खिलक बुढाथाकी
तिहारले हामीसँग एक वर्षको लागि बिदा मागेर गैसकेको छ। फूलमाला र सप्तरंगी टीका लगाउन हामीले अब एक वर्ष कुर्नै पर्दछ। तिहार बितेको दिन गन्ति गर्ने हो भने १० दिन हुन लागिसक्यो। जसमा ३ गुना गर्ने हो भने एक महिना हुन आउँछ।
यो भनेको लामो समय हो, तर हिजोआज धेरैको मनमा बस्न सफल सामाजिक माध्यम फेसबुकमा तिहार आउने क्रम जारी छ। अर्थात तिहारका फोटोहरु आउने क्रम जारी छन। यी फोटाहरु हेर्दा लाग्छ तिहार त हिजो पो हो की, आज नै पो हो की जस्तो।
फेसबुक प्रयोगकर्ता साथीहरु तिहारमा आफ्ना दिदी बहिनी दाजभाइसँग खिचेका फोटाहरु हालिरहेका छन्। मैले पनि देखे जति सबैको लाइक गर्न भुलेको छुइन। मैले पनि यो पालि तिहारका झिलीमीली भएका २ दर्जन फोटाहरु फेसबुकको वाल नै झिलीमील्ली पारेर हालेँ। दाजु दिदि भाउजु भाइ लगायत छरछिमेकी साथीहरुका समेत गरेर। लाइक आउने क्रम भने अझै नै जारी छ।
सबैभन्दा बढी लाइक त आफ्नै कलेजतिरका दामेल साथीहरुले गरिरहेका छन्। कतिपयले त कमेन्ट पनि गरिरहेका छन। तिहार त रमाइलो भएछ, नाइस पिक्चर, तिम्रो दाजु भाउजु दिदि चिने नि यस्तै यस्ता कमेन्टहरु। त्यसैगरी साथीहरु भेट्दा पनि तिहार कस्तो भयो त भनेर सोधिरहेका छन्। म पनि सोधिरहेको छु। सबैको प्रतिक्रिया रमाइलो भयो भन्ने नै आइरहेको छ।
मेरो पनि रमाइलो नै भएको कुरा सुनाइरहेको छु सबैलाई। आज पनि एउटा साथिलाई भेटेँ। जुन मेरा मिल्ने साथी मध्येको एक हो। अझ उसको त म सबैभन्दा मिल्ने साथी हुँ। हामी प्लस टु देखिनै सँगै छौं। उसको र मेरो भेट नभएको झण्डै एक महिना भइसकेको थियो। हामी एउटा कफी सपमा बसेर कुरा गर्न थाल्यौ।
लामै समयसम्म कुरा गर्यौ। एक महिनासम्म हामीले गरेका सम्पूर्ण कार्यहरू एक अर्कालाई सुनायौं। पहिला मैले सुनाए उसलाई। त्यसपछि उसले सुनाउँदै गयो आफूले गरेका साना गतिविधिहरु पनि। यतिसम्म की दशैंमा कुन मामाले कति दक्षिणा दिए भनेर समेत सुनायो। तर, यी कुराहरु त मैले पनि सुनाएको थिए उसलाई।
तिहारको कुरा सुनाउने बेला भने उ अकमकियो र मतिर हेर्दै भन्यो तिम्रो त तिहार रमाइलो भएछ। दिदीहरुको हातको टीका लगाएछौ, यो वर्ष दाजुभाईसँगै भएछौ। मैले फेसबुकमा फोटो हेरेको थिए। उसले यति भनेपछि मैले हतारिँदै सोधेँ किन र के भयो तिम्रो तिहार?
उसको बाबा नभएकाले मैले थपे कि यसपाली कोहि जुठो लाग्ने मरेर फूलटीका लगाउनु भएन। साँची यसपाली त फेसबुकमा फोटा पनि हालेनौं। मैले यति भनेर शान्त बनेपछि उसले आफनो अनुहारमा अध्यारो छर्दै भन्यो। खिलक खै मेरो त तिहार के भयो भनौं के भयो यार। न रमाइलो भनौ न नरमाइलो भनौ आफै अनविज्ञ छु यार।
टीका पनि लगाए, सेल पनि खाएँ तर, तिम्रोभन्दा धेरै फरक तरिकाले मनाए यार। फरक कस्तो फरक के भन्दै छौ तिमी अलि अच्चम मान्दै मैले सोधेँ। हो यार तिम्रो भन्दा फरक बिल्कुल फरक टेबुलमा कुहिनो टेकायो र हत्केलामा टाउको अडाउँदै उसले भन्यो, 'हो खिलक मेरो तिहार म तिमीलाई सुनाउँछु। तर, मलाइ नराम्रो पनि नसोच र अरू कसैलाई पनि नसुनाउ। मैले मात्र तिमीलाई एउटा बेष्ट साथी सम्झेर भन्दै छु।' उ यति भन्दै टेवुलमा राखेको सेलाइसकेको कफी मोहि तानेझै तानेर कप भुइमा राख्दै भन्न थाल्यो, 'खिलक यो वर्ष दसैं मान्न गाँउ जानुभएको दिदी उतै बस्नुभो। मलाइ उतै आउनु भनेको थियो तर, म जान पाइन। दिदीलाई यतै एउटा बहिनी बनाएको छु यतै लगाउँछु भनेर टारेँ र यो वर्ष टीका नलगाउने निर्णय गरे। कसैलाई भनिन केवल तिमीलाई पनि मात्रै उसलाई बाहेक।
जोसँग वर्षौदेखि जुनीजूनी सँगै बस्ने, सँगै मर्ने, सँगै बाच्ने सपना देखिरहेको छु। त्यसदिन कतै नगइ कोठामै बस्ने निर्णय गरे र उसले पनि यही भनेकी थिई। ऊ अघिल्लो दिन बेलुका मेरो लागि सेलरोटी लिएर आएकी थिई मेरो कोठामा। आफू त्यसदिन भाइहरुलाई टीका लगाएर ३ बजेतिर आउने कुरा पनि भनेकी थिइ उसले। मैले पनि त्यो दिन त्यसै गरे। बिहानै देखि कतै पनि गइन। सेल खाएँ दिदिलाई सम्झे तिमीले कलेजमा कवितालाई बहिनी बनाको कुरा सम्झेँ आफूले पनि बनाउन पाएको भएत यो पटक मेरो दिदी गाँउमा हुनुहुन्छ तिमी टिका लगाउन आउ ल भन्नु हुन्थ्यो नि खिलक त कति बाठो रहेछ यस्तै हुँदा खेरि काम लाग्छ भनेर बेलैमा जुक्ति पुर्याएको रहेछ म त उ जति बाठो पनि रहेनछु यस्तै कुराहरु मनमा खेलाएर कोठा मै बसिरहे फेसबुक चलाएर।
१२ बज्दै थियो साथीहरूले फुलमाला लगाएका फोटाहरु फेसबुकमा हाल्न भ्याइसकेका थिए। त्यस्ता फोटाहरु देख्दा मन बहकीरहेको थियो। उसले पनि आफना भाइहरूलाई फूलमाला लगाएको फोटो हाल्न भ्याइसकेकी थिइ। म उसैको त्यो फोटो हेरेर टोलाइरहेको थिएँ। यहिबेला अचानक उसलाई देखे कोठामा। मलाइ सपना जस्तो लाग्यो ३ बजेतिर आउछु भनेकी मान्छे १२ बजे नै आउँदा। ऊ निकै खुसी मुडमा थिइ यो कुरा उसको अनुहारले बताइरहेको थियो। ऊ भाइलाई फूलटीका लगाउन आए जसरी नै आएकी थिइ फूलमाला लगायत आवश्यक सामग्री लिएर।
मैले उसको त्यो तयारी देखेर भने, 'हन तिमीले यो के गरेको? भाइलाई टीका लगाउन आए जसरी आएका छौ त फेरि बेलुका खेरि आउँछु भनेकी मान्छे एक पनि नबज्दै आयौ।
मैले यति भनिसकेपछि उसले मेरो नाम लिँदै भनि हो म तिमीलाई भाइटीका फूलमाला नै लगाउन आएकी हुँ। उसले यति भनेपछि मलाई उसले जिस्काए जस्तो लाग्यो। म रिसले चुर भए सायद यति धेरै म उसँग पहिलो पटक रिसाएको थिए।
मैले रिसाकै स्वभावमा फूलमाला भनेर आजै बरमाला लगाइदिन आयौकी कसो कि मलाइ जिस्काउन आएको अलिकति मानवता छैन है तिमीमा।
म यति भनेर रोकिए र उसले भनि तिमीलाई यस्तो लाग्नु स्वभाविक हो। म मानवता नभएर होइन मानवता भएर तिमीलाई जिस्काउन बरमाला लगाउन नभएर तिम्रो ओठमा हाँसो छर्न फूलमाला लगाउन आएको। अघिपछि म तिमीलाई बरमाला लगाउने केटी नै हुँ तर अबको एक घण्टासम्म म तिम्रो चेली बन्दै छु भने तिमी मेरो माइती बन्दै छौ। म तिमीलाई फूलटीका लगाउँदैछु। यदि तिमीले आज मेरो हातबाट फूलटीका लगाएनौं भने मेरो हातबाट बरमाला लगाउने कुरा त छाड मलाइ चाहेर पनि यो धर्तिमा देख्न पाउने छैनौं। तिमीले मलाइ तिम्रो कोठाबाट लास बनाएर निकाल्ने छौ। आजको दिनमा म तिमीलाई फूलटीका नलाइकन खाली बसेको हेर्न सक्दिनँ।
यदि तिमी मलाई तिम्रो निरासमय खाली अनुहार देखाउँछौं भने तिम्रो अनुहार सधै निरास नै हुनेगरि छिन भरमा म लाश बन्ने छु। म तिम्रो बेखुसी हेर्न सक्दिन म त सँधै तिम्रो खुसीमा रमाउने मान्छे। उसले आँखाको डिलमा गाँउमा बारी जोत्दा गोरू छेउ लाउँदा कहिलेकाही गोरुले २ वटा खुट्टा डिलामुनी झार्दा तल्लो कान्लोमा गएर हत्केलामा गोरुका खुट्टा राखेर अडाइन्थ्यो त्यसैगरी आँशु अडाएर यि कुरा भनेपछि मलाई छटपटी भयो।
केहि बोल्नै सकिनँ। आफू कँहा छु कोसँग छु कल्पना गर्नै सकिनँ। सपना जस्तो लाग्यो र यति भनेँ आज तिमीले मलाइ फूलमाला लगाएपछि म तिम्रो हातबाट भोलिका दिनमा कसरी बरमाला लगाउनु त? तिमी र म एक सिक्काका २ पाटा हौं। सँगसँगै दिनरात बिताउने साथी हौं।
हामी एक घण्टाका लागि मात्रै दिदी भाइ बन्दै छौं। तिमी यो सम्झ कि मलाई मेरै दिदीले फूलटीका लगाइरहेकी छिन्। तिमी पनि यही सम्झ म पनि यही सम्झन्छु, हामीले लगाएको फूलटीका त सपना हो।
visa - setopati भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Post a Comment