news and more entertainment

जब राजेश हमाल बागमतीमा लडे

rajesh-hamal काठमाडौं,कार्तिक ३०- बागमती सफाई अभियान सफल हुँदै जानुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव लिलामणि पौडेलले बताएका छन् । ‘डेलिगेसन टिममा नायिका सुमिना घिमिरे र नायक राजेश हमाललाई पनि देखें। उनीहरूलाई अघि लगाउन सके हजारौंफ्यान पनि पछि लाग्नेछन् भन्ने लाग्यो ।’
बागमती सफाइ महाअभियानको अनौपचारिक समीक्षा बैठकमा सरकारका मुख्यसचिव लीलामणि पौड्यालले अभियान सुरुका दिन स्मरण गर्दै भने,  ‘राजेशजीलाई डुंगामा सँगै राखेर नदीमा बोटिङ पनि गरें। उहाँ लड्नुभयो, रुझ्नु पनि भयो। त्यसपछि त आउँदै आउनु भएन। पछि उहाँ आफ्नो बिहेको निम्तो कार्ड लिएर आउनुभयो। मैले बागमतीमा सफाइ गर्न आउने भएमात्र आउँछु भनें, तर उहाँ आउनुभएन र म पनि बिहेमा गइनँ।’
बागमती सफा गर्ने हुटहुटी मनैदेखि भएको र दर्जनौं संघसंस्थाले कुरा गर्दा पनि सुरु गर्ने आँट नआइरहेको अवस्थामा चलचित्रमा अभिनय गर्ने कलाकारको साथ पाइने देखेपछि यसमा हात हालेको उनले सुनाए। उनले भने, ‘बागमतीबारे फिल्म बन्दैछ, अब पक्कै राजेशजी पनि आउनुहोला। उहाँसँगै अरू आउनुहोला र महाअभियान निरन्तर चल्नेछ।’
महाअभियान सुरु भएपछि कसरी सफल पार्ने भन्नेमै ध्यान केन्द्रित गरेको उनले बताए। उनले भने,’महाअभियानका घटना र सन्दर्भ लिने हो भने एउटा वेद नै बन्छ।’ महाअभियान ७९ औं सातामा चलिरहेका बेला यसले यूएन ह्याबिटेट २०१४ टाउनस्केप अवार्ड पाउने भएको छ। जापानको फुकुओकामा मंसीर ३ गते महाअभियानलाई ५० हजार डलर राशिको पुरस्कार प्रदान गर्न गरिनेछ ।

सफाई अभियान सफलताका साथ अघि बढ्नुमा पाँच सूत्रले काम गरेको मुख्य सचिव पौडेलले बताए । उनका अनुसार सरसफाइका लागि आएको रकम लोभ नगरेको, व्यक्तिगत स्वार्थ र पदीय आकांक्षाको पछि नलागेको, कसैको बाटो हेरेर नथालेको तथा बागमतिभित्र आफैं पसेर काम गरेका कारण यो सफलता प्राप्त भएको खबर अन्नपूर्ण पोष्टले लेखेको छ ।

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget