बिहे भएको लामो समयसम्म पनि नायिका विनिता बरालले यो घटनालाई लुकाउँदै आएकी छिन् । तर अनलाइनखबर श्रोतले विनिताको ‘सुपरहिट’ निर्देशक निरञ्जन पाण्डेसँग केही समय अघि नै बिहे भएको जनाएको छ ।
चलचित्र ‘सुपरहिट’को छायांकन अघिदेखि नै नायिका विनिता बराल र निरञ्जन नजिक भएका हुन् । सिनेमाको छायांकन सकिए लगतै विनिता बैबाहिक जीवनमा बाँधिएको बताइन्छ । विनिता र निरञ्जन यतिबेला बानियाँटारमा बस्दै आएका छन् । बानियाँटारमा निरञ्जनको घर छ ।
विनिताले सुरु गरेको अर्गानिक खेतीमा उनी, निरञ्जन र निरञ्जनका पिताले संयुक्त रुपमा काम गर्दै आइरहेका छन् । विनिताले भने अन्य २ साथीसँग मिलेर तरकारी खेती सुरु गरेको बताउँदै आएकी थिइन् ।
निरञ्जनका केही परिवारका सदस्य नै चितवनस्थित विनिताको घर पुगेर बिहे गराइदिएका थिए । तर सम्बन्ध बिग्रने र चलचित्रलाई असर पर्ने भयले यि दुइले बिबाहको बिषयलाई लुकाउँदै आएका थिए । अहिले लाजिम्पाटमा उनीहरुले तरकारी पसल संचालनमा ल्याएका छन् भने निरञ्जनको अफिस पनि यही नै छ । यता नायिका विनिता बरालले भने बिहेको बिषयमा हो या होइन केही भन्न चाहिनन् । उनले हाँसेर मात्र टारिन् ।
Post a Comment