news and more entertainment

आमाभन्दा जेठी श्रीमति विहे गर्ने पक्राउ

प्रेम सुनार
गुल्मी, जेठ २४ – आमाको उमेर करिव ६० वर्षको तर ३३ वर्षिय छोराले ६५ वर्ष उमेरकी श्रीमति विवाह गर्छ भने कुन चाँही आमाले सहलान् र ?
त्यो त व्यक्तिको स्वतन्त्रता भयो तर सम्झाउँन खोज्दा मार्ने गरी आमालाई कुट्छ भने कसले सहने ? त्यस विरुद्ध आमाले उजुरी हाले पछि ति छोरा प्रहरीद्धारा पक्राउ परेका छन्
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बडागाउँ ३ निवासी ३३ वर्षिय रामबहादुर राहडीले त्यस्ता उट्पट्याङ काम गदै आमाको ज्यान मार्ने उद्योग गरेको अभियोगमा जेल २ महिना जाने भएका हुुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार निजलाई पक्राउ गरी उक्त मुद्धा दायर गर्ने तयारी भएको छ ।
निजले आमा भन्दा जेठी उमेरकी श्रीमति विवाह गरे पछि आमासंग कलह मच्चीदै आएको र मरणसन्य कुटपिट गरेका थिए । आमा गङ्गीको उमेर ६० वर्ष करिव र उनले विवाह गरी ल्याएकी महिलाको उमेर ६५ वर्ष रहेको स्थानियवासीलाई उदृत गर्दै प्रहरीले बताएको छ ।
३३ वर्षिय राहडीसंग विवाह गरी आउने ६५ वर्षिया बृद्धाका पनि घरमा श्रीमान, छोरा छोरी र नाति नातीना समेत रहेको बताईएको छ । राहडी आफु उनको घरमा जोत्न गएको बेला लसपस चलेपछि विवाह गरेर ल्याएको बताउ छन् । ‘पहिलो श्रीमति पोईला गई , त्यस पछि छिमेकी उनको घरमा जोत्न जाँदा जाँदै माया वस्यो र विहे गरी ल्याएको हुँ’–राहडीले भने –‘ आमाले उसलाई देख्नै नसहे पछि कुटेको हुँ । ’
निजले गत फागनु १ गते दिउँसो आफ्नी आमा गङ्गी राहडीलाई मरणसन्य हुने गरी कुटपिट गरेका थिए । त्यस विरुद्ध आमाको उजुरी परे पछि निजलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त अभियोगमा निज राहडीले जिल्ला प्रशासन कार्यालयमा ४ हजार धरौटी बुझाउन नसके पछि एक महिने जिल्ला कारागारको थुनामा पठाईएको थियो ।
चैत्र १६ गते कारागारबाट थुना मुक्त भई घर गएका उनले त्यस रात आमाको ज्यान मार्ने उद्योग गरेको थिए । आमाले गुहार मागे पछि स्थानियवासीले बताएका थिए । उनि भागेर भारत गई हालै फर्केर आएको वेला वामी प्रहरी चौकीले जेठ २२ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
उनी विरुद्ध मुलुकी ऐन ज्यान सम्वन्धी महलको दफा १५ अनुसार मुद्धा चलाईने भएको प्रहरीले जनाएको छ । उक्त मुद्धा अदालतले ठहर गरे उनि १२ वर्ष सम्मको सजाएँ भोग्न जेल जान सक्ने छन् । उनै बृद्धालाई विहे गरेका उनलाई जिल्ला अदालत गुल्मीमा जारी मुद्धा परे पछि गत मंसिर २६ गते अदालतले एक महिना कैद सजाएँ र एक हजार जरीवाना फैसाला गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget