news and more entertainment

कपिलवस्तुमा गोली हानाहान

घटनास्थलमा सेनाद्धारा बम डिस्पोज 
 
कपिलवस्तु : सशस्त्र प्रहरी सुरक्षा बेस चौरीबाट खटिएका सुरक्षाकर्मी र हतियारधारी समूहबीच कपिलवस्तुको धनकौली गाविस-३ विजगौरी तौलिहवा सडकखण्डमा शुक्रबार बिहान गोली हानाहान भएको छ। 
 
सशस्त्र प्रहरी निरीक्षक भिमनीधि खनालको कमाण्डमा खटिएको गस्ती टोली र एमाहा कम्पनीको एफजेट रातो मोटरसाईकलमा सवार रहेका अज्ञात दुई व्यक्ति बीच गोली हानहान भएको ससस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक मधुकृष्ण गडतौलाले घटनाबारे अन्नपूर्णकर्मीलाई जानकारी दिए। 
 
उनले भने,'पहिला उनीहरूले नै पेस्तोल पड्काएर भाग्न खोजे अनि हामीले पनि फायरिङ गर्‍यौं।' घटनामा सहभागी सशस्त्र प्रहरी निरीक्षक भिमनिधी खनालले भने,'हामीसँग सवारी साधन नहुँदा हतियारधारीको पिछा गरेर समाउन सकिएन, उनीहरूसगँ प्राइम बम पनि रहेछ, अलिकति अगाडी बम र हतियार पनि फेला पार्‍यौं।' 
 
बम एवं हतियारधारी हतारमा मोटरसाइकल स्पिडमा भाग्दा उनीहरूको साथबाट सिमेन्टको बोरामा पड्काउन तयारी अवस्थामा रहेका तार जोडिएका दुईवटा सकेट बम र एक पेस्तोल तथा दुई थान गोली फेला परेका छन्। घटनास्थलमा कुनै पक्ष पनि घाइते भने भएका छैनन्। मधेस समुदायका जस्ता देखिने ती बम एवं पेस्तोलधारी ती व्यक्ति तस्करीमा संलग्न देखिएको सुरक्षा अधिकारीले आंशका गरेका छन्। 
 
तस्कर सकुशल पश्चिमतर्फ फरार भएको स्रोतले बतायो। घटनास्थलमा रहेको दुईवटा बमलाई निश्किृय पारिएको छ। गोरु सिंगेस्थित नेपाली सेनाको गणबाट खटिएका बम डिस्पोजल टोलीका क्यापटेन दिपक वस्नेतको कमाण्डले बम निस्क्रीय पारेको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताए। घटनाबारे गम्भीर ढंगले नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारीले छुटाछुटै रुपमा अनुसन्धान थालेका छन्। 
- See more at: http://annapurnapost.com/News.aspx/story/702#sthash.xw1UuXav.dpuf भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget