कैलालीको धनगढीमा दुईजना युवती एकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । धनगढी नगरपालिका-४ स्थित शिवपुरी सामुदायिक वनको जंगलमा बिहीबार उनीहरू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृत फेला परेकी युवतीमध्ये एक रूखमा झुन्डिएको र अर्की नजिकै भुइँमा लडेको अवस्थामा फेला परेको कैलाली प्रहरी प्रमुख एसपी मोहन जोशीले बताए । भुइँमा लडेकी युवतीसँगै सेलफासको डिब्बा पनि फेला परेको थियो । आत्महत्या गर्नेहरू कञ्चनपुर जिल्ला परासन–७ की २२ वर्षीया पूर्णिमा बानियाँ र कमला ओझा रहेका छन् । कमला झुन्डिएर र पूर्णिमाले सेलफास सेवन गरेको एसपी जोशीले बताए ।
वनमा घाँसदाउराका लागि गएकाहरूले झुन्डिएको तथा भुइँमा लडेको अवस्थामा उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक मनोहर भट्टले मृतक युवतीसँगै रहेको झोलामा प्रेमपत्र फेला परेको बताए ।
प्रारम्भिक अनुसन्धानमा दुवैको आत्महत्या देखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा खटिएका प्रहरीका अनुसार मृतक दुइटैको प्रेमी एकै रहेको र बुधबार पूर्णिमाले कमलालाई आफ्नो प्रेमी बलराम जैसीसँग कोठामा फेला पारेकी थिइन् ।
त्यसपछि दुइटैको केही भनाभन भएको र बुझ्दै जाँदा बलरामले दुई/तीन वर्षदेखि दुइटैसँग प्रेम गर्दै आएको रहस्य खुल्न गई सँगै आत्महत्या गर्ने सल्लाह गरी आत्महत्या गरेको भनेर पूर्णिमा र कमलाले लेखेर छाडेको प्रहरीले बताएको छ । दुइटै शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको दीपक ओलीले राजधानी दैनिकमा खवर लेख्नुभएको छ ।
Post a Comment