो पैसा चाहियो । विनियमावलीबाहेक एक रुपियाँ बढी तपाईको रुपैयाँ चाहिदैन ।’
मैले त्यो स्कूलमा १८ वर्षको उमेरमा हुँदा काम शुरु गरेका थिए । प्लस टु पास गरेर त्यहाँ काम शुरु गरेका थिए । त्यहाँ हुँदा मेरो विहे भयो । त्यही हुँदा छोरा छोरी भयो । त्यही हुँदा मेरो छोरीले पढ्यो । आज ४२ वर्षको भएको छु । म आफ्नो जीवनको आधा त्यहीँ बिताएको छु । अनि कसरी त्यतिकै छोड दिन्छु । म लड्नलाई हिँडेको छु र म लड्छु । मैले पाउनु पर्ने सरकारी विनियमावली अनुसार गइयो भने त्यसमा २० वर्षसम्म काम गर्नेलाई दोब्बर दिनुपर्ने प्रावधान छ त्यसो भए म ४० महिनाको तलब पाउनु पर्छ । अरु अहिले मलाई १० महिनासम्म झुलाएको छ त्यसको पनि क्षतिपूर्ति दिनुपर्छ । राजिनामा दिएको स्वीकृत भएको छ कि छैन त्यो पनि देखाएको छैन ।
त्यो स्कूलमा यस्तो अवस्था बनाई दिएको छ कि केडिया सरको विरुद्धमा कोही बोल्दैनन् । जे दिन्छन् थपेर लिन्छन् । मेरो श्रीमान कमाउने भएकाले म जागिरबाट हटेपनि मलाई समस्या छैन तर त्यहाँ यस्ता धेरै छन् जसलाई जागिरबाट हटाए भने उनको चुल्हो जल्दैनन् । त्यसैले त्यहाँको शोषणले सीमा नघाघेको छ । मलाई पनि शोषण गर्ने प्रयास गर्यो तर मैले बेलैमा राजिनामा दिएर हिडे । मैले त्यहाँका कतिपय साथीहरुलाई भने, अहिले तपाईहरुले मलाई साथ दिनु भएको छैन तर भोली थाहा पाउनु होला । म जेका लागि लडिरहेको छु यदि त्यो कार्यान्वयन भयो भने भोली तपाईहरुले म जस्तै दुःख पाउनुहुन्न । अनि उहाँहरुले पनि के गर्नु म्याडम तपाईको पो सुविधा छ तपाई दुई महिना काम नगरेपनि जीवन चलाउनु हुन्छ तर हाम्रो त गाह्रो छ यहाँबाट जागिर छोडेर दुई महिना बस्यो भने घरमा समस्या उत्पन्न्न हुन्छ त्यसैले तपाई लड्नुस हाम्रो नैतिक समर्थन छ भन्नुभयो ।
कालिमाटीमा १८ जना विद्यार्थी लिएर घरभडामा विद्यालय चलाउँदा घरभाडा तिर्न नसकेर जहिले पनि केडिया सर कहाँ घरबेटी कराउन आउँथे । तर अहिले आफ्नै भवन छ । कहाँबाट आयो त्यत्रो पैसा ? उहाँले एक्लैले कमाउनु भएको हो र ? सबै टिचर र स्टाफको सहयोगले त्यस्तो भएको हो यदि टिचरले राम्रो काम नगरि दिएको भए आज त्यो स्कूल त्यस्तो हुन्थ्यो र ? हुँदैन्थ्यो नि । टीम वर्क नहुँदा कति स्कूलहरु डुवेका छन् भनि हामी सामु थुप्रै उदाहरणहरु छन् र डिएभीमा टीम वर्क राम्रो भएका कारणले यस्तो गर्न सकेको हो । स्कूलमा टिचरहरुले आन्दोलन गर्दा एकजना शिक्षकले आफै टाउको ठोकेर फुटाउनु भएको थियो र दोष स्कूललाई दिन खोज्नु भएको थियो तर मैले आफ्नै आँखाले देखेको कारणले एउटा केटी मान्छे भएर पनि प्रहरीमा बयान दिन गएको थिए स्कूलको पक्षमा । स्टापहरुको आन्दोलनमा चक्का जाम हुँदा म त्यत्रो चिसोमा पनि चौक चौकमा गएर बच्चा बोकेर स्कूलमा ल्याउथे त्यो कुराहरु केडिया सरले अहिले विर्सिनु भयो ।
रातोपाटीमा प्रकाशित

निर्मल निवास छिर्न क–कसलाई लगाइयो रोक ?

काठमाडौं,साउन१२– पुर्वराजा ज्ञानेन्दैले पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई निर्मल निवास वरीपरी आउन निषेध गरेको समाचार छ । पारसका साथी राजु सिंह उनलाई निकै बैंकक गएका बेला यता निर्मल निवासमा भने उनीसहित पारसका आसेपासे,साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ । 
हिमानीको सक्रियतामा पारसका कुलतका साथ र उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा,राजु सिंह,मीन बस्नेत लगायतका पारसका पुराना साथीहरुलाई अचेल राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् । हिमानीविरुद्ध पारसलाई भड्काउनेमा समेत उनका आसेपासे लागेको निर्मल निवासको ठहर छ । स्रोतका अनुसार पारसले नेपाललाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई समेत पुर्वराजाका साथै पारसकी पत्नी पुर्वराजकुमारी युवराज्ञी हिमानीले रुचाउन छाडेका छन् । पारसलाई पुर्वराजाका जन्मदिन असार २३ गते मै नेपाल ल्याउनका लागि किशोरी महतो,जगत गौचन लगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर त्यतिवेला पनि पुर्वराजा र हिमानीको कारण उनीहरुको प्रयास असफल भएको थियो । त्यही समुह अहिले पारसलाई नेपाल ल्याउन लागिपरेको छ । यी व्यक्तिहरुलाई निर्मल निवासमा निषेध गरिएको स्रोतले बतायो ।
हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी छन् । आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।पारस नेपाल आएपछि हिमानी पारसँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

नेपालमा बस्दा डाङडुङ गर्ने बानी परेका पूर्वयुवराज पारस शाहले थाइल्यान्डको एक होटलमा झगडा गरेर ६५ हजार भाट जरिवाना तिरेका छन्। लागूऔषध प्रयोग गरेको विषयमा अदालतमा परेको मुद्दा किनारा लागेका दिन यही असार २६ गते थाइल्यान्डको सुकुमितस्थित डेविस होटलमा प्रेमिका कन्निकाका साथीसँग झगडा गरी होटल तोडफोड गर्दा पूर्वयुवराज पारसले उक्त रकम जरिवाना तिरेका हुन्।

होटलमा केही नेपालीसहित पार्टीमा सहभागी भइरहेको बेला कन्निकाले आफ्ना केही साथीलाई समेत सहभागी गराएपछि भनाभन भएको थियो। भनाभनका क्रममा पारसले कन्निकाकी साथीलाई हात हालेर होटलसमेत तोडफोड गरी ६५ हजार भाट जरिवाना तिरेको थाइल्यान्डस्थित स्रोतले जनाएको छ। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।

लागूऔषध मुद्दा खेपिरहेका पूर्वयुवराज पारस चार महिनाअघि अदातलले बोलाउँदा समेत उपस्थित नभए पनि पछि मात्रै अदालतको आदेश पालना गर्दै यही २६ गते फुकेट अदालत पुगेका थिए। थाइल्यान्डका वकिल साक्थाइले पारसको मुद्दा हेर्दै आएका छन्। वकिल साक्थाइ र नेपाली सहयोगीका साथ लागूऔषधको मुद्दाको विषयमा फुकेट अदालतमा बयान दिनुभएको थियो। अदालतले सफाइ दिए पनि उनको भिसा नथप्ने भएको छ। स्टुडेन्ट भिसामा थाइल्यान्ड बसिरहेका पूर्वयुवराज पारस होटलमा झगडा परेपछि २७ गते च्याङमाइ पुगेर पुनः फुकेट आएका हुन्। ‘प्रेमिकासँग झगडा भए पनि अहिले पनि दुवै जना सँगै बसिरहेका छन्’ –स्रोतले भन्यो।

‘थाई सरकारले भिसा थप नगर्ने जनाएपछि उहाँको नेपाल फर्कनुको विकल्प छैन, कि त अर्कै देश जानुपर्यो। हैन भने नेपाल फर्कनुको विकल्प छैन’–एक नेपालीले भने। स्रोतका अनुसार उनको भिसा अगस्ट ६ तारिख अर्थात् साउन २१ गतेसम्मका लागि मात्रै छ। ‘भिसा नथपिने भएपछि उनी नेपाल फर्कने तयारी गरेका छन्’ –पारिवारिक स्रोतले भन्यो। पारसलाई लिन उनी साथी राजीवराजेश सिंह साउन पहिलो साता थाइल्यान्ड गएका हुन्। पारस नेपाल रहँदा पनि सँगै हिँडडुल गर्दै आएका सिंह पारसको अवस्थाबारे जानकारी लिन पटकपटक थाइल्यान्डमा जाने गरेका थिए।

च्याङमाइ सुधारगृह छाडेपछि पूर्वराजा ज्ञानेन्द्रको पूर्ण खर्चमा थाइल्यान्डको पाँचतारे होटलमा बस्दै आएका पूर्वयुवराज साउनको दोस्रो साता नेपाल फर्कने तयारी गरेका छन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

 एजेन्सी । निकै उचाइबाट झरेका झरनाहरु सुन्दर लाग्छ । त्यसमाथि पनि तिव्र गतिमा झरिरहेको झरनाको सुन्दरताले मन नै लोभ्याउने गर्छ । संसारमा यस्ता झरनाहरु छन् जो अत्यन्तै सुन्दर छन् । ति झरनाहरु जीवनमा एकपटक मात्र हेर्न पाएपनि निकै आनन्द मिल्छ ।

१. एन्जेल झरना
दक्षिण अमेरिकी देश भेनेजुएलामा रहेको यो झरना संसारकै सबैभन्दा अग्लो झरना हो । सन् १९३३ मा एक साहसी अमेरिकी अनुसन्धानकर्ता जेम्स एन्जेलले पत्ता लगाएका हुन् । उनकै नामबाट यसको नाम पनि एन्जेल झरना भएको हो । ९७९ मिटर उचाई भएको यो झरना विश्व सम्पदा सूचीमा समेत समावेस गरिएको छ ।



२.भिक्टोरिया झरना
दक्षिण अफ्रिकाको जांबेजी नदिमा अवस्थित छ । यसलाई मोसी–ओआ–तुन्या नामबाट चिनिन्छ, जसको अर्थ धुवादार र गर्जिने भन्ने हुन्छ । विश्व सम्पदा सूचीमा सुचिकृत रहेको यो झरनाको न धेरै उचाई छ न चौडाई नै । तर यो धेरै लामो रहेको छ । अन्तन्तै तिव्र गतिमा पानी खस्ने यो झरनाको उचाई १ सय ८ मिटर रहेको छ ।




३.नियाग्रा झरना
नियाग्रा झरना संसारकै सबैभन्दा प्रख्यात झरना मानिन्छ । यो झरना अमेरिका र क्यानडाको सिमा रहेको छ । यसको एक हिस्सा क्यानेनियन क्षेत्रमा हार्सशो झरना र अर्को हिस्सा अमेरिकी क्षेत्रमा अमेरिकन झरनाको रुपमा रहेको छ । क्यानेडियन क्षेत्रमा रहेको झरना निकै ठूलो रहेको छ । यहाँ ५३ मिटर उचाईबाट खस्छ भने अमेरिकल झरना करिव ३० मिटर उचाईबाट झर्छ ।




४.नोहकलिकाई झरना
यो झरना भारतको मेघालयमा रहेको छ । संसारकै सबैभन्दा बढि पानी पर्ने भारतको चेरापुन्जीको नजिकै रहेको यो झरना आकर्षणको केन्द्रको रुपमा रहेको छ । यो झरना ३ सय ३५ मिटर उचाईबाट झर्ने गर्छ ।




५.सदरल्याण्ड झरना
न्युजिल्याण्डको फिओरदल्याण्डमा रहेको यो झरना ५ सय ८० मिटर उचाईको छ । सन् १८८० मा डोनाल्ड सदरल्याण्डले पत्ता लगाएको यो झरना उनकै नामबाट नामाकरण गरिएको हो । तीन स्रोतबाट झर्ने यो झरना निकै अनौठो लाग्छ ।




६.गोल्डेन झरना
दक्षिण पश्चिम आइसल्याण्डमा रहेको यो झरना निकै शानादार छ । यसलाई गलफोसको नामबाट चिनिन्छ । यसको उचाई करिव ११ मिटर मात्र छ ।


७.केइटेर झरना
दक्षिण अमेरिकी देश गुयानामा रहेको यो झरना जंगलको बिचमा रहेको छ । आयातकार देखियो यो झरना २२६ मिटर उचाईको छ । यसलाई एक प्राचीन झरना मानिन्छ ।


कायरो, असार ९ – इजिप्टको एक अदालतले आइतबार अल जजिरा टेलिभिजनका तीन पत्रकारलाई सातदेखि दश बर्षको जेल सजाय सुनाएको छ ।
सो सजाय सुनाइएका पत्रकारहरुमा एक अस्ट्रेलियाली पत्रकार पेटेर गे्रस्टेसमेत रहेका बताइएको छ ।
ग्रेस्टे र इजिप्टका मोहमेद फाडेल फामीलाई सात बर्षको जेल सजाय सुनाइएको छ । त्यसैगरी अल जजिराका निर्माता बहेर मोहमेदलाई सात बर्ष र तीन बर्ष गरी दुई चरणको सजाय सुनाइएको छ ।
ती सबै माथि अदालतले मुस्लिम बद्ररहुडको कालो सुचीमा परेका सदस्यको आरोप लागाइएको जनाइएको छ । इजिप्टमा सन् २०१३ को जुलाईमा इस्लामिस्ट राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरिएपछि उनका समर्थकमाथि भिषण दमन गरिएको छ ।
मोर्सी अपदस्थ भएदेखि हालसम्म सैनिक दमनका मुुुस्लिम बद्ररहुडका एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौं पक्राउ परेका छन् ।


सुन्दर बन्‍न रहर जोकोहीको हुन्छ। विवाह, पार्टी, चाडबाडको समयमा अरूभन्दा अलि बढी नै सुन्दर देखिने चाहना हरेक महिलाको हुन्छ। यसका लागि बजारमा पाइने जस्तोसुकै क्रिम, लिपस्टिक र नक्कली गरगहना किन्‍न गरेको पाइन्छ। हाल बजारमा सानादेखि केही ठूला कम्पनीद्वारा उत्पादित विभिन्‍न ब्रान्डका सौन्दर्य प्रसाधन ग्राहकमाझ लोकप्रिय छन्। यस्ता सौन्दर्य प्रसाधनको प्रयोगले केही समयका लागि सुन्दर देखिए पनि यसले अन्तत: हाम्रो छालालाई नकारात्मक असर पुर्‍याइरहेको बारेमा भने धेरैलाई जानकारी नहुन सक्छ।
बजारमा पाइने यस्ता सामग्रीमा केही कम्पनीको लोगोसहितका ब्रान्डेड सामान हुन्छन् भने केहीले भने चलनचल्तीका नाम प्रयोग गरे पनि सामान नक्कली हुन्छ। तर, यी दुवै खालका उत्पादन मानव शरीरका लागि अस्वस्थ मानिन्छ। नेपाल र विभिन्‍न ठूला मुलुकमा भएका अध्ययनहरूले 'ह्वाइट स्किन क्रिम', 'लिपस्टिक' र 'नक्कली गरगहना' छालाका लागि निकै हानिकारक मानिएको पुष्टि गरिसकेको छ।


क्रिममा पारो
अहिले बजारमा पाइने ह्वाइट स्किन क्रिम लगाएर आफ्नो अनुहारलाई क्षणिक भए पनि चम्किलो र गोरो बनाउने रहर महिला पुरुष दुवैलाई हुन्छ। यस्ता क्रिमले दीर्घकालीन तथा तत्कालै विभिन्‍न प्रकारका घातक रोग निम्त्याउने खतरा त्यत्तिकै हुन्छ।छाला टल्काउने क्रिममा पारो (मर्करी) प्रयोग गरिएको हुन्छ। पारो आफैंमा 'घातक विष' हो। जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले गरेको अध्ययनअनुसार बजारबाट संकलन गरिएका साना तथा ठूला ब्रान्डेड कम्पनीबाट उत्पादित क्रिममा पारो भेटिएको छ। बजारमा पाइने कुनै पनि क्रिमको प्याकेटमा पारोसम्बन्धी विवरण खुलाइएको भेटिएन। नेपालमा त झन् क्रिममा कति परिमाणमा पारो हुनुपर्छ भनेर कुनै मापदण्डसमेत नतोकिएकाले उपभोक्ता जानीनजानी यस्ता क्रिम प्रयोग गर्न बाध्य भइरहेका छन्।
सिफेडले बजारमा सबैभन्दा बढी बिक्री हुने विभिन्‍न ब्रान्डका सातवटा नमुना संकलन गरेर भारतको दिल्लीस्थित देल्ही टेस्ट हाउसमा परीक्षण गराएको थियो। जसअनुसार सातमध्ये दुईवटा सेभेन इन वन एन्टी एजिङ क्रिम (ओले) र लोटस हर्बलमा पारोको मात्रा ०.०२५ एमजी/केजीभन्दा कम रहेको भेटियो। यसैगरी सबैभन्दा बढी गार्नियर स्किन नेचुरलमा पारोको मात्रा ०.५२१ एमजी/केजी भेटियो। सबैभन्दा कम भने पुरुषका लागि बिक्री हुने फेयर एन्ड लभ्लीमा ०.०२६ एमजी/केजी रहेको पाइयो।
गरगहनामा सिसा
सुन र चाँदी होइन। तर, त्यस्तै महँगो गरगहनाजस्तो देखिने नक्कली गरगहनाको अवस्था पनि राम्रो भेटिएन। चोरी हुनबाट पनि जोगिने र सौन्दर्य पनि चम्काउने हुनाले हिजोआज सुन र चाँदीको जलप लगाइएका गहनाप्रति धेरैको आकर्षण बढेको पाइन्छ। ग्यारेन्टी भएको र ग्यारेन्टी नभएको यस्ता गरगहनामा सिसा (लिड)को मात्रा भेटिएको छ। सिफेडले राजधानीका केही गहना पसलबाट औंठी, हातमा लगाउने बाला, टप, नेक्लेसको नमुना संकलन गरेको थियो। नमुनाहरूलाई सरकारी मातहतको नेपाल इन्भायरोमेन्ट एन्ड साइन्टिफिक सर्भिस प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। परीक्षणका क्रममा सिसाको मात्रा अत्यधिक रहेको पाइयो।
सिफेडका कार्यकारी निर्देशक रामचरित्र साहका अनुसार परीक्षणका क्रममा कानमा लगाइने टपहरूमा धेरै मात्रामा सिसा भेटिएको थियो। टपमा सात लाख ७५ हजार पाँच सय पीपीएम (पार्टस् पर मिलियन)को हाराहारीमा सिसा भेटिएको थियो। अमेरिकाले सामान्यतया तीन सय पीपीएमसम्म सिसाको मात्रालाई 'ठीक' भनेको छ। यस्तै औंठीमा भने अधिकतम ६१ हजार दुई सय पीपीएम सिसा भेटियो भने चेनमा तीन लाख २१ हजार नौ सय पीपीएमसम्म सिसाको मात्रा पाइयो। सबैभन्दा कम भने बालामा ९० पीपीएमको हाराहारीमा मात्रै सिसा भेटिएको उनले बताए। गरगहनामा समेत सिसाको परिमाणबारे उपभोक्तालाई जानकारी गराउने हिसाबले कुनै पनि विवरण उल्लेख गरिएको छैन।
लिपस्टिकमा पनि सिसा
ओठ चम्काउन लगाइने लिपस्टिकको अवस्था त झन् भयावह नै भेटिएको छ। सिफेडले गरेको अर्को अध्ययनअनुसार लिपस्टिकमा पनि सिसाको मात्रा अत्यधिक भेटिएको छ। सिसा मिसाइएको लिपस्टिक अत्यन्त हानिकारक मानिन्छ। राजधानीमा बिक्री हुने सामान्यमात्रै नभई सबै ब्रान्डेड लिपस्टिकमा समेत सिसाको औसत मात्रा ९०.१२५ पीपीएम रहेको पाइयो। यो अमेरिकी मापदण्डभन्दा नौ सय एक गुणा बढी हो।
अमेरिकी मापदण्डअनुसार रङमा ०.१ पीपीएमभन्दा बढी सिसा प्रयोग गर्नु भनेको मानव स्वास्थ्यका लागि विभिन्न प्रकारका घातक रोग निम्त्याउनु हो। अन्तराष्ट्रियस्तरका याक ब्रान्डको ब्लड रेड, लोरियल पेरिस ब्रान्डको वेरी, रेभ्लोनको चकलेट, ल्याक्मे स्ट्रवेरी, सिसिडोको ग्लाम साइन, डिलीको पिंक, च्यानलको ब्राउन, मिडाईको लाइट पिंक ब्रान्डका लिपस्टिकमा सिसाको मात्रा भेटिएको हो। अध्ययनअनुसार सबैभन्दा बढी एक सय ४५ पीपीएम म्याक ब्रान्डको बल्ड रेडमा पाइएको छ। यसैगरी सबैभन्दा थोरै लोरियल पेरिस ब्रान्डमा ३० पीपीएम पाइएको छ। रेभ्लोन, ल्याक्मे, सिसिडो, डिली, च्यानल र मिडाईमा लिडको मात्रा क्रमश: ४०, ५०, एक सय २३, एक सय १६, एक सय एक र एक सय १६ पीपीएम पाइएको जानकारी वैज्ञानिक साहले दिए।
सिफेडको अध्ययनपछि विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालय र सूचना तथा सञ्‍चार मन्त्रालय मिलेर सौन्दर्य प्रसाधन र गरगहनामा हुनुपर्ने सिसा तथा पारोको आवश्यक मापदण्ड निर्धारण गर्ने विषयमा नीति बनाउने तयारी गरिरहेको छ।
करिब पाँच वर्षअगाडि भएको एक अन्तराष्ट्रिय अध्ययनअनुसार एक महिलाले जीवनभर विभिन्‍न प्रकारका तीन किलो लिपस्टिक खान्छन् भने उनीहरूका प्रेमी वा श्रीमान्‌को चुम्बनबाट एक किलो हानिकारक लिपस्टिक खाँदै आएका छन्।
कुन पदार्थले कस्तो हानि गर्छ?
सिसा : सिसा मिसाइएको रङ सेवनले रक्तनलीमा पुगेर रातो रक्तकोषिकालाई मार्छ। यसले गर्दा विभिन्न अंग तथा तन्तुमा रगतको अभाव भएर अक्सिजनको मात्रा घट्दै जान्छ। अक्सिजनको मात्रा घट्दै गएपछि मानिसको मृत्यु हुने सम्भावना हुन्छ। सिसाले मिर्गौलामा असर पुर्‍याउनुका साथै छारेरोग पनि निम्त्याउँछ। साथै मस्तिष्क र स्नायुप्रणालीमा पनि असर पुर्‍याउँछ। गर्भावस्थामा सिसाको सम्पर्कमा आउँदा गर्भको बच्चालाई समेत खतरा हुन्छ। यसबाहेक पेट दुख्‍ने, तौल घट्ने, कब्जियत, अनिद्रालगायतका समस्या पनि आउन सक्छन्।
पारो : विश्‍व स्वास्थ्य संगठनका अनुसार पारोले स्नायुप्रणाली, पाचनप्रणाली, श्वासप्रश्वास प्रणालीसहित मिर्गौला तथा फोक्सोमा असर पु:याउँछ। यसले सुन्ने र हेर्ने शक्ति मा ह्रास ल्याउनुका साथै बच्चाको बौद्धिक तथा शारीरिक विकासमा असर गर्छ। रिसाउने, लजाउने, काम्ने, स्मरणशक्तिसम्बन्धी समस्या, वाकवाकी लाग्ने, रक्त चाप तथा छातीको धड्कन बढ्ने, फोक्सोको समस्या, छालामा दाग निस्कने तथा आँखा पाक्ने रोगहरू देखा पर्छ। गर्भावस्थामा पारोको सम्पर्कमा आउँदा बच्चाको शारीरिक विकासमा बाधा हुनुका साथै बौद्धिक विकास र सिक्ने क्षमतामा पनि नकारात्मक प्रभाव पर्छ। लामो समयसम्म पारोको सम्पर्कमा आइरहँदा बाँझोपनजस्तो गम्भीर समस्या पनि निम्तिन सक्छ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget