विराटनगर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति शंका नगर्न आग्रह गरेका छन् ।
माओवादमा विश्वास गर्ने पाँच पार्टीहरुबीभ भएको कार्यगत एकता संविधान
नबनाउने खेल भएको भन्ने टिप्पणी उल्लेख गर्दै कार्यगत एकताप्रति यस्ता शंका
नगर्न आग्रह गरेका हुन् ।
शनिबार मोरङको इन्द्रपुरमा कार्यकर्ता भेटघाट गर्दे प्रचण्डले भने,
‘संविधान नबनाउन होइन, जनताको संविधान बनाउन माओवादी पार्टीहरुबभि कार्यगत
एकता भएको हो । संविधानसभा बाहिर रहेका नेकपा–माओवादी समेतलाई संविधान
निर्माण प्रक्रियामा ल्याउन कार्यगत एकताले झन् पुर्याउँछ ।’
Post a Comment