बुटवल, श्रावण ३ - नेकपा-माओवादीका सचिव देव गुरुङले वैदेशिक हस्तक्षेप बढेका बेला ठूला दलहरुले चुनाव गराएर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाएका छन् ।
नेकपा-माओवादी अवध राज्य समितिले आज बुटवलमा आयोजना गरेको प्रशिक्षणमा बोल्दै नेता गुरुङले हरेक क्षेत्रमा विदेशी हस्तक्षेप बढेकाले यस्तो बेलामा हुने चुनावले बचेखुचेको राष्ट्रिय अस्मिता पनि समाप्त हुने दावी गरे ।
नेता गुरुडले वर्तमान समयमा सरकार गठन, विघठन, संविधान संशोधन, निर्माणजस्ता हरेक कुरामा विदेशी निर्णय नै हावी भएकाले यो बेलामा चुनाव गर्न नहुने दाबी गरे । गुरुडले अबको निकासको चुनाब नभई राजनैतिक सहमति पहिलो प्राथमिकता रहेको बताए ।
गुरुडले राष्ट्रिय अस्मितालाई नै समाप्त पार्ने गरी संविधानका अन्तरवस्तुहरु संशोधन गर्ने गलत कार्यहरु भएको दावी गरे ।

Post a Comment