सिन्धुली : सवारी चालक अनुमती पत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिने एक सवारी धनीलाई प्रहरीले पक्राउ गरी ज्यान मुद्दामा कारबाही थालेको छ।
सर्लाही जिल्ला पत्थरकोट वार्ड न.–५ का वर्ष ३५ का संग्राम सिँह वाईवालाई पक्राउ गरि सवारी ज्यान मुद्धामा म्याद लिई अनुसन्धान कार्य जारी राखिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए ।वाइवाले लु.१ त. ७३०९ नं.को ट्रयाक्टर चालक अनुमतिपत्र नभएका सोही ठाउँका संजिव वाइवालाई चलाउन दिँदा दुर्घट्ना हुँदा पाँच जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए।
२०७०/०७÷१४ गते सर्लाहीको हरिवनबाट सिन्धुलीको क्यानेश्वर तर्फ चलाई ल्याईरहेको अबस्थामा सिन्धुलीको क्यानेश्वर–४ मा भएको दुर्घट्नाका मृतकका आफन्तले अहिलेसम्म क्षेतीपुर्ती तथा राहत नपाएको घाइतेहरुको उपचार नभएको भन्दै गैर जिम्मेवारी भएकोले सवारी धनीलाई नै पक्रउ गरिएको सुवेदीको भनाइ छ।
उनले अनुभव र लाइसेन्स समेत नभएको व्यक्तिलाई ट्याक्टर चलाउन दिँदा सर्वसाधरणको ज्यान गएका कारण उनिमाथी सवारी तथा यातायात व्यबस्था ऐन २०४९ को दफा १६१ को देहाय ५ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।
उक्त ऐन अनुसार सवारी चालक अनुमति पत्र नभएका व्यक्तिलाई सवारी चलाउन दिई दुर्घट्ना गराएमा त्यसरी सवारी चलाउन दिने सवारी धनीलाई २ बर्ष सम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
उक्त ट्याक्टरका चालक संजिव वाइवा घट्नापछि अहिलेसम्म फरार छन भने, सवारी धनी वाइवा पनि फरर रहेकै अवस्थामा सर्लाही प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
Post a Comment