पैसा लुट्न नसकेपछि सोलुखुम्बुका होटेल ब्यवसायीको हत्या
शेर्पालार्इ गोली हानेर हत्या गरेपछि उनीहरूले मृतकका आफन्तलाई धम्क्याई ठूलो मात्रामा रकम माग गरेको विवरण केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त अनुसन्धानबाट खुलेको हो । घटनाका मूख्य योजनाकार निमाडेण्डीले चौरीखकर्कै अर्का ब्यक्तिसँगको रिसिबीको बदला लिन भनेपछि त्यहाँ पुगेका तीनैजनाले खोजिएको व्यक्ति नभेटिएपछि पैसा लुट्ने उद्देश्यले होटल ब्यवसायी शेर्पामाथि गोली प्रहार गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटना सुनियोजित भएको जनाउँदै प्रहरीले हत्यामा प्रयोग गरिएका हतियारको व्यवस्थापन गरेको बयान निमाडेण्डीले दिएको न्यौपानेले बताए ।
हत्यापछि फरार भएका तीनैजनालार्इ प्रहरीले फरक फरक स्थानबाट पक्राउ गरेको हो । हत्याका मूख्य योजनाकार निमाडेण्डीलार्इ सोलुको लुक्ला बजारबाट, शरणलार्इ सोलुकै नाम्चे बजारबाट र अनिललार्इ काठमाडौंको चाबहिलबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनाबाट होटल ब्यवसायी शेर्पाको हत्यामा प्रयोग भएको नाइन एमएम अमेरिकन अटोमेटिक पेस्तोल एउटा, कटुवा पेस्तोल २ वटा, मोबाइलका सिमकार्ड तीनवटासहित अन्य सामग्री बरामद भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको हो ।
Post a Comment