news and more entertainment

मोदीको सपथ ग्रहणमा किन गएनन् अमिताभ र रजनिकान्त ?

 
narendra-modi-with-amitav-and-rajanikanth
भारतका १५ औं प्रधानमन्त्री नरेेन्द्र मोदीले करिब ३ हजार विशिष्ट पाहुनाहरुको उपस्थितीमा सोमबार सपथ ग्रहण लिएका छन् । सार्क राष्ट्रका प्रमुखहरुको समेत उपस्थिती रहेको कार्यक्रममा बलिउडका कैयौ हस्तीहरु पनि पुगे । बलिउड नायक सलमान खान आफ्ना पिता साहिल खानसँग पुगेका थिए । यस्तै विवेक ओवराय, हेमा मालिनी, धमेन्द्र, शत्रुधन सिन्हा जस्ता हस्तीहरु पनि उक्त समारोहमा पुगेका थिए ।
तर उक्त समारोेहमा बलिउडका महानायक अमिताभ बच्चन पुगेनन् । अमिताभलाई मोदीको सपथ ग्रहणको कार्यक्रममा विशेष निम्तो दिइएको थियो । तर उनी आफ्नो व्यस्त सुटिङ तालिकाका कारण उक्त समारोहमा नपुगेको बताइन्छ । अमिताभले नरेन्द्र मोदी गुजरातको मुख्य मन्त्री रहँदा त्यस क्षेत्रको प्रमोशन गरेका थिए ।
गुजरातको पर्यटन प्रवर्द्धनका लागि अमिताभले निःशुल्क काम गरेको मोदीले बताएका थिए । तर यती नजिकको घनिष्टता हुँदा हुँदै पनि अभिताभ सुटिङ कारणले नै पुग्न नसकेका हुन् त, बलिउड बजारमा यस्तै चर्चा सुरु भएको छ ।
यता साउथ सुपरस्टार रजनिकान्त पनि समारोहमा पुगेनन् । रजनीकान्त र मोदी पनि निकट मानिन्छन् । तामिलनाडुका मुख्य मन्त्री जयलालिथा श्रीलंकाका प्रधानमन्त्रीको उक्त समारोहमा उपस्थितीलाई लिएर असन्तुष्ट छन् । यसैले पनि रजनिकान्त मोदीको भव्य समारोहमा नपुगेको बताइन्छ । तर कारण जे भएपनि रजनिकान्त जस्ता सुपरस्टार उक्त समारोहमा नपुग्नुलाई अर्थपूर्ण तबरले हेरिएको छ ।
यस्तै निमन्त्रणा पाएर पनि चर्चित गायिका लता मंगेस्कर पनि समारोहमा पुगिनन् । उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएर आउन नसकेको पत्र मोदीलाई पठाएकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget