news and more entertainment

बलिउडकी रविना बेहुली बनिन् काठमाण्डौमा (फोटो कथा)

बुधबार साँझ होटल याक एण्ड यतिमा र्‍याम्पमा उत्रिएकी बलिउड अभिनेतृ रविना टण्डन बेहुलीझैं सिंगारिएकी थिइन् । भारतीय लहंगा-चोलीका साथमा हरियो पोते, शिरविन्दु र असर्फी हारमा सजिएकी रविनामा भारतीय र नेपाली फेसनको फ्युजन देखिन्थ्यो । क्याटवाकसँगै अग्रभागमा आएर 

रविनाले मन्द मुस्कानसहित दर्शकलाई फ्लाइङ किस दिँदा दर्शकदीर्घा हातहातमा मोबाइल लिएर रविनालाई कैद गर्न तछाडमछाड गरिरहेको थियो । नेपाल रत्न तथा आभुषण संघले आयोजना गरेको दोस्रो ज्वेलरी एक्पोकी प्रमुख आर्कषण बनेकी रविना नेपाली मौलिक गरगहनाको प्रर्बद्धन गर्न आएकी हुन् । रविनासँगै त्यहाँ थुप्रै नेपाली सेलिवि्रटी मौलिक नेपाली गरगहनामा र्‍याम्पमा उत्रिए । मिस नेपाल सुबिन लिम्बु, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, मलिना जोसी र इसानी श्रेष्ठ, अभिनेतृहरु पि्रयंका कार्की, रीमा बिश्वकर्मा र संञ्चिता लुइँटेल, मोडलहरु नीति शाह र नग्मा श्रेष्ठ, बैंकर रविना देशराज श्रेष्ठ लगायतले रविनालाई साथ दिँदै क्याटवाक गरेका थिए । ज्वेलरी एक्स्पोमा नटराज ज्वेलर, गणपति ज्वेलर, अश्री ज्वेलर, मेरिगोल्ड ज्वेलर, आरवी डाइमन्ड, सगुन ज्वेलर, सालिमार ज्वेलर र बिज्वल ज्वेलरले उत्पादन गरेका सुन, हिरा तथा मोतीका गहना प्रर्दशनीमा राखिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget