
दिवाली(तिहार)को समय भएकाले पटाकाको बिक्रि धेरै हुने भएका कारण अवैध रुपमा कपडा पसलमा पटाका समेत बेच्न राखिएको थियो । सोही पसलमा बुधबार मध्यराति आगो लागेको हो ।
प्रत्यक्षदर्शीका अनुसार राती करिव २ बजे पसलको सटर बन्द गरेर पटाका बेचिंदै थियो । सोहि समयका आगो लागेका कारण बाहिर निस्कन नसकेर उनीहरुको ज्यान गएको प्रहरीलाई उधृत गर्दै दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ ।
एक बालकले पटाका पड्काउन पुगेपछि सोहि पटाकाको आगोबाट त्यहाँ बेच्न राखिएको पटाकामा सल्किएको र दुर्घटना हुन गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगो लागेको सूचना पाएलगत्तै अग्नी नियन्त्रक टोली घटनास्थल पुग्दा आगो बजारमा फैलिसकेको थियो । धेरै गाडी जलिसकेको प्रहरीले बताएको छ । आगो निभाउन प्रहरी सहितको अग्नी नियन्त्रक टोलीलाई झण्डै ६ घण्टा लागेको थियो ।
गएको हप्ता पनि भारतको आन्ध्र प्रदेशमा रहेको एक पटाका कारखानमा भएको विष्फोटमा १७ जनाको मृत्यु भएको थियो ।
Post a Comment