कमल थापाले पुर्वराजाबाट २ करोड चुनाव खर्च लिएको खुलासा
उनीहरुले पूर्वराजासहित चुनावमा चन्दा दिने १६ जनाको नाम समेत पर्चामार्फत सार्वजनिक गरेका छन् । पर्चामा जनाइएअनुसार अध्यक्ष थापाले पूर्वराजा शाहबाट १ करोड ९५ लाख रुपैयाँ खर्च लिएका थिए ।
संविधानसभा चुनावमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले १० करोड चुनाव खर्च मागेकोमा करिव २ करोड मात्रै आएपछि पूर्वराजासँग अध्यक्ष थापा असन्तुष्ट बनेका छन् । सोही कारण गत महिना सम्पन्न महाधिवेशनमा विधानबाट राजतन्त्र हटाउने बिषयमा छलफल गराइ ज्ञानेन्द्रलाई मागेजति रकम पठाउन सन्देश दिन खोजेको असन्तुष्ट नेताहरुको बुझाइ रहेको छ ।
महाधिवेशनको बन्दसत्रमा पार्टी विधानमा संवैधानिक राजतन्त्र नराखी हिन्दू राज्य स्थापनाका लागि आन्दोलन जारी राख्ने अध्यक्ष थापाले अभिव्यक्ति दिएपछि त्यसको राजतन्त्रका समर्थकहरुले आलोचना गरेका थिए । त्यसपछि बाध्य भएर राप्रपा नेपाल संवैधानिक राजतन्त्र र हिन्दू राज्यस्थापनाका लागि क्रियाशिल रहने राजनीतिक लाइनमा अडिग रहन पुगेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
Post a Comment