news and more entertainment

गर्भ तुहाएको अभियोगमा नेपालीलाई जेल सजायँ

२९ कात्तिक, क्वालालम्पुर । मलेसियाको पेनाङ राज्यको तामानसिकुस्थित एक पोलीक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा पक्राउ परेकी २४ बषीया निर्मला थापालाई एक वर्षको जेल सजाय सुनाईएको छ ।गर्भको वच्चा मारेको अभियोगमा उनलाई ९ अक्टोबरका दिन दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको थियो ।

अभियोग लागेकी थापाले मलेसियन भाषामा लेखिएको अभियोग आफूले नबुझेकोे वताएपछि स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त आरोपपत्र नबुझ्ने भाषामा भएपछि नेपालीदोेभाषेसहित सुनुवाइका लागि मौका दिएको स्थानीय सञ्चार माध्यमले तत्कालिन अवस्थामा जनाएका थिए ।

सोही आधारमा उनलाई १२ नोभेम्वरमा सो सजाया सुनाईर्एको हो । नेपाली दूतावासका प्रथम सचिव दुरपता सापकोटाका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुमा आएको यो पहिलो समस्या हो ।

मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको श्रोतले बताएको छ । श्रोतकाअनुसार मलेसियामाकार्यरत प्रवासीमहिलाहरुलाई यो पीडाले बढी सताउने गरेको छ ।

मलेसियाको कानूनअनुसार भरखर जन्मिएको बच्चावा जन्माउनुअघिको बच्चामारेमा १० बर्षसम्म कैदको ब्यवस्था हुने गरेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget