news and more entertainment

आलोकको सुसाइड नोटः हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्न चाहन्छु (फोटो फिचर)

आलोकको सुसाइड नोटः हरेक दिन मरेर बाँच्नुभन्दा एक दिन बाँचेर मर्न चाहन्छु (फोटो फिचर)
काठमाडौं—झुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन्।
उनले सुसाइडनोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन्। 'हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु', नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेको सुसाइड नोटमा भनेका छन्।
प्रहरीले शवलाई शुक्रबार पोष्टमार्टम गरेको छ।
घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का गरी पोष्टमार्टम गरेको जानकारी दिए। 'उनको साथबाट एउटा सानो कागज फेला पारेका छौं', एसएसपी कार्कीले नागरिकन्युजसँग भने, 'सो कागजमा उनैले लेखेको हो वा हैन भनेर अनुसन्धान भइरहेको छ। अहिलेसम्म घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिन्छ।'
Funeral of Alok Nembang-04
 
Funeral of Alok Nembang-02
 
Funeral of Alok Nembang-05
 
Funeral of Alok Nembang-06
 
Funeral of Alok Nembang-03
 
नागरिक अर्काइभबाट
- See more at: http://www.nagariknews.com/main-story/story/27374.html#sthash.pnHUbSbO.dpufभिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget