बच्चाबेला देखिको प्रेम सम्बन्ध अन्त्य गर्दै बलिउड सेलिब्रेटी जोडी ऋतिक रोशन र सुजैन खानले सम्बन्ध विच्छेद गरेका छन् ।
सम्बन्ध विच्छेदका लागि अदालतमा पुग्दा शनिबार उनीहरु एक अर्कालाई हेरेर मुस्कान दिएका थिए । सम्बन्ध विच्छेदपछि सुजैनले ऋतिकसँग कुनै भत्ता वा खर्च मागिनन् । बान्द्रा अदालतबाट बाहिर निस्केर सुजैनले ऋतिकलाई घर पुर्याइदिने प्रस्ताव समेत राखिन् ।तर ऋतिकले सुजैनको प्रस्ताव अस्वीकार गरेर आफ्नै कारमा फर्किए । तर अदालतबाट बाहिरिएपछि पनि ऋतिकले पूर्वपत्नी सुजैनलाई कार सम्म पुर्याउन भने गए । ऋतिक र सुजैनका २ छोरा छन् । २ छोरा आमासँग हुने कि बाबुसँग भन्ने फैसला हुन बाँकि नै छ । गत डिसेम्बरमा मात्र ऋतिक र सुजैन अलगिएको औपचारिक घोषणा गरेका थिए ।
Post a Comment