news and more entertainment

आज बिहान २ बजे भएको बस दुर्घटनामा १० यात्रुको मृत्यु (नामावलीसहित)

हेटौँडा, १५ कात्तिक । हेटौँडा नारायणगढ सडकखण्डको बस्तीपुरमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा ९ नेपाली र एक विदेशी छन् । मृत्यु हुनेमा इलाक बरबोटे गाविस–४ का प्रवीणराज आचार्य, रसियन नागरिक दरिया माल्टाको, इलाम नगरपालिकाका वृज दाहाल, इलाम नगरपालिका–२ की शान्ता श्रेष्ठ, मिलन अधिकारी र रक्षा श्रेष्ठ, वडा नंं ४ की इला कार्की र तथा सुनसरी खनार गाविस–७ की देवीमायाँ लुइँटेल र रोशन भट्टको ठेगाना नखुलेको, आस्था नाम गरेको ठेगाना र थर नखुलेको रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जान आइरहेको ना ४ ख ५४४८ नम्बरको रात्रि बससँग इलामबाट काठमाडौँ जान आइरहेको ना ५ ख ४८४१ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ३१ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन शिक्षण अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जाँदै गरेको बसका चालकले शुभश्री बसका  मालिक र यात्रुसँग बाटोमा वादविवाद गर्दै आएका थिए । सोही वादविवादका कारण बस दुर्घटनामा परेको घाइते यात्रुले बताएका छन् ।
बस मालिक र चालकबीच बसभित्र विवाद भएपछि चालकले बसलाई तीब्र गतिमा हुँइकाएका थिए । यात्रुहरुले गाडी नियन्त्रणमा चलाउन आग्रह गर्दा पनि चालकले उल्टै हुइँकाएको घाइते यात्रुहरुले जानकारी दिए । दुर्घटनापछि शुभश्री बसका चालक फरार छन् ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले प्रारम्भिक सोधपुछबाट शुभश्री बसका चालकको लापरवाहीले दुर्घटना भएको खुलेको जानकारी दिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget