यद्यपि विश्वकपको मौका छोपेर उमेर नपुगेका बालिकाहरुलाई समेत यस्तो कार्यमा संलग्न गराइएको आरोप ब्राजिलका कानुनविदहरुले लगाएका छन् । यौनकार्यमा १० वर्षका बालिकाको समेत प्रयोग भएको स्थानीयले जनाएका छन् । रेकिफी वेश्यावृत्तिका लागि जारी विश्वकपमा प्रख्यात मानिएको सहर हो । यो सहरमा केबल २ डलरमै आफ्नो शरीर बेच्ने बालिकाहरु थुप्रै भेटिएका छन् ।यसअघि सन् २००६ मा जर्मनी तथा सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप हुदाँ पनि थुपै्र बालिकाको शरीर बेचिएको थियो । टाइम्स म्यागेजिनलाई अन्तर्वार्ता दिँदै १४ वर्षीया अमान्डाले असुरक्षित यौन सम्पर्कपछि दुईपटक बच्चा फ्याँकेको बताएकी छन् ।
केवल एउटा चुरोटको बट्टामा उनी यौन सम्पर्क राख्न तयार भएकी थिइन् ।
ब्राजिल विपन्न वर्गका अमान्डाजस्ता झण्डै २ लाख ५० हजार बालिका यस्तो
कार्यमा संलग्न रहेको अमेरिकी नियोगले जनाएको छ । धेरै बालिकाहरु आफ्नै
अभिभावकको हातबाट बेचिएका छन् । मानव बेचविखनमा सक्रिय रहेको बताउाने २७
वर्षीय थिएगोले ५ हजार डलरदेखि १० हजारसम्म तिरेर बालिकाहरुलाई यौनकार्य
गर्न परिवारसँग स्विकृति लिएको दाबी गरेका छन् ।
Post a Comment