news and more entertainment

खन नपाएपछि केकी अधिकारी यौन पेसामा(हेर्नुहोस भिडियो)

चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’मा ‘कल गर्ल’को भूमिकामा देखिएकी मोडल तथा नायिका केकी अधिकारी अर्को सिनेमामा पनि हट अवतारमा देखिएकी छिन् । मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री ५ अम्बरे’मा केकीे बाँच्नका लागि शरीर बेच्ने यूवतीको भूमिकामा देखिएकी छिन् । राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल निर्देशक दीपा बस्नेतको निर्देशनमा बनेको यो सिनेमामा सौगात मल्ल, केकी अधिकारीको मुख्य भूमिका छ । अर्की नायिका पि्रयंका कार्की भने छोटो भूमिकामा सिनेमा भित्र देखिनेछिन् । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेका हुन् । चलचित्रमा अभिमन्यू निरबीको कथा तथा पटकथा, बसन्त सापकोटा, कालिप्रसाद बास्कोटा, यम बुद्ध र बाबु बोगटीको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन, चन्दन दत्तको सम्पादन तथा
ग्राफिक्स, शिव वीक, निर्मल लामा र नरेश विर सिंहको नृत्य निर्देशन छ । नामकै कारण चर्चामा रहेको यो सिनेमामा जीवनसाथी बस्नेत कास्टिङ डिरेक्टरको रुपमा अगाडि आएका छन् । समाजमा राजा बन्न खोज्ने प्रवृत्तीका एक पुरुषको कथालाई सिनेमाले मुख्य आधार बनाएको छ । सिनेमाको ट्रेलर निर्माणपक्षले सार्वजनिक गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget