news and more entertainment

अश्लिल फिल्मलाई मिडियाले बहिस्कार गर्नुपर्छः गौरी मल्ल -


 काठमाडौं । अभिनेत्री गौरी मल्ल अहिले नेपाली फिल्मको गतिलो दर्शक बनेकी छिन् । लामो समयको अमेरिका बसाइपछि फर्किएर नेपाल आएकी गौरी अहिले अभिनय मात्रै गर्दिनन् चलचित्र हेर्ने कामलाई पनि उत्तिकै ध्यान दिन्छिन् । एउटा कलाकारले केबल अभिनय गरेर मात्रै हुँदैन फिल्म हेर्न पनि उत्तिकै जाँगर लगाउनुपर्छ भन्ने गौरीलाई लाग्छ ‘गम्भिर भएर फिल्म हेरेपछि आफ्नो कमजोरी के हो थाह पाइन्छ । अनि सुधारको सम्भावना पनि हुन्छ ।’ पछिल्ला केही महिनामा उनले ३० भन्दा बढी नेपाली फिल्म हेरेकी रहिछन् । युवा निर्देशकले बनाएको फिल्म हेरेर उत्साहित हुने योजना बुन्दै हलमा पुगेकी गौरीको उत्साह हलको ढोका खोलेर भित्र नछिरुन्जेल मात्रै कायम रहयो रे । ‘म त निराश भए ३० वटा फिल्म हेर्दा पाँचवटा मात्रै राम्रो लाग्यो बाँकी २५ वटा त झुर ।

’ उनले भनिन् । धेरै फिल्मले अश्लिल दृष्य र संवादलाइ महत्व दिएको देख्दा दुख लागेको रहेछ उनलाइ । कुनै पनि फिल्म निर्माणका लागि हामीसँग प्रसंस्त विषय छ भन्दै उनले भनिन ‘हामी सम्पदामा यति धनी छौं भने फिल्ममा किन अश्लिल दृष्य र संवाद राख्नु पर्‍यो ।’ प्रश्न गर्छिन उनि । फिल्ममा रियालीटी प्रस्तुत गर्ने बहानामा केही निर्देशकले अश्लिलता भित्रयाएको आरोप लगाउने गौरिले मिडिलाइ आग्रहको भाषामा भनिन ‘त्यस्ता फिल्मलाइ मिडियाले पनि बहिस्कार गर्नुपर्छ किनकी त्यस्ता फिल्मले उद्योगको विकास गर्दैन ।’ अनमोल स्टार हुन्छ अनमोल केसी अभिनित जेरी हेरेकी गौरीले अनमोलमा स्टार हुने सम्भावना रहेको बताइन् । ‘हुन न म उसको परिवारसंग नजिक छु त्यसकारण पनि मलाइ अनमोल राम्रो लागेको हुनसक्छ ।’ उनले भनिन् ‘अनमोलले राम्रो गर्छ भन्नका लागि उसकै फिल्म काफी छ ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget