news and more entertainment

काठमाडौंमा ओर्लेपछि रविना टन्डन्ले के भनिन् ?



२०७१ कार्तिक १८ मंगलवार





काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री रविना टण्डन मंगलबार काठमाडौं आएकी छिन्। नेपाल रत्न तथा आभूषण संघले संघले बुधबारदेखि काठमाडौंमा आयोजना गर्न लागेको 'नेपाल जेम्स एन्ड ज्वेलरी एक्स्पो २०१४' मा सहभागी हुन नेपाल आएकी रविना नेपाली परम्परागत गहना लगाएर र्‍याम्पमा उत्रनेछिन्। सोमा उनले नेपालका खानीबाट निस्केका रत्न प्रयोग भएका गहना लगाउनेछिन्।

कालोमा सेतो कम्बिनेसनयुक्त पहिरनमा सजिएर होटल याक एन्ड यतीको सम्मेलन हलमा देखिएकी उनले देब्रे हातको माइली औंलामा सेतो पत्थरजडित औंठी लगाएकी थिइन्। मंगलबारको कार्यक्रममा उनी गह्रौं गहनामा भन्दा साधारण पोसाकमै सजिएर प्रस्तुत भइन्।

नेपाल रत्न तथा आभूषण संघले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो गहनाप्रतिको मोह पोखिन्।  'गहना लगाउन सबै नारीलाई मन पर्छ तर एउटी आमाको नाताले पनि गहनाको बारेमा सोच्ने गरिन्छ', उनी भन्छिन्, 'मेरा छोराछोरी अहिले सानै छन् तर उनीहरू ठूलो हुँदासम्म गहनाको भाउ निकै महँगो भइसक्छ। त्यसैले उनीहरूका लागि अहिलेदेखि नै गहना संकलन गर्दैछु।'

संघले बुधबारदेखि काठमाडौंमा आयोजना गर्न लागेको 'नेपाल जेम्स एन्ड ज्वेलरी एक्स्पो २०१४' मा सहभागी हुन नेपाल आएकी रविना नेपाली परम्परागत गहना लगाएर र्‍याम्पमा उत्रनेछिन्। सोमा उनले नेपालका खानीबाट निस्केका रत्न प्रयोग भएका गहना लगाउनेछिन्। कालोमा सेतो कम्बिनेसनयुक्त पहिरनमा सजिएर होटल याक एन्ड यतीको सम्मेलन हलमा देखिएकी उनले देब्रे हातको माइली औंलामा सेतो पत्थरजडित औंठी लगाएकी थिइन्। मंगलबारको कार्यक्रममा उनी गह्रौं गहनामा भन्दा साधारण पोसाकमै सजिएर प्रस्तुत भइन्।

नेपाली गहनालाई विश्वमाझ चिनाउन आफूले सक्दो सहयोग गर्ने बताएकी उनले नेपाली गहना खरिद गरेर लैजाने योजना सुनाइन्। सुरक्षित लगानी भएकाले गहना खरिद गर्नु आफ्नो रुचि भएको उनले बताइन्।

बुधबारको ग्रान्ड फेसन सोको मुख्य आकर्षण रविनासँगै नेपाली सुन्दरीहरू पनि :याम्पमा उत्रनेछन्। अभिनेत्री प्रियंका कार्की, बैंकर रविना देशराज श्रेष्ठ, पूर्वमिस नेपाललगायत १८ जना मोडल र्‍याम्पमा देखिनेछन्। बिहीबार र शुक्रबार गहना प्रदर्शनी हुनेछ।

नेपालमा छायांकन भएको चलचित्र 'हरेराम हरेकृष्ण' सानै छँदा हेरेको र त्यस बेलादेखि नै नेपाल आउने धोको थियो रविनाको। 'नेपालबाट फेसन सोको निम्तो आउनासाथ दुई मिनेट पनि नसोची हुन्छ भनेँ', उनले भनिन्, 'बुद्ध जन्मिएको देश आउन पाउँदा निकै खुसी लागेको छ, लुम्बिनी पुग्न नसके पनि यहाँको सबैभन्दा राम्रो बुद्धको मन्दिर जान चाहन्छु।


annapurnapost.com भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget