news and more entertainment

म कसैको दवावले वेश्यावृत्तिमा लागेको होइन: श्वेता

वेश्यावृत्तिको आरोपमा पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता बासुले वेश्यावृत्तिमा लाग्नका लागि आफूलाई कसैले पनि दवाव नदिएको बताएकी छिन्।'मलाई वेश्यावृत्ति धन्धामा कसैले पनि जर्बजस्ती दवाव दिएको होइन' प्रहरी हिरासतपछि २ महिना उद्धार केन्द्रमा बिताएकी श्वेताले आफू वेश्यावृत्ति क्षेत्रमा छिरेको स्वीकार भने गरेकी छिन्।

आफूलाई फिल्ममा कामको कामी भएर भने वेश्यावृत्तिमा नलागेको उनले बताएकी छिन्, र भनेकी छिन् 'मलाई फिल्ममा काम गर्ने अवसरको कुनै कमी थिएन, काम प्रशस्तै थियो, तर मलाई कसैले पनि जर्वजस्ती वेश्यावृत्तिमा लाग्नका लागि दवाव दिएको होइन।'

अहिले उनी आफ्नो जीवनलाई नयाँ शिराबाट जिउने प्रयत्न गरिरहेकी छिन्। हाल उनी हिन्दूतानी शास्त्रीय संगीतमा आधारित एउटा डकुमेन्ट्रीमा काम गरिरहेकी छिन्। आफू उद्धार केन्द्रमा रहँदा मिडियामा नानाथरी 'मसलेदार' कुराहरु छापिएको भन्दै उनले मौका मिलेमा त्यसको जवाफ फर्काउने पनि बताएकी छिन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget