अन्तिम पटक आलोकले मोडल एलिजा बस्नेतलाई फोन गरेका थिए । फोनमा उनले आफूलाई तल माथि भयो भने मेरा कुकुर र बिरालालाई पनि मसँगै इन्जेक्नस लगाइदिनु भनेका थिए । आलोक उनका कुकुर र बिरालालाई आफ्नो जती माया अरुले दिन सक्दैनन् भन्ने ठान्थे ।
उनी निकट चलचित्रकर्मीका अनुसार आलोक केही दिन यता केही फ्रस्टेशनमा थिए । मोडल एलिजा बस्नेत आलोकलाई एक्लोपनले लगेको बताउँछिन् । उनै सबैलाई रमाइलो दिने निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ । अन्तिम दाहासंकारका क्रममा उनका आफन्त र चलचित्रकर्मीले मन थाम्न सकेनन् ।
उनको किराँती परम्परा अनुसार अन्तिम दाहासंकार गरियो । काका देवकुमार नेम्वाङले आलोकको शरिरमा दागवत्ती दिएका थिए । यी हसिला निर्देशक अब हामी माँझ छैनन् । तर, उनले छोडेर गएका सयौ भिडियो र चलचित्र अनि उनको हसिलो मुस्कानको याद, उनलाई सधै संझाउने आधार बन्नेछन् ।
Post a Comment