news and more entertainment

यस्तो थियो सौजन्य सुब्बाको असफल प्रेम कहानी

भनिन्छ ‘माया निःस्वार्थ हुन्छ ।’ तर, अभिनेत्री सौजन्य सुब्बाको जीवनको एक मोडमा यो विपरीत हुन पुग्यो । उनी कसैको स्वार्थ पूरा गरिदिने मायालु बन्न पुगिन् ।

मायामा जात, धर्म, उमेर, भूगोल र वर्णका परिधिहरु सबै तोडिन्छन् । त्यसैले भन्ने गरिन्छ, ‘प्रेम अन्धो हुन्छ ।’ प्रेम अन्धो भएर नै होला सायद प्रेम गर्नेहरु आफ्ना प्रेमीका खराब पक्षपनि सुन्दर देख्छन् । आफ्नो असफल प्रेमको बारेमा सुरुमा सौजन्य फिल्मखबरकर्मी उत्सव रसाइलीसँग खुलेर कुरा गर्न राजी भइनन् । बिशेष आग्रहमा भने उनले आफ्नो असफल प्रेमको खल्लो अनुभव साटिन् ।

‘पुरुष’ नामक फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेकी सौजन्यले भनिन्- ‘सुन्थें ऊ असल व्यक्ति हैन । तर, पहिलो भेटमै मैले उसमा केही खराब पक्ष देखिन । ऊ मेरो निकै नै फ्यान रहेको बताउँथ्यो ।’ को थियो ऊ ? आधा दर्जन बढी नेपाली फिल्मकी अभिनेत्रीले मुख बिगार्दै भनिन्- ‘छि छि...! म उस्को नामै लिन चाहान्न ।’ उनले यो लेखमा पनि पूर्व भैसकेका प्रेमीको नाम उल्लेख नगर्न आग्रह गरिन् । किन ? ‘मलाई न उसको नाम नै लिनु छ, न उसको बारेमा बोल्दै हिड्नु छ । म अहिले जे छु ठिक छु ।’

प्रेम त लामै चल्यो भन्ने सुनिन्छ, असफल हुने प्रेम कसरी चल्यो त्यती लामो समय ? दर्जन बढी हिट टेलिफिल्मकी अभिनेत्रीले सुनाइन्- ‘खराब भनेको व्यक्ति हरेक कोणबाट असल देखें । उसको प्रेम प्रस्तावलाई सजिलै ‘हुन्छ’ भनिदिएँ । ऊसँगको प्रेममा पर्दा लाग्थ्यो, हामो सुन्दर घर बस्नेछ । संसारमै खुसी हुने जोडी मध्ये हामी पनि एकमा पर्नेछौं ।’ ऊबाट तपाइँलाई के कुरामा खुसी मिलेन ? सौजन्य सुनाउँछिन्- ‘सुनेकी थिएँ नपाउन्जेल के-के पाएपछि केही न केही । माया पनि त्यस्तै हुँदो रैछ । उसले माया माग्यो मैंले दिए । मैंले माया खोजें तर उसले चोट मात्रै दियो ।’

उसले कसरी दुःख दिन्थ्यो ? उनी भावुक बनिन्- ‘म फिल्मका हिरोसँग नाचेको बदलामा उसको पिटाइ खानुपथ्र्यो । उसले पिट्ने क्रम बढ्दै गएको थियो भने मलाई पिटाइ खाने बानी पर्दै गएको थियो ।’ आँखाबाट आँसु झार्दै सौजन्य सम्झिन्छिन्- ‘एउटा फिल्मको सुटिङ चल्दै थियो । के-के कुरा निकालेर मलाई पिट्यो । आँखामा माथि रगतै बग्ने गरी चोट लाग्यो । मैंले त्यो फिल्ममा पुरै चस्मा लगाएर काम गरें ।’ सौजन्य बहकिइन्- ‘ऊ भन्ने गर्थ्यो, म अरु हिरोइनको जस्तो प्रेमी या श्रीमान हैन । ऊ भन्थ्यो- ‘फिल्म खेल्ने हैन अब बिहे गरेर बस्नु पर्छ ।’ म पनि सोच्थें फिल्म भन्दा मेरो जीन्दगी ठुलो हो । प्रेमको बलिदानी ठानेर प्रस्ताव आएका सबै फिल्मलाई खेल्दिनं भनिदिएँ ।

मलाई याद छ, एक बर्षको बिचमा मलाई एक दर्जन फिल्मको प्रस्ताव आएको थियो । उसलाई खुसी पार्न कुनै पनि खेलिन ।’ सम्बन्ध कसरी फाट्यो ? उनले आफ्नो ‘ब्रेकअप’ भएको बारे कारण खुलाइन्- ‘रिलेसनमा बसेको पनि लामो समय भैसकेको थियो । म बिहे गर्रौ भन्थें ऊ ‘पर्ख पर्ख’ मात्रै भन्थ्यो । हाम्रो सम्बन्धलाई लिएर बजारमा चर्चा चल्न थालेको थियो । केही मिडियाले त समाचार नै बनाएर छापेका थिए । चर्चा र समाचारबाट बच्न बिहे गर्नु नै उचित उपाय थियो ।’

बिहे चाहिं किन हुन सकेन ? सौजन्य निकै निराश भएर सुनिइन्- ‘मलाई बिहे गर्छु भन्नेले त पहिल्यै बिहे गरिसकेको रहेछ । मसँग त उस्ले मायाको नाटक पो गरेको रहेछ ।’ सौजन्य रोकिइनन्- ‘उसकै आफन्तबाट उसको बिहे भएको कुरा थाहा पाएँ । तर, उसले आफ्नी श्रीमतीलाई ‘डिभोर्स’ दिन्छु भनेर मलाई कान्छी बनाएर भित्र्याउने आश्वसन दियो । मलाई लाग्यो उसले मलाई माया हैन यतिञ्जेलसम्म पिडा दिएको रहेछ । म ऊबाट छुट्टिनु नै उचित हुन्छ ।

त्यसपछि के गर्नु भयो ? छुट्टिएपछिको अफ्ठ्यारा पलहरु बारे सौजन्य भन्छिन्- ‘ऊसँग छुट्टिएको एक बर्ष जति त मैंले घामको प्रकाश नै हेरिन । लाग्थ्यो म बसेको कोठा मात्रै हैन संसार नै पुरै अध्याँरो छ । म घरको अध्याँरो कोठामै सिमित भएँ ।’ सौजन्यलाई लाग्छ मायामा धोका खाने यो संसारमा धेरै छन् । मायामा धोका चाहिं किन हुँदो रहेछ ? सौजन्यको अनुभव छ- ‘आफ्नो एकल निर्णयले मैंले मायामा धोका खाएँ । माया पर्दा मैंले कसैका कुरा सुनिन ।’

केही बर्ष भयो सौजन्यले मायालुले दिएको घाउमा मल्हम लगाउने नयाँ व्यक्ति पाएकी छिन् । नाम नखोल्ने सर्तमा सौजन्य भन्छिन्- ‘उसका हरेक कुरा मलाई बिशेष लाग्छन् । अहिले त ऊ नै मेरो अभिभावक हो ।’ यो मायालुको भविष्य चाहिं कस्तो देख्नु हुन्छ ? सौजन्य भन्छिन्- ‘भविष्य देख्ने भए त धोका दिने माया म किन लाउँथे र ? भगवानसँग प्रार्थना गर्छु, हालको हाम्रो माया बाँचुन्जेल रहिरहोस् ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget