महाभारतलाई हिन्दु धर्मको महत्वपूर्ण ग्रन्थ मानिन्छ । श्रीमद्भागवत गीता पनि महाभारतकै एक अंश हो । महाभारत कथा निकै रोचक र रहस्यमय छ । यसमा निकै धेरै रहस्यका घटनाहरू छन् जुन धेरैलाई थाहा छैन् । यस्तै, रहस्यमयी घटनाहरूमध्ये अर्को एउटा रहस्यमयी घटना पत्ता लागेको छ ।
यस घटना अनुसार अर्जुनले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाएको रहस्यमयी घटनाको खुलासा भएको छ । श्रीकृष्णले रोकेपछी अर्जुन शान्त भएको र युधिष्ठिरलाई गाली गरेको घटना समेत पत्ता लागेको छ ।
आखिर किन उठाए अर्जुनले आफ्नै दाजुमाथि तरबार ?
महाभारत युद्दका क्रममा कौरब तर्फका सेनाका सेनापति कर्णसँग युधिष्ठिरको युद्ध हुन्छ । यसक्रममा कर्णले हानेको एक बाण युधिष्ठिरलाई लाग्छ र घाइते हुन्छन् । घाइते भएका युधिष्ठिरलाई बाण लागेपछी उनका सारथीले रथलाई आफ्नो छाउनीतर्फ लग्छन् तर, कौरब सेनाले उनलाई पछ्याउँछन् । नकुल र सहदेवले कौरबका सेनालाई रोकेर युधिष्ठिरलाइ छाउनीसम्म पुर्याउँछन् र उनको उपचार त्यही गरिन्छ ।
युद्धमा घाइते भएको खबर सुनेपछी दुःखी भएका अर्जुन श्रीकृष्णको साथमा छाउनी आइपुग्छन् । यसरी अर्जुन र श्रीकृष्ण साथमा आएको देखेर युधिष्ठिरले अर्जुनले कर्णलाई पराजित गरी आफ्नो हारको बदला लिएको र अर्जुनलाई यसबारे सोध्छन् । तर, वास्तविक कुरा थाहा पाएपछी युधिष्ठिर अर्जुनसँग रिसाउँछन् र अर्जुनलाई गाली गर्छन् । उनले उक्त समयमा अर्जुनलाई आफ्नो शस्त्र अन्य अरूलाई नदिनु उपयुक्त हुने भन्दै रिसाउँछन् । यसरी आफ्नो अस्त्र अरूलाई दिए हुन्छ भन्ने सुनेपछी निकै रिसाएका अर्जुनले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाऊँछन् । तर, श्रीकृष्णले रोकेपछी अर्जुन शान्त हुन्छन् ।
अर्जुनले श्रीकृष्णलाई आफूले युधिष्ठिरमाथी तरबार उठाउनुको कारणबारे भन्छन् र श्रीकृष्णसँग सुझाव माग्छन् । अर्जुनले आफूले गुप्त रूपमा आफूले आफूलाई यदी कसैले आफ्नो अश्त्र अन्यलाई दिन भन्यो भने उसको टाउको काट्ने प्रतिज्ञा लिएकाले आफूले युधिष्ठिरलाई मार्नका लागि तरबार उठाएको बताउँदै प्रतिज्ञाबाट बच्न र युधिष्ठिरलाई नमार्न के गर्नु पर्छ भन्दै श्रीकृष्णसँग सल्लाह मागेका थिए ।
यसरी श्रीकृष्णले अर्जुनको कुरा सुनेपछी अर्जुनलाइ धर्म र अधर्मको ज्ञान दिएका थिए । उनले अर्जुनलाई सम्मानीय पुरूषले तबसम्म सम्मान पाउँछ तबसम्म मात्र उसको जिवित भएको महत्व हुन्छ । तर, जब उसको कुनै ठूलो अपमान हन्छ, उ मरेतुल्य हुन्छ । अर्जुनले युधिष्ठिरलाई सधै सम्मान गरेको स्मरण गराउँदै अहिले भने उनलाई अपमान गरिदिन सल्लाह दिन्छन् ।
श्रीकृष्णले अर्जुनलाई युधिष्ठिरलाई तँ भनेर गाली गर्न सल्लाह दिन्छन् । यसरी आफूले सधै सम्मान गरेको मानिसलाइ 'तँ' भनेर गाली गरेपछी युधिष्ठिरको हत्या गरेबराबर हुन्छ ।
श्रीकृष्णको कुरा सुनेपछी अर्जुनले युधिष्ठीरलाइ निकै गाली गर्छन् । युधिष्ठिरलाई युद्धबाट भागेर आएको सेनापति भन्दै र तँ भन्दै गाली गर्छन् र आफ्नो दाजुलाइ यसरी गाली गरेपछी निकै पिडामा रहेका उनले आफ्नै तरबार उठाएर आफ्नो हत्या गर्न खोज्छन् । यसपटक पनि श्रीकृष्णले रोक्दै आत्महत्या दाजुको हत्या भन्दा पनि खराब हुने भन्दै सम्झाउँछन् र शान्त पार्छन् । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment