news and more entertainment

बाथरुममा थुनेर पाहुनाले चोरे आठ लाख मुल्यको धनमाल

काठमाडौं,असार११–कुसुन्तीकी टंककुमारी आलेमगरको घरमा पाहुना बनेर आएका अम्बर विश्वकर्मा नै चोरी गरेर भागेका छन्। लामो समयदेखि चिनजान भएका आलेमगरकोमा विश्वकर्मा आउजाउ गर्थे। सोमबार राति ८ बजे खाना खाएर आलेमगर सुतिन्।
चोरीको लागि मौका कुरेर बसेका विश्वकर्माले आलेमगर सुतेको कोठामा चुकुल लगाइदिए भने घरकी सहयोगी सीता माझी शौचालय गएको बेला शौचालयकै ढोकामा चुकिल मारिदिए। दुवैलाई थुनेपछि एक लाख ५० हजार रुपैयाँ र सुनका गरगहना गरी विश्वकर्माले करिब सात लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल चोरेर भागेको प्रहरीले जनाएको छ। चुकुल फोडेर बाहिर आएपछि मात्रै उनीहरूले चोरी भएको थाहा पाएका थिए।
त्यसैगरी ललितपुरकै भैंसेपाटीमा बस्दै आएका अमेरिकी नागरिक माइक मेसीको कोठामा सोमबार राति चोरी भएको छ। चोरले एलसिडी टेलिभिजन, ल्यापटप, क्यामरा र आइपड गरी एक लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ। मेसी कोठामा नभएको समयमा चोरी भएको थियो। प्रहरीले मेसीकै घरमा काम गर्नेले चोरी गरेर भागेको आशंका गरेको छ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget