काठमाडौ, श्रावण १९ - नेपालमा धेरैले खेल्ने खेलमध्ये पर्छ, भलिबल । हिमाल, पहाड, तराई सबैतिर भलिबल खेल्न सकिन्छ । नेपालमा भलिबल जति लोकपि्रय छ, त्यसको ठीक उल्टो छ, नेपाली भलिबल टिमको अन्तर्राष्ट्रिय नतिजा । नेपालले अन्तर्राष्ट्रिय भलिबल खेलेको ३६ वर्ष पूरा भइसकेको छ तर उपाधि भने 'हात लाग्यो शून्य' । यस्तो किन भयो ?
नेपालले सन् १९७६ मा पाकिस्तानमा पहिलोपल्ट काइदे आजम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो । त्यसपछि भारतमा सन् १९८२ मा भएको नवौं एसियन गेम्स खेलेको नेपालले सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा केही सुधि्रएको प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको
थियो । तेस्रो दक्षिण एसियाली खेलकुददेखि ११ औंसम्म आइपुग्दा नेपालले गरेको उत्कृष्ट प्रदर्शन त्यही थियो । नेपालले विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेल गरी ३२ खेलको अन्तर्राष्ट्रिय अनुभव बटुलेको छ ।
करिब १६/१७ वर्षअघि नै नेपाली भलिबलले एउटा बाटो समात्न लागेको थियो । त्यसबेला नेपाल भलिबल संघको नेतृत्वमा आएको परिवर्तनले नेपालको घरेलु र अन्तर्राष्ट्रिय भलिबललाई प्रभावित पार्यो । गंगाबहादुर थापाले २०५२ सालबाट भलिबल संघको नेतृत्व गरे । खेलाडीलाई आफ्नै रहरले बाहेक वर्षको एक/दुई प्रतियोगिता पनि खेल्न मुस्किल भयो २०६८ सालसम्म । त्यो पनि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता विभागीय टिम नभएको भए नेपालमा भलिबल टिमको अस्तित्व के होला भनेर कल्पना गर्न गाह्रो हुन्छ । भलिबल संघको नेतृत्व गरेर गंगाबहादुर नेपाल ओलम्पिक कमिटी (अन्तर्राष्ट्रिय मान्यताप्राप्त) को उपाध्यक्षसम्म भए । लन्डन ओलम्पिकमा त उनी नेपाली टिमको 'सेभ द मिसन' नै बनेर गएका थिए । ४ वर्षको ४ कार्यकाल गरी १६ वर्ष भलिबल संघको नेतृत्वमा रहँदा उनले भलिबललाई माथि उठाउने भने ठोस काम गर्न सकेनन् ।
सोह्र वर्ष राष्ट्रिय टिमका कप्तान रहेका भरत शाहले असार ३१ मा संन्यास लिए । लामो समय नेतृत्व पाएका तर कम प्रतियोगिता खेलेका उनको दुःखेसो थियो, 'लामो समय भलिबलको कुनै गतिविधि नहुनु देश र खेलाडीका लागि निराशाजनक रह्यो ।' २५ वर्ष कोर्टमा बिताएर ४५ वर्षमा संन्यास लिएका उनले र्फममा हुँदा पनि कुनै प्रतियोगिता नहुँदा आफ्नो कौशल देखाउन पाएनन् ।
भलिबलमा टर्निङ-प्वाइन्ट
गएको चौध महिनालाई फर्केर हेर्न हो भने यसै अवधिलाई नेपाली भलिबलको टर्निङ-प्वाइन्ट मान्न सकिन्छ । २०६८, चैत २९ मा व्यापारी दानबहादुर तामाङले नेपाल भलिबल संघको नेतृत्व लिए । २०३३ सालमा स्थापना भएको र ७५ जिल्लामै संगठन फैलिएको संघको निर्वाचनअघि दानबहादुरले आफ्नो घोषणापत्रमै घरेलु प्रतियोगिता गर्ने र अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने उल्लेख गरेका थिए । निर्वाचित भएलगत्तै उनले साथीहरूलाई भने, 'तिमीसँग पैसा छ, पैसा देऊ, पैसा छैन, समय देऊ ।'
नयाँ नेतृत्व पाएपछि संघले पूर्वदेखि पश्चिमसम्म भलिबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्यो । पूर्वको ताप्लेजुङ, तेह्रथुम, धरानदेखि पश्चिमको बागलुङ हँुदै सुदूरको महेन्द्रनगरसम्म प्रतियोगिता भए । काठमाडौंमा क्लब च्याम्पियनसिप र लिग भलिबल भए । गतिविधि कति बढेछन् भने एक वर्षमै भलिबल संघले सरकारबाट उत्कृष्ट संघको अवार्ड हात पार्यो । अध्यक्ष दानबहादुरले भनेका थिए, 'पहिलो वर्ष हामी आन्तरिक प्रतियोगितामा जोड दिन्छौं । त्यसपछि नेपालको स्तर कस्तो छ, अझ अघि बढ्नका लागि के गर्नुपर्छ भन्ने जाँच्नका लागि अर्को वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नेछौं ।' नेपालले असार २८-३१ सम्म काठमाडौंमा पहिलो दक्षिण एसियाली भलिबल आयोजना गर्यो । त्यसको आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ उपलब्ध गरायो । 'काम गर्नेलाई प्रोत्साहन गरेका हौं,' राखेपका सदस्य सचिव युवराज लामाले भनेका थिए ।
श्रीलंका, माल्दिभ्स र अफगानिस्तान सहभागी प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझायो । नेपालमा अहिलेसम्मै भएको सबैभन्दा ठूलो भलिबल प्रतियोगितामा नेपाली खेलाडीमा अनुभवको कमी भएको देखियो । संघले नेपालबाट थालेको यात्राले अब निरन्तरता पाउने भएको छ, अर्को वर्ष श्रीलंका, त्यसपछि माल्दिभ्स र सन् २०१६ मा अफगानिस्तानले दक्षिण एसियाली भलिबल गर्ने प्रतिबद्धता जनाइसकेका छन् । त्यसले नेपालको अन्तर्राष्ट्रिय बाटो पनि खुलेको छ ।
नेपालले अहिले नै भलिबलमा अन्तर्राष्ट्रिय पदक जित्ने स्थिति छैन । तर, निरन्तर अभ्यास र गतिलो व्यवस्थापन भयो भने स्थिति सुधि्रन सक्छ । एक वर्षमा भएका परिवर्तनका आधारमा हेर्ने हो भने यसलाई असम्भव मान्न सकिन्न । पुरुषमा विभागीय टिम र महिलामा केही स्कुल र विभागीय टिममा मात्र भलिबल निर्भर नभई नयाँ प्रतिभाको खोजी गर्नु जरुरी छ । नेपालले बिच गेम्समा राम्रो गरेका कारण त्यसैबाट छिटो पदकको आशा धेरैले गरेका
छन् ।

Post a Comment