श्रीमतीको प्रेमीलाई बञ्चरो प्रहार गर्दै श्रीमानले पारे टुक्रा–टुक्रा
घटनाको खबर पाएलगत्तै उक्त इलाकामा तहल्का मच्चियो । पुलिसले मृतकको शवलाई पोष्टमार्टमको लागि पठाएको छ भने आरोपीलाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको बञ्चरोलाई जगदीशपुरको जंगलबाट बरामद गरिएको थियो । पुलिसका अनुसार ३५ वर्षीय अनिल कुमार यादवको आफ्नै गाउँको मेडीलालकी श्रीमतीसँग लामो समयसम्म प्रेम प्रसंग चलिरहेको थियो । यो विषयमा अनिल र मेडीलालको धेरैपटक हात हालाहालको स्थिति पनि सृजना भएको थियो । स्थानीय गाउँलेलाई मान्ने हो भने गाउँभन्दा बाहिर फुलचन्द्र यादवलाई आग्रह गरेर उनले अनिललाई आफ्नो घरमा बोलाए । मेडीलाल हातमा बञ्चरो बोकेर अनिलको प्रतिक्षा गरेर बसिरहेका थिए । अनिल मेडीलालको नजिक पुग्ने बित्तिकै उनले अनिलको टाउको र गर्दनमा बञ्चरोले धेरै पटक प्रहार गरे । अनिल मरेको सम्झेर आरोपी त्यहाँबाट तत्काल फरार भए । अनिलको परिवारलाई घटनाको बारेमा जानकारी भएलगत्तै उनीहरु घटनास्थलमा पुगे जहाँ अनिल अझै सास फेरिरहेका थिए । उनका परिवारले उनलाई नवाबगंज सामुदायिक स्वास्थ्य केन्द्रमा लगे । उनको हालत गम्भीर देखेर डाक्टरहरुले उनलाई ट्रमा सेन्टर रिफर गरिदिए जहाँ डाक्टरहरुले अनिललाई मृत घोषणा गरे । अनिलको पिताको तर्फबाट पुलिसले मेडीलला र फुलचन्द्रका बिरुद्ध मुद्दा दर्ता गरेको छ । पुलिसले आरोपी मेडीलाललाई नजिकैको गाउँ पाठकपुरबाट पक्राउ गरिसकेको छ । (एजेन्सी)www.ratopati.com
Post a Comment