राजाराम कार्की । काठमाडौँ, २२ साउन । व्यापारी र सरकारबीचको हानथापले कुखुरा व्यवसायमा वितृष्णा जागेको छ । सानो, मझौँला र ठूला कुखुरा व्यवसायीको कुखुरा फार्ममा बर्डफ्लु रोगको महामारी फैलिन थालेपछि उनीहरुमा वितृष्णा जागेको हो । कृषि सचिव जयमुकुन्द खनालले खुलेरै केही लोभीपापी व्यापारीका कारण बर्डफ्लु रोकथाममा असजिलो पर्दै गएको बताउनुभयो ।
कुखुरा व्यवसायीले सरकारको लापरबाही र रोकथाममा तदारुकता नदेखाएकाले बर्डफ्लु रोगको सङ्क्रमण बढ्दै गएको बताएपछि सरकार र व्यवसायीबीच विबाद बढ्दै गएको प्रमाणित हुन्छ । कुल गार्हस्थ उत्पादनमा करिब चार प्रतिशत योगदान रहेको कुखुरापालन व्यवसायमा पटक–पटक देखा परिरहने बर्डफ्लु रोगको सङ्क्रमणले आमउपभोक्ता तथा कुखुरासँग सम्बन्धित उद्यमीमा वितृष्णा जागेको हो । बर्डफ्लुका कारण चल्ला, दाना, अन्डा, उत्पादन तथा मासु उत्पादनमा नकारात्मक प्रभाव बढ्न थालेका कारण करिब ५० लाख मानिसको रोजगारीमा गम्भीर समस्या देखिएको राष्ट्रिय कुखुरा व्यवसायी सङ्घका प्रतिनिधि नारायणहरि खत्रीले राससलाई बताउनुभयो ।
उपत्यकाको भक्तपुर र काठमाडौँ जिल्लामा बर्डफ्लु रोगको सङ्क्रमण देखिएकाले पशुसेवा निर्देशनालयका टोलीले सङ्क्रमित कुखुरा नष्ट गरेको दृश्यबाट कुखुरापालक व्यवसायीमा वितृष्णा देखिएको सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा सबैतिर गरी दैनिक पाँच हजार मेट्रिक टन र उपत्यकामा दैनिक करिब दुई लाख ५० हजार केजी कुखुराको मासु खपत हुनेगरेको बताइन्छ । बर्डफ्लु सङ्क्रमणको महामारीका कारण अहिले कुखुराको मासु बजारमा नपाइएकै कारण खसी बोका र राँगाको मासुको मूल्य २० प्रतिशतले बढेको राष्ट्रिय मासु व्यवसायी महासङ्घका निर्वतमान अध्यक्ष अर्जुन शाहीले बताउनुभयो ।
गत हप्ता रु ३५० जिउँदो खसी बोको र रु २७५ देखि ३०० प्रतिकेजीमा राँगाको मासु बिक्री वितरण भएकोमा हाल जिउँदो खसी रु ४३० देखि ४५० मा र राँगाको मासु ३२५ देखि ३५० मा किसानसँग खरिद गर्नुपरेको बताउनुभयो । साउन २ गतेदेखि उपत्यकाको दुई जिल्लामा बर्डफ्लुकै कारण दैनिक २० देखि २५ हजारसम्म कुखुरा नष्ट गरिँदै छ भने सरकारले व्यवसायीलाई रु तीन करोड क्षतिपूर्ति वितरण गरिसकेको छ ।
कृषि विकास मन्त्रालयसँग आबद्ध पशुसेवा विभाग र निर्देशनालयले उपत्यकाका उक्त दुई जिल्लामा बर्डफ्लु नियन्त्रण गर्न साउन २ गतेदेखि अभियानकै रुपमा आफ्नो गतिविधिलाई तीव्रता दिएको छ । बर्डफ्लु सङ्क्रमण नियन्त्रण गर्न कम्तीमा सातदेखि २१ दिनसम्मको समय लाग्ने भएकाले त्यसबेलासम्मका लागि विभाग र निर्देशनालयले कुखुरा र कुखुराजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध लगाएको छ । पशुसेवा विभागका उपमहानिर्देशक आर के खतिवडाले कुखुरापालन व्यवसायमा आबद्ध व्यवसायीले कुखुराको खोरको प्रकृति कुखुरा, अन्डा तथा दाना ओसारपसारमा प्रयोग गरिने साधन, खोरभित्र आवतजावत गर्दा अपनाउनुपर्ने जैविक विधि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
विश्वमा बर्डफ्लु रोगको सङ्क्रमण सन् १८७० मा इटलीबाट सुरु भएको हो । सो रोगका कारणले सन् १९१८ मा स्पेनमा लाखौँ मानिसले अकालमै ज्यान गुमाएका थिए । विश्वका ६० जिल्लामा बर्डफ्लुको महामारी फैलिसकेको छ भने नेपालमा उक्त रोग विसं २०६५ मा झापा जिल्लाबाट सुरु भएको पाइन्छ । हालसम्म नेपालका १८ जिल्लामा बर्डफ्लु रोग फैलिसकेको छ भने उपत्यकाको भक्तपुर र काठमाडौँमा साउन २ गतेबाट फैलिएको हो ।
हाल बर्डफ्लु सङ्क्रमणले उपत्यका बाहिरका काभ्रे, नुवाकोट धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका व्यवसायीमा सङ्क्रमणको चिन्ता बढ्न थालेको पाइन्छ । बर्डफ्लु रोग विशेष गरी बसाइँ सरेर आउने जङ्गली चराका कारणले हुने गरेको पाइन्छ । यो रोगका तीन अवस्था रहने गरेका छन् । पहिलो पक्षीबाट पक्षीमा, दोस्रो पक्षीबाट मानिसमा र तेस्रो मानिसबाट मानिसमा सर्न सक्छ ।
विश्वमा हालसम्म बर्डफ्लु रोगले दुई चरण पार गरिसकेको छ । भने नेपालमा यो रोगबाट ३७७ व्यक्तिको मृत्यु भइसकेको पशुसेवा विभागका उपमहानिर्देशक डा विजय कान्त झाले बताउनुभयो । मानिसबाट मानिसमा उक्त रोगको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले विभाग तथा निर्देशनालयले कुखुरापालक व्यवसायीको खोरमा नै पुगी बर्डफ्लु देखिएका कुखुरा नष्ट गर्ने कार्य अगाडि बढाएको छ ।
बर्डफ्लु लागेका कुखुरा सुरुमा झोक्राउने, दाना पानी नखाने र भकाभक मर्ने क्रम जारी हुन्छ । यो प्रक्रिया अन्यत्र फैलिन नपाओस् भन्ने उद्देश्यले तत्काल अन्य कुखुरालाई नियन्त्रणमा लिने गरिएको छ । सरकारलाई बर्डफ्लु रोग नियन्त्रणका लागि संयुक्त राष्ट्रसङ्घीय कृषि विकास नियोग र विश्व खाद्य सङ्गठनले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । नेपालमा हालसम्म कुखुरा व्यवसायमा २५ अर्बको लगानी भएको अनुमान छ ।

Post a Comment