news and more entertainment

करिना कड्किइन्- हो मेरो पति मुस्लिम हो



बलिउडमा करिना कपुर र सैफ अलि खानको जोडी अन्तर साम्प्रदायिक जोडीकोरुपमा पनि चिनिन्छ । करिना हिन्दु परिवारकी हुन् भने सैफ अलि खान मुस्लिम परिवकारका । यही विषयलाई समय समयमा करिनालाई भने टाउको दुखाउने गरेको छ । तर यो आफ्नो कारण नभएर अरुकै कारण ।   हालै यस्तै भएको जव उनलाई उनका पतिको धर्मको विषयमा प्रश्न सोधियो । भारतमा चर्चामा रहेको लव जिहाद अर्थात प्रेम धर्मयुद्धको विषयमा करिनालाई प्रश्न सोधेपछि उनकी कड्किएकी हुन् । आफ्ना पति सैफ उच्च विचारका भएको दावी गर्दै करिनाले लव जिहादको विषयमा आफूहरुलाई चासो नभएको बताइन् । प्रेम मानिसहरुबीच हुने र हिन्दु वा मुस्लिम भनेर प्रेमलाई रोक्न नसक्ने पनि उनले बताइन् । हिन्दु वा मुस्लिम भनेर प्रेममा बदलाव नआउने उनको भनाइ थियो ।   अहिले करिनाले सलमान खानसँग हिन्दु केटी र मुस्लिम केटाबीचको प्रेम कहानी भएको चलचित्र गरिरहेकी छिन् ।

nepaliheadlines.com भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget