केही समय अघि पूर्व प्रेमी नेस बाडियालाई यौनहिंसाको आरोपमा मुद्धा हालेकी बलिउड अभिनेत्री प्रिती जिन्टाले आफ्नो मुद्धामाथि भएको कारवाहीबारे पुलिससँग जानकारी मागेकी छिन् ।
preity-zinta
शनिबार एक फिल्म फेष्टिवलमा पुगेकी प्रितीलाई सञ्चारकर्मीले मुद्धा के भयो भनेर सोधेका थिए उनले यो मुद्धा के भयो भन्ने विषयमा आफूलाई भन्दा पनि मुम्बका पुलिस कमिशनरसँग सोध्नु पर्ने बताइन् ।
मलाई पनि यो विषयमा जानकारी चाहिएको छ-उनले भनिन् ।
आफू पनि सामान्य मानिस भएको भन्दै प्रितीले आफूलाई अरुले सेलिब्रेटी भने पनि सामान्य मानिस जस्तै कानुनले के गरिरहेको छ भनेर कुरिरहेको बताइन् ।
नेस बाडियाको मुद्धामा शाक्षीहरुले प्रितीले आरोप लगाएको जस्तो गतिविधी आफूले नदेखेको बताएपछि प्रिती समस्यामा परेकी छिन् ।
यो पनि हेर्नुस्
यौन दुर्ब्यवहार गरेको भन्दै प्रीति जिन्टाले लगाएको आरोप झुटो
यौनजन्य आक्रमण गरेको भन्दै प्रीति जिन्टाले पूर्व प्रेमीलाई मुद्धा हालिन्
Post a Comment