एजेन्सी ।
भारतको आगरास्थित एक होटलमा बेलायती पर्यटक दम्पति विभत्स अवस्थामा मृत फेला परेका छन् । उनीहरुको हत्या भएको हो वा आत्महत्या गरेका हुन् भन्ने विषयमा विभिन्न अडकल बाजी भैरहेको छ ।
गत जुलाई देखि भारतमा रहेका दम्पति मृत फेला परेको कोठामा नयाँदिल्लीको सर गंगाराम हास्पिटलको कागजात भेटिएपछि औषधीको ओभर डोजले उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका समेत गरिएको छ ।
उनीहरुले वान्त गरेको भएपनि होटलका कर्मचारीले भने कुनै जानकारी नभएको बताएका छन् । उनीहरुको कोठाको डोका खुल्ला रहेका कारण घटना शंकास्पद देखिएको छ ।
पश्चिमा सञ्चार माध्यमले समेत घटनालाई चासोका साथ उठाएका छन् ।
Post a Comment