news and more entertainment

सलमान खानले भने म कट्रिनासँग बिहे गर्न चाहन्थे


आफ्नी बहिनी अर्पिताको बिहेमा बलिउडका अविवाहित चर्चित अभिनेता सलमान खानले नयाँ कुरा खुलाएका छन्। बिहेमा उपस्थित सयौं अतिथीका अगाडि उनले अभिनेत्री कट्रिना कैफसँग आफूले बिहे गर्न चाहेको खुलाएका हुन् ।


जब बिहेमा कट्रिनाले अभिनय गरेको ‘सिला की जवानी’ बोलको गीत घन्कियो सलमानले कट्रिनालाई नाच्नका लागि स्टेजमा बोलाए । तर, कट्रिना निर्देशक करण जोहरको पछाडि गएर लुकेकि थिइन। फेरि सलमानले करणलाई कट्रिनालाई स्टेजमा ल्याउन आग्रह गरे । कट्रिना स्टेजमा आउन लाज मानिन् ।

यसपछि सलमानले कट्रिना कपुर स्टेजमा आउन भने । यसपछि सलमानको आग्रहलाई अभिनेत्री कैफले स्विकार गरिन् । कपुर भन्दा स्टेजमा आएपछि सलमानले भने–‘म त कट्रिना खान नै बनाउन चाहन्थे तर उनले कपुरलाई रोजिन् ।’

सलमानले कट्रिनाले आफूलाई छोडेर कपुर परिवारलाई रोजेको भन्दै उनीसँग बिहे गर्ने मनसाय रहेको खुलासा गरेका हुन् । कट्रिना यतिबेला बलिउडका अर्का नायक रणवीर कपुरसँग प्रेममा छिन् । उनीहरु एकसाथ रहेको भारतीय मिडियामा बारम्बार समाचार आएको पाइन्छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget