news and more entertainment

स्वेताले श्रीको परिवारलाई भनिन्-अब छोरी बहिनी बनेर इज्जत राख्छु


२०७१ असोज २८ गते
काठमाडौं । पती श्रीकृष्ण श्रेष्ठको निधनको शोकमा रहेकी नायिका स्वता खड्काले अब श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएकी छन् ।
श्रीको परिवारको तस्वीर फेसबुकमा शेयर गर्दै स्वेताले लेखेकी छन्-‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु । हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु ।’
उनले अघि लेखेकी छन्-‘म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असर छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’ कुनै गल्ती भए सुधार्ने मौका दिन आग्रह गर्दै उनले आफूलाई आफ्नै छोरी बहिनीको दर्जामा राख्ने विश्वास व्यक्त गरेकी छन् ।
पती गुमाउँदा सर्वश्व गुमाएको अनुभूति भएको भन्दै उनले जिउँदो भएपनि मरेको लास सरह बाच्नु पर्दो रहेछ भनेकी छन् ।
श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपी नखक्नु भएको तर, परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्त दिएको भन्दै स्वेताले परिवारका सदस्यहरु प्रति आभार व्यक्त गरेकी छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget