news and more entertainment

यसरी हुँदैछ काठमाडौमा साझ ढल्केपछि यौन व्यापार

एक गाँस भात चपाएर जब एक अंगालो स्वास्नी च्याप्दै मनुवा शयनकक्षमा निदाउने प्रयत्नमा हुन्छन्, तब सुन्दरीहरु सुडोल नितम्व र पोटिला स्तन झोल्याउँदै नाच्न थाल्छन्, ‘बन्द कमेरेमा प्यार कर लो ।’ ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका हुन्छन्, इशारा
गरिरहेका हुन्छन्’ चुरोटको धुँवा, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् भइरहेको हुन्छ डान्स बारमा । तर यिनै सुन्दरीहरुको जीवन बदनाम छ र भविष्य गुमनाम छ काठमाडौं सहरमा
एक रिपोर्ट....
रात ढलदै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेल, बानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो ।
हो, काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ
‘मैले भुवन केसीसँग पनि रात बिताएकी छु,’ बाग्लुङबाट काठमाडौं पढ्न आएकी सुमिना शर्माले भनिन्, ‘हिरोइन हुने सपनाले डान्सर बनायो, अब पासपोर्ट बनाएर दुबइ जादैँछु ।’ ‘नशाको मातमा भुवन केसी चिन्यौ त ?’ उनीले भनिन्, ‘किन नचिन्नु, खोइ भाग्यले कहाँ पुरयायो ?’ काठमाडौंमा गुपचुप कुमारीत्व लिलाम भइरहेको हुन्छ उनका अनुसार, कसैले काम दिने भन्छन् त कसैले दुख पर्दा दाम दिने भन्छन् तर आँखा भने अस्मितामै पुरयाउँछन् ।
रात ढल्दै गएपछि र देह जल्दै गएपछि हुन्छ मोलमोलाइ । ‘आज जाने हो ?’ नशाका सुरमा चुर भएर ग्राहकले हाकाहाकी भनेपछि ह्वीस्की अरु थपिन्छ । वेटर बनेर पाँच वर्षदेखि कार्यरत मिना मगर भन्छिन्, ‘राति अफिसले नै घर पुरयाउने भएकाले रुममा गइन्छ । अनि मात्र कुराकानी हुन्छ ।’ तर घरानियाँहरुले डान्स बारकै सञ्चालकलाई भनेर ‘फलानी’ मिलाइदिनु परयो भनेपछि उनीहरु स्वतः जान्छन् । सुन्धाराकै एक सञ्चालक भन्छन्, ‘नाम चै नलेखिदिनु, डान्स बार चलेको देखिन्छ, महिना मर्नै लाग्यो तलब दिने पैसा छैन
उनले भने, ‘यो अहिले नाचिरहेकी केटीले मात्र ३५ हजार तलब लिन्छे, कति राम्री छे, यसैले धानेको छ बार, मोरीलाई दुबईबाट फिर्ता बोलाएको, यसको जिउडाल हेरेर छोरीकी आमा भनेर कसैले पत्याउँछ ?’ धेरैपटक उनीकहाँ गएकाले उनी टेबुलमै आएर कुराकानी गर्छन् । ‘नाम नलेख्नु,’ उनले एक पेग खुकुरी रम मगाएर ‘चियर्स’ गर्दै भने, ‘न्युरोडका सुन व्यापारीदेखि ठूला कर्मचारी र प्रहरीका हाकिम पनि आउँछन् र उधारो खाइदिन्छन्, उल्टो यो नानी पठाइदे भन्छन् ।’ उनले दुईलाम ५० हजारको चेक देखाउँदै भने, ‘हेर न यो माडेलाई नउठाइ भएन, आउँछ, रक्सी पिउँछ, छानिछानी तरुनी लैजान्छ, पैसा नभएको चेक दिएर मोबाइल स्वीच अफ गर्छ ।’ डानस बार चले पनि तलब खुवाउन नसकेको र उधारो फसेको उनले सुनाए । भने, ‘प्रहरीमा के भनेर उजुरी गर्ने, न जग्गा कारोबार, न कुनै लेनदेनको तमसुक न कागज, पैसा उठाउन गुण्डा लगाउनु पर्ने भयो यार ।’
बानेश्वरमा काम गरिरहेकी सहाना चौधरी सुन्धारामै भेटिइन् । ‘कालो कछाड र माथि पातलो टिशर्ट लगाएकी उनी अझ राम्री देखिन्थिन् । ‘नमस्ते मलाई चिनिस्यो, उनी छेउमै आएर बसिन् र भनिन्, हजुरलाई मिस गरिहेको थिएँ ।’ उनीले अर्को आइतबार कतारको फ्लाइट भएको बताइन् । ‘किन जान लागेको ?’ उनीले भनिन्, ‘यो गुमनाम र बदनाम जिन्दगीदेखि वाक्क छु दाइ । अब कतारमा तीन वर्ष बसेर नेपाल फर्केर विवाह गरेर बस्ने सोचमा छु । अहिले कसैले विवाह गर्दैन, भविष्य यसैमा जाँदैन, त्यसैले विदेश जान लागेँ, गाउँ जान पनि सक्दिन |
एक हिसाबले गैरकानुनी मानिने यौनधन्दामा पुगेका छन् । डान्स बारमा काम गर्नेहरु । पहिलो रात बारमा नाचगान र चिनजानमा जोडिनेहरु विस्तारै यौन साथी बन्छन् । ‘स्वास्नी कसैले बनाउँदैन, कति दिन भन्ने दाइ अन म्यारिड तर नट भर्जिन ?’ सुस्मा तमुले भनिन्, ‘स्वास्नीभन्दा हामी राम्री रे तर कान्छी पनि नबनाउने लोग्नेका जात ।’ उनी भन्छिन्, ‘एक पेग ह्वीस्कीका भरमा छाति र नाइटोमुनि हात पुरयाउने अनि भोलिपल्ट त कतै बोलाएर बाँकी नराख्ने ।’ उनी पनि बदनाम जीवन र गुमनाम भविष्यबाट मुक्त हुन विदेशिने तयारीमा छिन् । घरपरिवारलाई यो काम गर्छु भनेकी पनि छैनन् ।
झट्ट हेर्दा काठमाडौंको रात्री व्यवसाय रमाइलो देखिन्छ ।
काठमाडौंमा प्रत्येक महिला ८५ करोड ७२ लाख ५० हजार रुपैयाँको यौन व्यापार हुन्छ । काठमाडौंमा सञ्चालित मनोरञ्जन क्षेत्र र गेस्ट हाउसको मात्रै तथ्यांक हो यो । डान्सबार, क्याबिन, मसाज, दोहोरी साँझ, खुला रेस्टुरेन्ट, डिस्को विस्तारै रेडलाइट एरियामा परिवर्तित हुँदै छन् भन्ने संकेत मिलेको छ ।
काठमाडौंमा सञ्चालनमा रहेका मनोरञ्जन क्षेत्रमा ६० हजारले प्रत्यक्ष रोजगारी पाएको आँकडा छ । काम गर्नेमा ७५ प्रतिशत महिला छन् । तीमध्ये २५ प्रतिशत यौनकार्यमा पनि लिप्त छन् । क्लिनर, वेटर, क्याप्टेन, गायिका, मसाजकर्ता पनि यौन बजारका पात्र हुने गरेका छन् ।
ठमेलका मनोरञ्जन व्यवसायीकै आँकडालाई मान्ने हो भने एक रातमै एक करोड ६८ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापार हुन्छ काठमाडौंमा । महिनामा ५० करोड ६२ लाख ५० हजार रुपैयाँ । नेपाली होटल व्यवसायी संघअन्तर्गत तीन सय ५० काठमाडौं होटल व्यवसायी संघअन्तर्गत तीन सय होटल र गेष्ट हाउस छन् काठमाडौंमा । अझ कोठा नै लिएर यौन धन्दा चलाउने गिरोहको हिसाब नै छैन । दोहोरी, डान्स, डिस्को, मसाजमा सम्पर्क भए पनि ‘यौनकार्य’ होटल र गेस्ट हाउसमै हुन्छ । ४० प्रतिशत गेस्ट हाउस र होटलमा यौन व्यवसाय हुने काठमाडौं होटल व्यवसायी संघका पूर्वअध्यक्ष छत्र बस्नेतको तर्क छ । अर्थात् दुई सय ६० होटल तथा गेस्ट हाउसमा यौनधन्दा निर्बाध चलिरहेको छ । गेस्ट हाउसले पनि १० देखि १५ युवतीलाई यौनधन्दाका लागि ‘स्ट्यान्ड बाइ’ राख्छन् र ग्राहकलाई रोजीछानी पठाइन्छ । अर्थात् काठमाडौंमा गेष्ट हाउसमा ‘कल सर्भिस’ दिने युवती दुई हजार ६ सय छन् ।
उसो त होटल व्यवसायी एक युवतीले २४ घन्टामा तीनदेखि पाँच ग्राहकलाई सेवा दिन सक्ने बताउँछन् । अर्थात् सेवा दिने युवती कम छन् र यौन बजारको ग्राहक बढ्दो छ । प्रत्येक रातमा एक करोड १७ लाखको यौन कारोबार हुन्छ भन्छन् व्यवसायी । एक महिनामा गेस्ट हाउसमा मात्रै ३५ करोड १० लाख रुपैयाँको यौन कारोबार हुने गरेको तथ्यांक बाहिर आएको छ ।
उसो त बदनाम जिन्दगी र गुमनाम भविष्यका ४५ हजार महिला फसे पनि कमाउनेमा प्रहरी प्रशासन अघि छ । करिब दुई सय डान्सबारले स्थानीय प्रहरी इन्चार्जलाई न्यूनतम मासिक पाँच हजार रुपैयाँ दिन्छन् भने सईका भागमा दुई हजार पाँच सय, असईले एक हजार पाँच सय उठाउँछन् । सिपाही र हवल्दारले पनि एक हजार रुपैयाँ पाउँछन । दुई सय डान्सबारले इन्चार्जदेखि सिपाहीसम्म एक–एकजनालाई मात्रै रकम दिँदा पनि प्रतिमहिना २२ लाख रुपैयाँ हुन्छ भनेर नयाँ पत्रिकाले समाचार दिएको छ ।
सरकारले काठमाडौंको मनोरञ्जन क्षेत्रलाई नजरअन्दाज गरेको छ । यति ठूलो रकम मनोरञ्जन क्षेत्रमा खर्च भइरहेको र ६० हजारको रोजगारीसँगै लाखौँ संलग्न भएको तथ्यांकले यो विषयमा सोच्नु पर्ने भएको छ । अर्कातिर अरुलाई ‘आनन्दको प्रसाद’ बाँडिरहेका डान्स, डिस्को, दोहोरी, मसाजका युवती र महिलाहरुको जिन्दी भने बर्बाद भएको छ ।
विवाहेत्तर सम्बन्ध बढेको छ र वैवाहिक जीवन ध्वस्त भएको छ । त्यसैले काठमाडौंमा तीनदेखि पाँच वर्षसम्म आफ्नो जवानीमा घमण्ड गर्नेहरु विदेशिइरहेका छन् र काठमाडौंमा गाउँबाट कुमारी सपना बोकेर आउने सुकुमारीहरु भने देह व्यापारमा फसिरहेका छन् । आवरणमा नाच्ने र विवरणमा देहव्यापार गराउने धन्दाले उनीहरु त बर्बाद भएकै छन्, डान्सबार धाउने र मदिरामा रमाउने लाखौँ पुरुषहरुको पनि पारिवारिक र सामाजिक जीवन संकटमा परिरहेको छ । राज्यले यसलाई व्यवस्थित बनाउन जरुरी छ ।source taja samachar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget