बलिउडका चर्चित प्रेम जोडी रणबीर कपुर र क्याट्रिना क्याफले यो तिहारसँगै मनाउने भएका छन् । उनीहरुले तिहार नमनाएपनि तिहारको समय भने संगै बसेर कटाउनका लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुले विवाह अघी नै हनिमुन मनाइरहेका खवर यस अघि पनि आइरहेका थिए ।जग्गा जासुसको सुटिङको तयारीमा रहेका उनीहरुले थाइल्याण्डमा सँगै रात विताउने योजना बनाएको मिडियाहरुको दावी छ ।
केही दिन अघि क्याटरीना र रणबीरले मिलेर घर नै किनेको चर्चा चलेको थियो । उनीहरुको विवाहको चर्चा पनि हुने गरेको भएपनि कहिले भन्ने बारे टुङ्गो लागेको छैन ।
Post a Comment