news and more entertainment

राजेश हमाल हजामको बिहेमा हेलिकप्टर चडेर जाँदा पुरा गाउँ उर्लियो .....

 सर्लाही । काठमाडौंमा कपाल काट्ने पेसा गर्दै आएका सुरेन्द्र ठाकुरको विवाहमा महानायक राजेश हमाल पुग्दा सर्लाही बबरगंजबासीका लागि ऐतिहासिक बिहे बन्न पुग्यो ।


राजेश हमाल हेलिकप्टर चार्टर गरेर उनको विवाहमा सहभागी भएका थिए । शुक्रबार दिउँसो सवा एक बजे हमाल बबरगंजमा उत्रिए ।

उनको स्वागतमा पूरा गाँउ जुटेको थियो । मैथिलभाषी गाउँमा आफ्नो फ्यानको भीड देख्दा हमाल छक्क परे । उनी आउने खबर सुनेर वरपरका गाउँका समेत प्रशंसक जम्मा भएका थिए ।

सातवर्षदेखि घरमै गएर कपाल काट्दै आएका नाई सुरेन्द्रको निम्तो स्वीकार्दै हमाल हेलिकप्टर चार्टर गरी आएका हुन् । बिहेमा हमाल एक घन्टा बसे । त्यो अवधिमा उनीसँग फोटोखिच्नेको भिड नै लाग्यो ।

विवाहमा हमाल आएपछि सुरेन्द्रको मुहारमा बेग्लै खुसी छाएको थियो । राजेश हमाल सुटिङ छाडेर विवाहमा आएको सुरेन्द्रले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget