पूर्वीय संस्कृतिमा जब युवतीको विवाहको कुरा चल्छ तब चरित्र र कुमारित्वको
कुरा आउने गर्दछ । यदि युवती चरित्रवान छैनन् भने जति सुन्दर भए पनि अर्थ
छैन भनिन्छ ।
तर, यही संसारमा यसको ठिक विपरीत परम्परा र संस्कृति पनि छ । एक जनजाति
समुदाय यस्तो पनि छ जहाँ युवतीको कुमारित्व नै विवाहको बाधक बन्ने गर्दछ ।
यदि युवतीले विवाहअघि सेक्स गरेको छैन भने उसको विवाह नै हुन सक्दैन । यदि
युवतीले कुमारित्व भंग गरिसकेको छ भने मात्र उनलाई विवाहयोग्य मान्ने
गरिन्छ ।
तपाई यो सुनेर अचम्ममा पर्नु भयो होला । तर यही सत्य हो । गुआम यस्तो ठाउँ
हो जहाँ विवाहअघि युवतीले कुनै न कुनै पुरुषसँग यौन सम्बन्ध कायम गरेको
हुनु अनिवार्य छ । यति मात्र होइन यदि युवतीका लागि विवाह गर्न यो सर्त हो
भने पुरुषका लागि यो जिम्मेवारी र रोजगार बन्नु पनि हो ।
गुआमका हट्ठाकट्ठा युवकहरु गाउँगाउँ डुल्छन् र कुमारी युवतीसँग शारीरिक
सम्बन्ध कायम गर्छन् । अविवाहित युवतीको कुमारित्व भंग गरेवापत उनीहरुले
पारिश्रमिक पनि पाउछन् । गुआममा यसलाई रोजगारीको रुपमा पनि हेर्ने गरिन्छ ।
यो समुदायमा कुमारित्व भंग नभएकी युवतीको विवाह हुन सक्दैन । विवाह
गर्नुअघि यसो गर्नु अनिवार्य छ । यसलाई गलत तरिकाले पनि हेरिन्न । यो यहाँ
पुरानो प्रथाका रुपमा यो चलन चलिरहेको छ ।
Post a Comment