news and more entertainment

इजरायलवाट छुट्टी मनाउन नेपाल गएकी सरिता पन्तको सवारी दुर्घटनामा परी निधन

रोजगारीको शिलशिलामा करिव   बर्षदेखि इजरायलमा कार्यरत २९ बर्षिया सरिता पन्त रानाभाटको ७५ दिनको विदामा नेपाल गएको  अवस्थामा १९ नोभेम्वर वुधवार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।  ११ नोभेम्वरमा इजरायलबाट रिइन्ट्रीमा नेपाल गएकी सरिताको नेपाल गएको १ सातामा मृत्यु भएको हो
पश्चिम नेपालको कास्की जिल्ला लुम्ले स्थायी घई भएकी सरिता र उनको श्रीमान जीवन रानाभाट दिउसोको खाना खाई लुम्लेबाट पोखरा तर्फ जादै गर्दा करिव १२ किलोमिटरको  दुरीमा पुग्दा एक्कासी मोटरसाइकिल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी टाउकोमा गम्भिर चोट लागेपछि अचेत बनेकी सरितालाई पोखराको मणीपाल अस्पताल लैजाने क्रममा बाटोमै मृत्युभएको सरिताका श्रीमान जीवन रानाभाटलाई उदृत गर्दै इजरायलमै कार्यरत सरिताकी मिलनसार  साथी  सुमित्रा खड्काले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो ।
मृतक सरिताले मोटरसाइकल सवारको क्रममा हेल्मेट लगाएकी भएपनि उनलाई टाउकोमै गम्भिर चोट लागेको बताइएको छ । स्व. सरिता पन्त रानाभाचको पार्थिव शरिरको विहिवार उनका पति जीवन रानाभाटा लगायतका परिवार आफन्तले  अन्तिम संस्कार गरेका छन् ।

साथी,संगीहरुसँग अत्यन्तै मिलनसार सरिता इजरायल वसाई समाप्त गरी नेपाल जान चाहान्थिनउनले इजरायलको रोजगारी समाप्त गरी स्वदेश फर्किने ध्ययेले आफ्नो सम्पूर्ण सामानहरु कुरियर समेत गरिसकेकी थिइन तरपारिवारिक सल्लाह अऩुसार अरु केही बर्ष इजरायल बस्ने मनस्थिती वनाई यो पटक पनि उनी विदामा नेपाल गएकी थिइन ।
 नेपाल इजरायल डट नेटवाट साभार
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget